भर्खरै :

मिगुएलको एसिया भ्रमण

रूस र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको औपचारिक भ्रमणपश्चात क्युवाली राष्ट्रपति मिगुएल डायज कानल जनवादी गणतन्त्र चीन पुग्नुभएको छ । समाजवादी देश क्युवाको राष्ट्रपति बनेयता मिगुएलको यो पहिलो एसिया भ्रमण हो । चीनबाट उहाँ भियतनाम, कम्बोडिया र लाओस जानुहुने कार्यक्रम छ । संरा अमेरिकाको नाकैमुनि रहेर बितेका ६ दसकदेखि समाजवादी झण्डालाई उँचो राख्न लगातार सम्झौताहीन सङ्घर्ष गर्दै आएको क्युवाका राष्ट्रपतिले आफ्नो एसिया भ्रमणको लागि यो क्षेत्रका संरा अमेरिकी साम्राज्यवादविरोधी देशहरू छनोट गर्नुभएको छ । संसारमा संरा अमेरिकी साम्राज्यवादको आतड्ढ दिनानुदिन बढिरहेको समयमा क्युवाली राष्ट्रपतिको यो भ्रमणले साम्राज्यवादविरोधी देशहरूलाई एकताको सन्देश दिन खोजेको छ ।
संरा अमेरिकी साम्राज्यवादको वास्तविक रूपबारे क्युवालाई भन्दा बढी राम्रो जानकारी अरु कसलाई होला र ? साम्राज्यवादले आफ्नो आँगन मानेको क्षेत्रमा बसेर साम्राज्यवादविरुद्ध लडिरहेको क्युवासँग संसारभर साम्राज्यवादले पु¥याइरहेको चोट र उत्पीडनबारे राम्रो जानकारी हुनुपर्छ । साम्राज्यवादसँग लड्न साम्राज्यवादले चोट पु¥याएका देशहरूबीच एकताको विकल्प छैन । आज साम्राज्यवादविरुद्ध युगौंदेखि लड्दै आएको क्युवाका राष्ट्रपति यही सन्देशका साथ एसियाको भ्रमणमा निस्कनुभएको छ ।
क्युवामा क्रान्ति नायक फिडेल र राउल क्यास्ट्रोको नेतृत्वपछि मिगुएल नयाँ पुस्ताका नेताको रुपमा उदाउनुभएको छ । क्युवाली मूल नेतृत्वमा उहाँको उदयलाई परिवर्तित समयमा क्युवाको बदलिंदो अवस्थाको प्रतिबिम्ब पनि मानिएको छ । क्युवाको नयाँ संविधान संशोधनमा स–साना आर्थिक क्षेत्रमा निजी पुँजीलाई ठाउँ दिने प्रस्ताव समावेश छ । विगतमा कृषि क्षेत्रमा मात्र सीमित सहकारीलाई अन्य दैनिक सेवाक्षेत्रमा पनि स्थान दिने नीति क्युवाले अवलम्बन गर्दैछ । यसको निम्ति क्युवा संसारका अन्य समाजवादी देशबाट सिक्न खोजिरहेको छ । चीन, भियतनाम र प्रजग कोरिया क्युवाका लागि आर्थिक विकासको ढाँचा सिक्ने उपयुक्त देशहरू हुन् । मिगुएलको यो भ्रमणको अर्को निहितार्थ क्युवाको आगामी दिशाको लागि अन्य देशबाट सिक्नु देखापर्दछ ।
संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवामाथि संरा अमेरिकी नाकाबन्दीको विषयमा २७ औं पटक मतदान हुँदै गर्दा मिगुएल रुसमा हुनुुहुन्थ्यो । अघिल्ला २६ पटकका मतदानमा जस्तै यो पटक पनि क्युवामाथिको नाकाबन्दीको विरोधमा अत्यधिक मत खस्यो । संरा अमेरिका र इजरायलमात्र नाकाबन्दीको पक्षमा देखिए । संरा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालको उत्तराद्र्धमा क्युवा र संरा अमेरिकाबीचको सम्बन्धमा केही सकारात्मक हरिया बत्ती देखिएका थिए । तर ट्रम्प राष्ट्रपति बनेयता क्युवामाथि संरा अमेरिकाको व्यवहार अझ अनुदार बन्दै गइरहेको छ । क्युवामाथि फेरि पनि कडा प्रकृतिका नाकाबन्दीलाई संरा अमेरिकाले निरन्तरता दिएको छ । संरा अमेरिकी साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्ष तुरुन्तै टु·िने कुनै सड्ढेत छैन ।
क्युवालाई कलिलै निमोठ्ने संरा अमेरिकी साम्राज्यवादका नेताहरूको योजना सफल हुन सकेको छैन । बरू संसारभरका जनताको बलियो ऐक्यबद्धताका आधारमा क्युवाली जनता हर्कुलसजत्तिकै बलियो बन्दै गइरहेको छ । क्युवालाई ध्वस्त बनाउने हरेक शासकका सपना मिथ्या सावित बनिरहेको छ ।
मिगुएलको एसिया भ्रमण साम्राज्यवादविरोधी र समाजवादका पक्षधर देश र जनताको एकताको आवश्यकता र चाहनाको अभिव्यक्ति हो । कामदार जनताको अन्तर्राष्ट्रियवाद आज पनि उत्तिकै आवश्यक रहेको सन्देश नै मिगुएलको सन्देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *