अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
यदुनाथ खनाल
केही दिन यता विभिन्न पत्रपत्रिकाहरूमा नेपाली साहित्यमा आलोचनाको कमीको विषयलाई लिएर निकै चर्चा छ । यो चर्चाको आधार के हो ? यो चर्चा गर्ने रसिकहरूले के विशेष कुरालाई मनमा लिएका छन् ? हाम्रो सिर्जनात्मक साहित्यको विकासको अहिले कुन अवस्था छ ? अर्थात् हाम्रो मौलिक साहित्यमा कुन तहको प्रौढताको अस्तित्वलाई यो चर्चाको प्रसङ्गमा अङ्गीकार गरिएको छ ? आलोचनाको विकासका नियम छन् वा छैनन् ।
आलोचनाको कुरा उठाउँदा यी र यस्ता अनेक प्रश्नहरू झुम्मिन थाल्दछन् । यी प्रश्नहरूको उत्तर खोज्न आलोचनाका आधारहरूको मोटामोटी रुपमा भने पनि विश्लेषण गर्नुपर्ने हुन आउँछ ।
कुनै कुरा फस्टाउन पनि परिपोषक वातावरणको आवश्यकता रहन्छ । कविता नभट्टयाइने समाजमा कविता लेख्ने प्रेरणा कम आउँछ, आलोचना नपढिने समाजमा आलोचना लेख्ने प्रवृत्ति कम हुन्छ । अरु पेसाका मानिसहरू जस्तै लेखकहरूले समाजबाट उचित बौद्धिक र सामाजिक कदरको आशा गर्दछन् । आलोचनाको निम्ति मौलिक रुपमा पोषक वातावरण समाजको बौद्धिकता हो । यो बौद्धिकताको
फलस्वरुप सामान्य रुपमा सामाजिक आलोचना र विशेष संस्कृत रुपमा साहित्यिक आलोचना प्रस्फुटित हुन्छ ।
पुस्तक लेख्न, किन्न र पढ्न तयार रहेको बौद्धिक वर्गमा विभिन्न किसिम र तहका बौद्धिक कार्यहरूमा समाजगत बौद्धिकता समूर्त हुन्छ । यो मननीय छ आलोचनात्मक साहित्यको निम्ति सिर्जनात्मक साहित्यलाई भन्दा बढी मात्रामा सचेष्ट बौद्धिक समाजको आवश्यकता पर्दछ किनभने, सिर्जनात्मक साहित्यमा बुद्धि र प्रतिभाको सन्तुलन हुन्छ । सायद यस साहित्यमा बुद्धिभन्दा पनि प्रतिभाको विशेष स्थान छ । यसै कारण नाटक, गीत, कविता जस्ता सिर्जनात्मक साहित्यका लेखकहरूले बौद्धिक वर्गको कमी भएको समाजमा वा युगमा पनि आफ्नो प्रतिभाको प्रभाव पार्न सक्छन् र सकेका पनि छन् । त्यस्तै अशिक्षित व्यक्तिहरुले पनि कविता, गीत, नाटकबाछ आनन्द लिन सक्छन् । तर, आलोचनाको क्षेत्र यति व्यापक छैन । समाजको बौद्धिक वर्गमा मात्र यो सीमित छ । समाजका सीमित बौद्धिक वर्गको निम्ति त्यो भन्दा पनि झन् सीमित सङ्ख्याका बौद्धिक व्यक्तिहरूले गरेको समाजको र साहित्यको चर्चा आलोचना हो । बौद्धिक वर्ग प्रशस्त र सक्रिय नभएको समाजमा न त सामाजिक, न त साहित्यिक आलोचना मौलाउँछ ।
बौद्धिक व्यक्तिद्वारा बौद्धिक वर्गको लागि लेखिने हुनाले आलोचना सिर्जनात्मक साहित्त्न्दा माथिल्लो हो भन्नु यो लेखको तात्पर्य होइन । कुनै पनि आलोचना–साहित्य उत्तम सिर्जनात्मक साहित्यको दाँजोमा आउँदैन । हो, सिर्जनात्मक आलोचना पनि छ, जसको चर्चा पछि गरिएको छ । तात्पर्य हो आलोचनाको सामाजिक र बौद्धिक परिधि तोकिएको हुन्छ । यस अर्थमा उत्कृष्ट साहित्यको र व्यापक बौद्धिक वर्गको अस्तित्व नै साहित्यिक आलोचनाको सामाजिक आधारशिला हो । उत्कृष्ट साहित्यको अभावमा आलोचना निरर्थक हुन्छ, आलोचना पढ्ने व्यापक रसिक वर्गको अभावमा आलोचना फेरि अरण्यरोदन जस्तो हुन्छ ।
यदि आलोचनाको उचित विकासको लागि सामान्यत ः यस किसिमको वातावरणको आवश्यकता रहन्छ भने नेपालमा अहिले यसको निम्ति कति साधक र कति बाधक तत्वहरू छन् ? पहिलो साधक तत्वहरूको परिगणना गरौं । नेपाल एक सानो देश भएको र यसको जनसङ्ख्या पनि एक करोडको लगभग मात्र भएकोले साहित्यिकहरूमा पारस्परिक परिचय, सहवास र विचारको प्रत्यक्ष आदान–प्रदान प्रायशः सम्भव भएको छ । काठमाडौं जस्तो हाम्रा साहित्यिकहरू थुप्रिएको ठाउँमा त यो सजीव आदान–प्रदान सम्भव हुने नै भयो, तर लेखकहरूको बीच रहेको विशिष्ट सौहार्द र समभावले गर्दा सम्पूर्ण देशभर पनि विभिन्न सम्मेलनहरू र अरु उपायको माध्यमद्वारा यो सम्पर्क कायम राखिएको छ । फेरि, देशभित्रका र प्रवासी साहित्यिकहरूका बीच रहेको सम्पर्क सीमित भएपनि नगण्य छैन । अलिकति पनि साहित्यिक व्यक्तित्व भएको मानिसलाई समुद्रमा बिलाएजस्तो वा जङ्गलमा कराएजस्तो हुँदैन । यो एक ठूलो साधक तत्व हो ।
साथै नेपालमा अहिले बौद्धिक वर्गको संस्था क्रमशः बढ्दै गएको छ र देशको सर्वतोमुखी प्रवृत्ति पनि अहिले बौद्धिकतापट्टि छ । नेपाल मौलिक रुपमा कर्मयोगीहरूको कर्मभूमि नै रहे पनि, बुद्धिजीवीहरूप्रति समाजको हलुका धारणा भएपनि, अझै हाम्रो समाजमा ‘पढ्नु लेख्नु अफाप’ मानिए पनि अन्तर्राष्ट्रिय वातावरण र राष्ट्रिय आकाङ्क्षाको परिणामस्वरुप बौद्धिकताले उत्तरोत्तर ठूलो ठाउँ ओगट्तै आएको छ । यसबाट एकातिर हाम्रो साहित्य बौद्धिकताप्रधान हुँदै गएको छ भने अर्कोतिर बौद्धिक वर्गको सङ्ख्यामा वृद्धि भएको छ । समाजगत र साहित्यगत यो नयाँ भएको छ । पुराना उत्कृष्ट साहित्यको खोज र विश्लेषण पनि बढेको । यो अर्को साधक लक्षण हो ।
यी कुराहरूको पृष्ठभूमिमा गम्भीरताका साथ विचार गर्दा, घोरिँदा र मनन गर्दा विभिन्न अङ्गमा नेपाली साहित्य अहिले गतिशील पाइन्छ । समाजबाट शारीरिक वा मानसिक पलायन नगरी समाजभित्र रहेरै जिम्मेवारीका साथ आफ्नो उत्कृष्ट अनुभूतिको अभिव्यक्ति गर्ने र सिद्ध साहित्यिकहरूको संस्था बढ्दो छ । विशेष गरेर २००७ सालपछिको नेपालमा साहित्य फैलिनुका साथसाथै खारिएको पनि छ । वर्तमान नेपाली साहित्य युगचेतनाको प्रतीक छ भन्ने हिचकिचाउनु पर्ने देखिँदैन । चेतनाका परिधि तीक्ष्णता दुवै बढेका छन् । जनसाधारणको रस, रुचि र चेतना उकास्न पनि हाम्रो वर्तमान साहित्य समर्थ नै रहेको छ ।
साहित्य साधना एक तपस्या हो । साधनाको प्रक्रिया नै सिर्जनात्मक प्रक्रिया हो । साधनाको क्रममा मिलेको अनुभूति वा अनुभूतिको अभिव्यक्तिलाई कविहरू कविता भन्दछन् । ज्ञानको साधनाजस्तै साहित्यको साधना जीवनभर रहन सक्तछ । यो कठोर तपस्याको चापमा जीवनमा बूढ्यौली आउन थाल्दछ । साधनाको क्रममा चम्केको उत्कृष्ट अनुभूतिलाई अभिव्यक्तिलाई गरी हिजो बिजुलीका सञ्चार गराउने साहित्यिक सिद्धहरू आज मथरिन्छन् । नयाँ पिँढीका साहित्यिक साधना कठोर साधना हो भन्ने कुरामा यी सजीव उदाहरण छन् । यो उदाहरण र अनुशासनको रुपमा नयाँ युगमा पनि यी सबै बूढापाका साहित्यिकहरूको सिर्जनात्मक महत्व छ । तर नयाँ युगको चेतनाको पूर्ण, सजीव र वास्तविक आभास यही युगका साहित्यिकहरूबाट मात्र आउन सक्तछ । आमाबाबुकै अनुभव र शिक्षाको आधारमा नयाँ बच्चाले आफैं हिँडी, लडी, खाई, भोगी जीवनको साधना सुरु गरेजस्तै नयाँ पिँढीका साहित्यिकहरूले साहित्यिक पूर्वजहरूको अनुभव र उदाहरणको आधारमा नयाँ युगको चेतना अभिव्यक्ति गर्न आफ्नै साहित्य–साधना सुरु गर्नुपर्दछ । आमाको हिँड्ने साधनाले बच्चालाई नपुगेजस्तै सहित्यिक पूर्वजको साधनाले वर्तमान युगका साहित्यिकहरूलाई पुग्दैन ।
नेपाली साहित्यिकहरूमा यस किसिमको सिर्जनात्मक साहित्यसाधना निरन्तर चालु छ । यसले साहित्यलाई गीतशीलता दिएको छ, किनभने सिर्जनाको दृष्टिबाट साधना एक गतिशील प्रक्रिया हो । अहिलेका उत्कट निराशावादी कृतिहरूमा पनि यही गतिशीलताको द्योतक नयाँ गम्भीरता, नयाँ चेतना र इमानदारी प्रतिबिम्बित भएका छन् । नेपाली साहित्यमा बढ्दो मात्रामा प्रयोग गरिएको कतारो, नक्कली मयुर, शिरीषको फूल, मरुभूमि, मसानजस्ता अनेकौं नयाँ प्रतीकहरू खँदिलो अनुभूतिका प्रमाण छन् । एकातिर अ–उपन्यासको प्रयोग भएको छ भने अर्कोतिर यौन क्रियामा आधारित प्रयोगात्मक नयाँ–नयाँ कृतिहरू लेखिँदैछन् । निराशावादको चित्कारभित्रबाट नेपाली आत्माको वास्तविक अपराजयताको हुङ्कार फुटेजस्तो सुनिछ । यो कुरा दुःखद तर महान् साहित्यिक साधनाको प्रक्रिया हो ।
नेपाली साहित्यको उपर्युक्त विकासको प्रक्रिया सिर्जना कार्यको अन्तर्निहित केही गुणले ल्याएको हो कि कुनै परिपोषक वातावरणले ? आलोचनात्मक कृतिको अपेक्षा सिर्जनात्मक कृतिको व्यापक ग्राहयताबारे यसभन्दा अगाडि जिक्री गरिसकिएको छ । यसको अलावा सिर्जनात्मक प्रतिभा भएको व्यक्तिमा आफ्ना मनोभावलाई प्रकट गर्ने प्रेरणा तीव्रतर हुन्छ । लगाम खिँचे पनि घोडा रोकिँदैन । हाम्रो साहित्यको विकासको सहायक तत्वको अध्ययन गर्दा यो कुरो विशेष महत्वको छ । अर्थात् सिर्जनाको क्रियाभित्र रहेको अदम्य अन्त प्रेरणा सिर्जनाको मुख्य कारणमध्ये हो ।
सामान्यत ः आलोचकलाई पनि प्रेरणाले धकेल्दछ तापनि आलोचकले अनुभव गर्ने प्रेरणा त्यति सारै चर्को हुँदैन । मौलिक साहित्यको अध्ययन र मननमा नै धेरैजसो यो सीमित रहन सक्दछ, तर्कयुक्त लेखको रुपमा बाहिर आउँदैन । यसकारण बौद्धिक वातावरणले नकुत्कुत्याएसम्म आलोचनाको विकास हुन असम्भव प्रायः हुन्छ । वर्तमान मौलिक साहित्यको लागि पनि अर्कै अनुपातमा किन नहोस् साहित्यिक आलोचना लेख्न प्रेरणा दिन्छ, आलोचनाले साहित्यको चर्चा र कदरको भाव फिँजाएर, परिष्कृत बौद्धिकताको वातावरणा सृष्टि गरेर साहित्यिकको सुषुप्त प्रेरणालाई घच्घच्याउँछ । यस कारण साहित्य र आलोचना परस्पर सहायक छन् । यसभन्दा पनि बढी महत्वपूर्ण कुरा के छ भने वास्तवमा नयाँ मौलिक प्रयोगको प्रक्रियामा र विशेष गरेर मौलिक साहित्यको सिर्जनाको प्रक्रियामा प्रयोजन र प्रभावकारी साहित्यको प्रस्फुटनको साथसाथै सिर्जनात्मक आलोचनाको उद्गम हुन्छ । कुनै स्रष्टाहरूले यो सिर्जनात्मक आलोचनालाई सूत्रबद्ध गरी ग्रन्थको रुपमा प्रकाशित गर्दछन् । यस प्रसङ्गमा नेपाली साहित्यमा श्री बालकृष्ण समको उदाहरण लिन सकिन्छ, प्रायशः विस्तृत र स्पष्ट रुपमा आफ्ना ग्रन्थहरूका र अन्य लेखकका ग्रन्थको लागि लेखिएको भूमिका तथा अनेकौं आलोचनात्मक लेखहरूद्वारा साहित्यको सिर्जनाको क्रममा अभिव्यक्त भएका आलोचनाका सिद्धान्तहरूको समजीबाट व्याख्या भएको छ । लेखनाथको साहित्य साधनामा उपलब्ध सिर्जनात्मक आलोचनाहरू तर्कयुक्त गद्यमा सूत्रीकृत नभए पनि उनका कृतिहरूमा स्पष्टता झल्केका छन् । कुनै पनि कवि वास्तवमा सिर्जनात्मक आलोचनाको प्रक्रियाबाट उत्तीर्ण हुन्छ । यस कारण सिर्जनाको साथसाथै उत्पन्न हुने आलोचना नै मौलिक, सिर्जनात्मक आलोचना हो । अङ्ग्रेजी साहित्यमा इलियटजस्तै नेपाली साहित्यमा पनि एकैजना मौलिक साहित्य र आलोचना साहित्यको प्रतिनिधि हुन सक्तछ । कर्मठ साहित्यिकले नै साहित्यगत आलोचनाका वास्तविक समस्याहरूलाई बुझेको हुन्छ ।
यो दृष्टिबाट विचार गर्दा नेपाली साहित्यको विकासको वर्तमान अवस्थामा झन्डै अलग पेसाका जस्ता एकातिर आलोचक र अर्कोतिर स्रष्टा हुनु अवास्तविक देखिन्छ । नेपाली साहित्यमा आलोचकको कमी भयो भनी अहिले चलेको चर्चा यो प्रश्न उठाउनेहरूले चिताएको दिशामा आलोचक र साहित्यिकको पृथक–पृथक आलोचनालाई विकसित गर्न आवश्यक तत्व सबै प्रशस्त मात्रामा छैनन् । एक, नेपालमा गौरवशाली साहित्य परम्परा र कठोर साहित्य–साधना भएर पनि साहित्यिकद्वारा नै आलोचकप्रति र साहित्यिकको आर्थिक परिस्थितिप्रति रहेको नकारात्मक दृष्टिबाट माथि उत्री अधिकृत रुपमा साहित्यिक मूल र सिद्धान्त र समस्याहरूको अझ बढी नकारात्मक विश्लेषण हुनुपर्दछ । आलोचकले नकुत्कुत्याए पनि स्रष्टालृ स्वयं लेद्यखछ तर स्रष्टाले आलोचना क्षेत्रमा पनि आधार बनाएपछि मात्र आलोचकले लेख्न थाल्दछ । आलोचनाको क्षेत्रमा पनि यसकै उचित परिशीलनको लागि साहित्यिकहरू नै अझ बढी सक्रिय रहनु आवश्यक छ । दुई, आलोचनाका पाठकहरू व्यापक हुन सक्दैनन् । आलोचकका सम्भावित पाठकरु दुई थरी हुन्छन्, जसको कृतिको आलोचना गरिएको छ त्यो स्रष्टा एक र त्यसका केही पाठकहरु कस ैपनि स्रष्टाले आफ्नो कृतिद्वारा अनुभूति पाठकमा पु¥याउनु स्रष्टाको मुख्य ृद्देश्य हुनाले आलोचकको लेखबाट आफ्नो अनुभूति पाठकमा पु¥याउन प्रयत्न गर्दछ । यस कारण पाठकहरूभन्दा पनि बढी मात्रामा स्वयं साहित्यिक आलोचकको कृतिको सजग पाठक भएको हुन्छ । यो स्वाभाविक छ किनभने आफ्नो अनुभूति पाठकमा पुगे–नपुगेको प्रत्यक्ष जाँच्न पाउँछ । अरु पाठकहरूले आलोचकलाई बौद्धिक प्रोत्साहन गर्नुको साथै उसको विचार र मूल्याड्ढनलाई वास्तविकताको परिधिभित्र राख्न मद्दत गर्दछन् । साहित्यिक र पाठक मिलेको यो सक्रिय बौद्धिक प्रोत्सहान गर्नुको साथै उसको साहित्यिक र पाठक मिलेको यो सक्रिय बौद्धिकवर्ग व्यावाहारिक दृष्टिबाट समाजमा प्रभावकारी नभइ आलोचना फष्टाउँदैन । उल्लेखनीय छ कि यो वर्ग नेपालमा अझ थोरै छ । स्कुल, कलेजहरुमा र विभिन्न नेपाली साहित्यिक संस्थानहरूमा साहित्यको वैज्ञानिक अनुसन्धान र अध्ययन भर्खरै सुरु भएका छन् । यी अनुसन्धान र अध्ययनले प्रभावकारी प्रवाह वा आन्दोलनको रुप लिन अझ निकै समय छ ।
नेपाली समाजमा अहिले रहेका यी प्रतिकूल तत्वहरूको उल्लेख गर्नाको तात्पर्य आलोचना क्षेत्रमा हात बाँधेर बस्नुबाहेक अर्को विकल्प छैन भनी झल्काउनु होइन । वास्तवमा नेपाली आलोचकहरू हात बाँधेर बसेका पनि छैनन् । नेपाली साहित्यको प्रगतिको साथसाथै यस साहित्यको अध्ययन पनि गहिरिएको छ । यो गहिरिएको अध्ययनको प्रमाणस्वरुप बढ्दो सङ्ख्याको पाठक आलोचनात्मक कृतिहरूको नाम लिन सकिन्छ । अरु विकासोन्मुख देशमा जस्तै नेपालमा अहिले साहित्यिक सिर्जनाको काम स्वतन्त्र पेसा हुन नसक्ने परिस्थितिमा छ भने आलोचना स्वतन्त्र पेसा हुने झन् कम सम्भावना छ । मौलिक साहित्यमा जस्तै आलोचना साहित्यमा पनि अझ बढी लेख्ने प्रवृत्ति र प्रोत्साहन बढाउनुको साथसाथै लेखिएका कृतिहरूको उचित अध्ययन गर्न पाठकहरूको सङ्ख्या बढाउनु पनि उत्तिकै आवश्यक देखिन्छ ।
(‘वर्ष १, अड्ढ १, २०२५ मधुपर्क’ बाट)
स्रोत ः यदुनाथ खनालका समालोचना, नेप्रप्र
Leave a Reply