भर्खरै :

कीर्तिपुरमा अक्टोबर क्रान्तिबारे प्रवचन

कीर्तिपुर, १ मंसिर । नेपाल मजदुर किसान पार्टी किर्तिपुर नगर समितिको आयोजनामा १०१ औं महान अक्टोबर क्रान्ति दिवसको अवसर शनिबार पाङ्गामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले कम्युनिष्टविरोधी विचारको खण्डन गर्न र संशोधनवादीहरूलाई नङ््ग्याउन माक्र्सको जन्म दुई शतवार्षिकी र अक्टोबर क्रान्ति दिवस मनाइरहेको स्पष्ट पार्नुभयो ।
माओवादी एमालेको सरकारलाई कम्युनिष्ट सरकार भनी हल्ला भइरहेको चर्चा गर्दै प्रदेश सांसद गोसाईले नेपाली संशोधनवादीहरूबारे नेपाली र विदेशी कामदार जनतालाई बताउन अक्टोबर क्रान्ति दिवसले टेवा पु¥याउँछ भन्नुभयो ।
भारतीय शासकहरूको आडमा कथित जनयुद्ध गर्ने माओवादी अराजकतावादीहरूको त्यतिबेला नै सैद्धान्तिक खण्डन गरेको उल्लेख गर्दै प्रदेश सांसद गोसाईले नेपाली जनताको भरमा क्रान्ति गर्ने नेमकिपाको अडानप्रति कम्युनिष्ट पार्टीबारे बुझ्नेहरू नतमस्तक भएको बताउनुभयो ।
नेमकिपा काठमाडांै जिल्ला अध्यक्ष नारायण महर्जनले कार्यकर्ताहरू सैद्धान्तिकरूपले सचेत हुनुपर्ने र परिवर्तनको लागि आफै जाग्नुपर्छ भन्नुभयो । नेमकिपाको सङ्घर्षबाट आतिएका शासकहरू कार्यकर्ताहरूलाई निरूत्साहित पार्न झूठा प्रचार गरिरहेको चर्चा गर्दै अध्यक्ष महर्जनले समाजवादी व्यवस्था स्थापना सुनिश्चित छ भन्नुभयो ।
नेमकिपा काठमाडांै जिल्ला सचिव राजवीर डंगोलले नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरेको चर्चा गर्दै संसदीय गतिविधिबारे जनतालाई प्रस्ट पार्न काठमाडौंमा जनतासँग सांसद कार्यक्रम गर्दै आएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले अक्टोबर क्रान्तिले कामदार जनताले पनि राज्यसत्ता कब्जा गर्नसक्छ भनी देखाएको बताउनुभयो ।
विश्वअमर महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा हरिकुमार महर्जनले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *