भर्खरै :

शिक्षक चाकतुलाई पितृशोक

शिक्षक चाकतुलाई पितृशोक

भक्तपुर, ५ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष चक्रबहादुर चाकतुका पिता विष्णुभक्त चाकतुको ८१ वर्षको उमेरमा आइतबार निधन भएको छ । विगत एक वर्षदेखि दम र निमोनिया रोगबाट पीडित स्वर्गीय चाकतुको क्यान्सर केयर सेन्टर, ललितपुरमा निधन भएको हो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका सदस्य रहनुभएका स्वर्गीय चाकतु स्थानीय निकायको निर्वाचन २०४९ मा छालिङ गाविस वडा नं. २ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो भने २०४४ सालको स्थानीय निर्वाचनमा छालिङ गाउँ पञ्चायतको जनपक्षीय उपप्रधानपञ्च पदमा उम्मेदवार हुनुहुन्थ्यो ।
स्वर्गीय चाकतुको पार्थिव शरीरमा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल र नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । उहाँको आइतबार दाहसंस्कार भएको थियो ।
भक्तपुरको किसान आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका स्वर्गीय चाकतु नेमकिपा र पार्टीका जनवर्गीय सङ्गठनको आयोजनामा हुने आन्दोलन र कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनुहुन्थ्यो । स्वर्गीय चाकतुका पाँच छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *