भर्खरै :

‘संरा अमेरिकाको जातिवादी नीति बद्ल्नुपर्छ’–मोरालेस

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आफ्ना संरा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई अमेरिकामा आप्रवासीहरुमाथि ‘जातिवादी शोषण’को नीति बद्ल्न आग्रह गरेका छन् ।
मोरालेसले आफ्नो आधिकारिक ट्वीटर खातामा संरा अमेरिकामा विद्यमान गहिरो जातिवादप्रति चासो व्यक्त गरेका हुन् ।
‘ट्रम्पले जनवरी महिनालाई दासता र मानव बेचविखनविरोधी महिना घोषणा गरेका छन् । यदि उनी यो घोषणाप्रति इमान्दार भए आप्रवासीविरुद्ध व्यापक हिंसा र फिर्तीको जातिवादी नीतिलाई उल्ट्याउन सक्नुपर्दछ । साथै संरा अमेरिकामा आप्रवासीविरुद्ध यौन शोषण अन्त्य गर्नुपर्दछ ।’, बोलिभियाली नेता मोरालेसले ट्वीटरमा लेखे ।
गएको जुलाई महिनामा मात्र मोरालेसले जी २० देशहरुका निन्दनीय आप्रवासी नीतिको कडा आलोचना गरेका थिए । उनले आप्रवासी र शरणार्थीहरुलाई अपराधीको रुपमा चित्रण गर्ने काम बन्द गर्न आह्वान गरेका थिए ।
‘संसारले आप्रवासी जनताविरुद्ध पर्खाल चाहेको छैन न त जीवन र मानव जातिविरुद्ध आणविक हतियार नै चाहेको छ ।’, मोरालेसले उत्तिबेला लेखेका थिए ।
त्यही महिना बोलिभियाली राष्ट्रपतिले ‘पर्खाल नभएको विश्व’ भन्ने नाराका साथ कोचाबाम्बामा विश्व जनसम्मेलन आयोजना गरेका थिए । सम्मेलनमा आप्रवासी जनतामाथिको विभेद र संसारभर घृणा अन्त्यको माग गरेको थियो । सम्मेलनले नागरिकको हैसियतको लागि सबै जनतालाई सम्मानको अधिकारको माग समेत गरेको थियो ।

‘संसारले आप्रवासी जनताविरुद्ध पर्खाल चाहेको छैन न त जीवन र मानव जातिविरुद्ध आणविक हतियार नै चाहेको छ ।’

बोलिभियाली नेताले संरा अमेरिकामा आप्रवासी जनतामाथिको बढ्दो अत्याचारसँगै ती जनतालाई कानुनी सल्लाह र आर्थिक सहायता दिन क्षेत्रीय कोष बनाउने अभियानमा सक्रिय भएका थिए । सो कोष हाम्रो अमेरिकी जनताको बोलिभारियाली मोर्चा(अल्बा)ले संयोजन गरेको थियो ।
‘आज हामी संरा अमेरिकामा कसरी जातिवाद फस्टाइरहेको छ, गहिरो चासोका साथ हेरिरहेका छौं ।’, उनको भनाई छ ।
समाजवादी नेता मोरालेसले आप्रवासी र शरणार्थीहरुमाथिको गलत व्यवहारबारे लामो समयदेखि बोल्दै आएका छन् ।
-टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *