भर्खरै :

सांसद सुवालद्वारा पहिरोको क्षति निरीक्षण

भक्तपुर, २९ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूसहितको टोलीले चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेलको गेलाल गाउँ, दाहाल गाउँ परिसरमा बुधबार रातीदेखिको अविरल वर्षापछि गएको पहिरोले पु¥याएको क्षतिबारे जानकारी लियो ।
गेलाल गाउ्ँबाट ज्योतिलिङ्गेश्वर जाने बरको बोट नजिकको बाटोमा करिब १०० मी तलबाट पहिरो गई बाटो अवरुद्ध हुनसक्ने सम्भावना छ भने स्थानीय तारानाथ गेलालको घरपछाडि पनि पहिरो गएर ३ घर जोखिममा परेको छ ।
दाहाल गाउँको पारीघरमा निराजन दाहाल, लोकनाथ दाहाल, बद्रीप्रसाद दाहाल, पर्शुराम दाहाललगायतको घर जोखिममा पर्ने गरी करिब ८० मिटर जति पहिरो गई वस्ती जोखिममा रेको छ ।
पारीघरकै कृष्णप्रसाद दाहालको घरअगाडि गएको पहिरोले पिंढीसमेत बगेको र तत्काल रोकथाम नगरिए घरै पहिरोमा बग्ने सम्भावना रहेको छ ।
निरीक्षणको क्रममा स्थानीय जनताले पहिरोबाट आफूहरुको घरवस्ती जोखिममा परेकोले समाधानको लागि सम्बन्धित निकायमा राखीदिन अनुरोध गरेका थिए ।
सांसद सुवालले पहिरो पीडित जनताको राहत र पुनःस्थापनाको लागि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *