भर्खरै :

त्रुटिपूर्ण अमेरिकी विदेश नीतिः इजरायल–प्यालेस्टाइन द्वन्द्वमा शान्तिको लागि बाधा

त्रुटिपूर्ण अमेरिकी विदेश नीतिः इजरायल–प्यालेस्टाइन द्वन्द्वमा शान्तिको लागि बाधा

इजरायली–प्यालेस्टिनी विवादमा संयुक्त राज्य अमेरिकाले परिस्थितिको सम्बोधनलाई गहिरो निराशाको रूपमा मात्र वर्णन गर्न सकिन्छ । संरा अमेरिकासँग द्वन्द्वको न्यायोचित समाधानको लागि थप निष्पक्ष मार्ग पछ्याउने क्षमता थियो । यद्यपि, यसले प्यालेस्टिनी जनताको कठोर अधीनतालाई सक्षम पार्दै र अन्ततः क्रुरतापूर्वक उत्पन्न भएको अस्थिर परिस्थितिमा अनजानमा योगदान पु¥याउँदै बढ्दो कट्टरपन्थी इजरायली प्रशासनसँग पङ्क्तिबद्ध हुन रोज्यो ।
हालैका दुई घटनाले मध्यपूर्वमा अमेरिकी विदेश नीतिको असफलतालाई थप पुष्टि गरेको छ । यस गलत कदमको पहिलो सङ्केत यस हप्ता इजरायलको भ्रमणपछि राष्ट्रपति बाइडेनलाई स्वागत हात बढाउन अरब राज्यहरूले अस्वीकार गरेका थिए । यो कूटनीतिक चिसो काँधले यस क्षेत्रमा अमेरिकी प्रभावलाई ठूलो प्रहार ग¥यो । दोस्रो सङ्केत, गाजापट्टीमा युद्धविरामको लागि आह्वान गर्ने प्रस्तावलाई विफल पार्न अमेरिकी भिटोको रूपमा आयो । यी दुई घटनाहरूले यस द्वन्द्वको बिचमा अमेरिकी कूटनीतिले आफूलाई भेट्टाउने खेदजनक अवस्थालाई छर्लङ्ग पारेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) सधैँ कूटनीतिको लागि मञ्च भएको छ, जहाँ देशहरूले आफ्ना मतभेदहरूलाई पन्छाएर शान्ति र स्थिरताका लागि मिलेर काम गर्ने अपेक्षा गरिन्छ । यद्यपि, वाशिङ्टनले भर्खरको विपक्षी मतदानले यी सिद्धान्तहरूप्रति आफ्नो समर्पणको बारेमा गम्भीर चिन्ताहरू खडा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले निष्पक्ष र तत्काल युद्धविरामको आवश्यकतामा जोड दिँदै अमेरिकी निर्णयप्रति निराशा र आश्चर्य व्यक्त गरेको छ । ब्राजिलले प्रस्तुत गरेको प्रस्ताव, अन्तर्राष्ट्रिय समुदायभित्रको व्यापक सहमति झल्काउने, युद्धविरामलाई प्राथमिकता दिने उद्देश्यअनुसार थियो । यसको उद्देश्य गाजामा बढ्दो हिंसाको अवस्था अन्त्य गर्नु थियो, जहाँ निर्दोष नागरिकहरूले आफ्नो ज्यान गुमाउने र हरेक मिनेट पीडा भोगिरहेका छन् ।
अमेरिकाले यसको भिटोको लागि प्रदान गरेका कारणहरू अकल्पनीय देखिन्छ । प्रस्तावले इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार नगरेको दाबीको कुनै आधार छैन । वास्तवमा भन्नुपर्दा, सङ्कल्प र इजरायलको आत्मरक्षाबिच कुनै विवाद थिएन । अमेरिकी राष्ट्रपति जो बाइडेनको इजरायल भ्रमणको क्रममा संरा अमेरिकाको नियतका बारेमा चिन्ता थप बलियो भएको थियो, जहाँ उनी चलिरहेको रक्तपातपूर्ण द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि सक्रियतापूर्वक पछ्याउनुको सट्टा हमासविरुद्धको सैन्य कारबाहीमा इजरायलसँग पङ्क्तिबद्ध हुन इच्छुक देखिन्छन् ।
प्रस्तावको उद्देश्य नागरिकहरूविरुद्धको हिंसा, आतङ्कवादी कार्यहरूको निन्दा गर्ने, कानुनको पालना गर्न प्रोत्साहित गर्ने र नागरिकहरूको लागि आवश्यक वस्तु र सेवाहरूमा निर्बाध पहुँच सुनिश्चित गर्ने थियो । यस प्रस्तावलाई भिटो गरेर, संरा अमेरिकाले गाजाको सङ्कटलाई बेवास्ता गरेको छ । यसले मानव अधिकारका मुद्दाहरूमा आफ्नो दोहोरो मापदण्डलाई उजागर गरेको छ । द्वन्द्वप्रति संरा अमेरिकाको पक्षपाती दृष्टिकोणले द्वन्द्वलाई थप चर्काउन सहयोग गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् र विश्व समुदाय प्यालेस्टाइनी जनताले इजरायलको संहारकारी व्यवहारको सामना गर्दा निष्क्रिय रहन सक्दैन । उनीहरूका लागि दबाब लागू गर्न र संरा अमेरिकाको कार्यको कडा निन्दा गर्नु महत्वपूर्ण छ । स्पष्ट कारणहरूले गर्दा प्रस्तावको अस्वीकृतिले विश्वव्यापी आलोचनालाई जन्म दिएको छ । विशेषगरी अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्वको सामना गर्दा वस्तुनिष्ठता, निष्पक्षता र अन्तर्राष्ट्रिय कानुनको पालनाको महत्वलाई जोड दिँदै चीनले गम्भीर निराशा व्यक्त गरेको छ । यस सङ्कटको समाधानका लागि चीनले संरा अमेरिकालाई भूमिका खेल्न आग्रह गर्दै आएको छ ।
प्यालेस्टाइन द्वन्द्वलाई सम्बोधन गर्ने प्रस्तावहरू रोक्न संरा अमेरिकाले भिटो शक्ति प्रयोग गरेको यो पहिलोपटक होइन । अमेरिकी भिटोले अन्तर्राष्ट्रिय समुदायलाई निराश बनाएको छ र मध्यपूर्वमा दिगो शान्तिका लागि प्रयासहरूप्रति वाशिङ्टनको इमानदारीप्रति शङ्का उत्पन्न गरेको छ ।

गाजामा स्थिति भयावह छ । यस द्वन्द्वमा दुवै पक्षले हजारौँ ज्यान लिइसकेका छन् । गाजा अस्पतालमा भर्खरै भएको विस्फोटले विश्वव्यापीरूपमा मानिसहरूलाई स्तब्ध बनाएको छ, जसले यो संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदको मतदानलाई पनि प्रोत्साहित ग¥यो । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद् प्रस्तावको उद्देश्य कूटनीतिक वार्ता र आवश्यक सहायता प्रदान गर्नको लागि एक अति आवश्यक युद्धविराम गर्नु थियो । दुर्भाग्यवश, संरा अमेरिकाको निर्णयले यो अवसर खेर गयो ।
संरा अमेरिका र इजरायलबिचको लामो समयदेखिको गठबन्धन, प्रायः अटुट सम्बन्धको रूपमा हेरिएको, प्यालेस्टाइन द्वन्द्वको दृष्टिकोणलाई प्रभाव पारेको छ । एकै समयमा, संरा अमेरिकाभित्रको घरेलु राजनीतिक विचारले पनि यस द्वन्द्वमा यसको भूमिकामा जटिलता थपेको छ । अमेरिकी सरकारले इजरायललाई अटुटरूपमा समर्थन गर्न सचेत छनोट गरेको छ, यो निर्णयले मध्यस्थताको भूमिका खेल्ने आफ्नो क्षमतालाई बाधा पु¥याउने मात्र होइन, चलिरहेको सङ्कटलाई बढाउनेछ ।
इजरायलप्रतिको संरा अमेरिकाको दृढ समर्थनको असर यस विशिष्ट द्वन्द्वभन्दा धेरै टाढासम्म फैलिएको छ किनकि तिनीहरूले विश्वव्यापी शान्ति र सुरक्षा कायम गर्न महत्वपूर्ण हुने संयुक्त राष्ट्र सङ्घजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको विश्वसनीयता र प्रभावकारितालाई मौलिकरूपमा कमजोर पार्छन् । यो प्रचुर मात्रामा स्पष्ट छ कि यो चलिरहेको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा अमेरिकी संलग्नताले अराजकता छर्न र अस्थिरतालाई बढावा दिनेमात्र गरेको छ ।
संरा अमेरिकाले आफ्नो अडानमा पुनर्विचार गर्न र शान्ति तथा सबै संलग्न पक्षहरूको अधिकारको सम्मानलाई प्राथमिकता दिने बाटो पछ्याउन बाध्यकारी आह्वानलाई सम्बोधन गर्दै युद्धविराम र मानवीय सहायताको लागि विश्वव्यापी समुदायको अनुमान अनुरोधलाई खारेज गर्नुहुँदैन ।
(इमरान खालिद सीजीटीएनका लागि समसामयिक मामिलाहरूमा विशेष टिप्पणीकार तथा अन्तर्राष्ट्रिय मामिलाहरूमा स्वतन्त्र स्तम्भकार हुनुहुन्छ ।)
– सीजीटीएनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *