भर्खरै :

संरा अमेरिकालाई चीनको चेतावनी

संरा अमेरिकाले चीन र रुसलाई आफ्ना शत्रु शक्तिको रुपमा व्याख्या गरे पछि बेइजिङले आफ्नो रणनीतिक मनसायलाई नियोजित रुपमा गलत तरिकाबाट व्याख्या नगर्न वाशिङ्टनलाई चेतावनी दिएको छ ।
वाशिङ्टनले गएको सोमबार जारी गरेको आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिमा चीन र रुसलाई संसारभरि अमेरिकी हितलाई आक्रामक रुपमा उपेक्षा गर्ने शत्रु शक्तिको रुपमा उल्लेख गरेको छ ।
चीनको विदेशमन्त्रालयका प्रवक्ता ह्वा छुयिङले मंगलबार बेइजिङमा आयोजित सञ्चारकर्मी भेटघाटमा चीन र संरा अमेरिकाबीच सहकार्य नै एक मात्र सही विकल्प भएको बताएकी थिइन् ।
‘हामी संरा अमेरिकी पक्षलाई चीनको रणनीतिक मनसायलाई बद्नियतपूर्वक गलत व्याख्या नगर्न, पुरानो शीतयुद्धकालीन र आफूलाई बेफाइदा हुने सोचबाट मुक्त हुन आग्रह गर्दछौं । यो दुवै पक्षका लागि हानिकारक विषय हो ।’, ह्वाले भने ।
चीन र संरा अमेरिका दुई वटा अलग अलग ठूला देशहरु भएका कारण उनीहरुबीच केही मतभेद हुनु कुनै आश्चर्यको विषय होइन । यो सन्दर्भमा दुवै देशहरुले भएका समस्यालाई सही तरिकाबाट सम्बोधन गर्नुका साथै एक अर्काका हित र महत्वपूर्ण चासोलाई रचनात्मक माध्यमबाट समाधान गर्नु पर्दछ ।’,ह्वाले भनिन् ।
‘बजार, उर्जा र भौगोलिक स्वार्थजस्ता धेरै विषयहरुमा संरा अमेरिका र चीन एक अर्काका प्रतिस्पर्धी हुन् । तर द्विपक्षीय सम्बन्धको चुस्त विकास र विश्वव्यापी स्थायित्वका लागि दुई देशहरुले द्वन्द्व पन्छाउन प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्दछ ।’, अन्तर्राष्ट्रिय व्यापार तथा अर्थतन्त्र विश्वविद्यालयका उपाध्यक्ष लिन कुइचुनले ग्लोबल टाइम्सलाई भने ।
‘आफ्नो बौद्धिक सम्पत्ति चीनले चोरी गरेको संरा अमेरिकाको झुठा आरोपले संरा अमेरिकाले प्राविधिक एकाधिकार कायम राखेको देखाएको छ । त्यो एकाधिकारले उपभोक्ता लागत बढाएको छ र ज्ञानको प्रवाहलाई अवरोध गरेको छ ।’, लिनले भने ।
वाशिङ्टनस्थित चिनियाँ राजदुतावासले मंगलबार एक वक्तव्य जारी गरी ‘शत्रु दोष लगाउनु र द्वन्द्वले विश्वव्यापी धार विपरीत काम गर्ने र असफलतातर्फ डो¥याउने’ प्रष्ट बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *