भर्खरै :

शुभलाभ, भ्रष्टाचार र छलछाम पुँजीवादी व्यवस्थाको छायासरि

शुभलाभ, भ्रष्टाचार र छलछाम पुँजीवादी व्यवस्थाको छायासरि

कम्युनिस्टहरूको उद्देश्य शोषणरहित समाज स्थापना गर्नु हो । यो समाज स्थापनाको निम्ति देशमा आमूल परिवर्तन गर्नुपर्छ । आमूल परिवर्तन कम्युनिस्ट पार्टीले मात्र गर्छ । कम्युनिस्टहरू क्रान्तिकारी हुन्छन् या आमूल परिवर्तनको निम्ति जुट्छन् । नेपाल मजदुर किसान पार्टी आमूल परिवर्तन गर्ने उद्देश्यले खोलेको राजनीतिक दल हो । यो माक्र्सवादी र लेनिनवादी विचार बोकेको राजनीतिक दल हो । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्ने उद्देश्य नेमकिपाको हो । जनतालाई सचेत र सङ्गठित नगरिकन आमूल परिवर्तन सम्भव छैन । त्यही कारण नेमकिपा जनतालाई सचेत पार्ने अभियानमा छ । समाजको आमूल परिवर्तनको निम्ति गाउँ–गाउँ र बस्ती बस्तीदेखि कामदार जनतालाई पुँजीवाद, क्रान्ति, समाजवादको सैद्धान्तिक ज्ञान र विभिन्न देशको समाजवादी क्रान्तिबारे शिक्षित गर्दै छ ।
पुँजीवादी दलले शोषक, सामन्त, फटाहा, जमिनदार, भ्रष्टाचारी, घरजग्गा दलाल, गुण्डा, कालाबजारियाहरूको प्रतिनिधित्व गर्छ । अपराधमा मुद्दा खेपिरहेका वा अपराधमा लागेका व्यक्तिहरू पुँजीवादी पार्टीमा सक्रिय भएका हुन्छन् । पार्टी सञ्चालन गर्न र चुनावी खर्च पनि उनीहरूले व्यहोर्ने हुँदा सरकारले कहिले संविधान दिवस र कहिले गणतन्त्र स्थापनाको अवसरमा अपराधीहरूलाई उन्मुक्ति दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्छ र सोही सिफारिसको आधारमा राष्ट्रपतिले मिनाहा गर्छन् । तर, विडम्बना ! पुँजीपतिवर्ग या पुँजीपति शासकले गर्ने काम कम्युनिस्ट भनिने शासकहरूले पनि अपराधीहरूलाई आम माफी दिन सिफारिस गरेका छन् । कम्युनिस्ट पार्टीको सरकारले अपराधीहरूको पक्षपोषण गर्दैन, अपराधीहरूलाई सम्मान सत्कार गर्दैन बरु कडा कारबाही गर्छ । कम्युनिस्ट पार्टीको सरकारले अपराधीहरूलाई जेलमा कोच्छ । तर, पुँजीपतिवर्गको सरकारले मिनाहा गर्छ ।
कम्युनिस्टहरूले सरकारमा रहे पनि या नरहे पनि भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी र अपराधीहरूलाई कारबाही गर्छन् । अपराधीहरूलाई पार्टीमा भिœयाउने, अपराधीहरूसँग चन्दा लिने काम कम्युनिस्ट पार्टीले गर्दैन । कम्युनिस्टहरू व्यापक दृष्टिकोण लिएर देश र जनताप्रति समर्पित हुन्छन् । पुँजीवादी शासकहरू अपराधीहरूलाई मुक्त गर्न दबाब दिन्छन्, जेलबाट छुटाउँछन् र फूलको मालाले स्वागत गरी अपराधीको घरसम्म पु¥याउँछन् । अपराधीहरूलाई पुँजीवादी पार्टीले मिनाहा गर्नु या संरक्षण गर्नुको कारण अपराधीहरूको सहयोग पार्टीमा हुनु हो । आर्थिक अपराधीहरूले पुँजीवादी दलका कार्यकर्तालाई अनेक लोभ देखाउँछन् । पुँजीवादी नेताहरूले नयाँनयाँ कार्यकर्तालाई देखाएको आशा पूरा गराउन आर्थिक अपराधीहरूले अपराधबाट कमाएको पैसा दक्षिणा स्वरुप दिन्छन् । पुँजीवादी दलका नेता र मन्त्रीहरू नै खुब भ्रष्टाचारविरोधी कुरा गर्छन्† सुशासनको कुरा फुक्छन् ।
पुँजीवादी व्यवस्था आफैँ शुभलाभ, भ्रष्टाचार र छलछाममा फसेको हुन्छ । पुँजीवादी व्यवस्थामा शोषण र भ्रष्टाचार हुन्छ । पुँजीवादी पार्टीले देशको शासन सत्ता, संसद् र देशलाई शोषकवर्गको हितको निम्ति जनतासँग शोषण गर्छ । उनीहरू ठेकेदार, कलाबजारिया, तस्कर, भ्रष्टाचारी, म्यानपावर कम्पनीका मालिक र विदेशी पुँजीका दलालहरूसँग मोटो रकम असुल्छन् र पार्टी चलाउँछन् । त्यस्तो पार्टीले सर्वसाधारण या श्रमजीवी वर्गको हित गर्दैन । त्यस्तो पार्टीले इमानदारीपूर्वक राजनीति गर्दैन; निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्दैन । पद र पैसामुखी राजनीति गर्ने पुँजीवादी पार्टीले इमान जमानको मतलब राख्दैन । नेकाको यस्तो राजनीतिको पछि कम्युनिस्ट भनिने माओवादी र एकीकृत समाजवादी पार्टी लागेका छन् । यो देशको निम्ति दुर्भाग्यको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *