भर्खरै :

हेनरी केसिङ्गर चीनमा

पेकिङ, ८ नोभेम्बर । संरा अमेरिकाका पूर्व विदेशसचिव तथा संरा अमेरिका–चीनबीचको सम्बन्धका सेतू मानिएका कूटनीतिज्ञ हेनरी केसिङ्गरले चीनका राष्ट्रपति सी चिनफिङसित बिहीबार पेकिङमा भेट्नुभएको छ ।
भेटमा केसिङ्गरलाई चिनियाँ जनताका पुराना मित्रको रुपमा सम्बोधन गर्दै चीन–संरा अमेरिका सम्बन्ध जोड्न उहाँले पु¥याउनुभएको ऐतिहासिक योगदानको कदर गर्नुभयो ।
“हामी त्यो कहिल्यै भुल्न सक्दैनौं ।”, सीले केसिङ्गरलाई भने ।
“हजार आरोह अवरोह छिचोलेर पनि संरा अमेरिका र चीनबीचको सम्बन्धले विगत चार दसकमा लगातार प्रगति कायम राखेको छ ।”, सीले भन्नुभयो ।
बितेका एक सय वर्षभित्र यतिबेला संसारमा ठूलठूला परिवर्तन भइरहेको चर्चा गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र संरा अमेरिकाबीचको सम्बन्ध दिशामा अघि बढेको अन्तर्राष्ट्रिय समुदायको अपेक्षाबारे जोड दिनुभयो ।
“अर्जेन्टिनामा हुन लागेको जी २० को शिखर सम्मेलनमा म संरा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दैछु । त्यहाँ हामीबीच दुई पक्षबीच साझा हितका धेरै विषयमा विचार आदानप्रदान हुने आशा गरेको छु ।”, उहाँले भन्नुभयो ।
चीनको विषयमा केही समय यता नकारात्मक आवाज उठिरहेकोप्रति ध्यानाकर्षण भएको भन्दै उहाँले आपसी रणनीतिक मनसायबारे दुवै देशले प्रस्ट धारणा बनाउनुपर्नेमा बताउनुभयो ।
“चीन शान्तिपूर्ण विकासको पक्षमा छ । हामी संरा अमेरिकासँग कुनै द्वन्द्व नभएको, विवाद नभएको आपसी सम्मान र द्विपक्षीय हितमा आधारित सम्बन्ध विकासको पक्षमा छौं ।”, सीले भन्नुभयो ।
समानता र आपसी हित तथा आपसी समझदारी र आपसी सहमतिको भावनामा आधारित भएर संरा अमेरिकासँग मैत्रीपूर्ण सरसल्लाहमार्फत दुई पक्ष सम्बन्धमा देखापरेका समस्या समाधान गर्ने पक्षमा चीन रहेको सीले भन्नुभयो ।
उहाँले चीन स्वयंले चुनेको विकासको बाटो र चीनका वैधानिक अधिकार तथा हितको सम्मान गर्न संरा अमेरिकालाई आग्रह गर्दै स्वस्थ र स्थायी दुई पक्षीय सम्बन्ध विकासमा जोड दिनुभयो ।
भेटमा विख्यात कूटनीतिज्ञ केसिङ्गरले चीन र संरा अमेरिकाबीचको सम्बन्ध निकै संवेदनशील समयबाट अघि बढिरहेको समयमा सीसँग भेट्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
उहाँले पछिल्ला दसकमा आफूले बरोबर चीनको भ्रमण गरेको र त्यसक्रममा चीनले गरिरहेको क्रमिक विकास आफूले हेरिरहेको बताउनुभयो ।
उहाँले संरा अमेरिका र चीनबीचको सहकार्य विश्वमा शान्ति र समृद्धिको लागि अपरिहार्य भएको बताउँदै यसको निम्ति चीनको भूमिकाको प्रशंसा गर्नुभयो ।
केसिङ्गरले चीन र संरा अमेरिकाबीचको सम्बन्ध विकासका लागि रणनीतिक सोचाइ र दूरदर्शिताको आवश्यकता रहेको भन्दै दुई देशबीच आपसी समझदारी अझ गहिरो, रणनीतिक संवाद अझ बलियो, आपसी हितलाई फराकिलो बनाउँदै मतभेदलाई राम्ररी सम्हाल्नुपर्ने विचार राख्नुभयो । त्यसो गर्दा मात्र मतभेदभन्दा आपसी हित धेरै महत्वपूर्ण हुने संसारसामु देखिने उहाँको भनाइ थियो ।
उहाँले आगामी जी २० को सम्मेलनमा तय भएको सी र ट्रम्पबीचको भेटवार्ताको सफलताको कामना गर्नुभयो । सोही दिन केसिङ्गरले चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि भेट्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *