भर्खरै :

भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला नियुक्त

भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला नियुक्त

भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम बालकृष्ण बनमालालाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन गर्नुभयो ।
नेपाल स्काउटको आयुक्तको रूपमा मनोनयन भएका बनमालालाई प्रमुख प्रजापतिले भनपा सभाकक्षमा मनोनयन पत्र हस्तान्तरण बिहीबार गर्नुभएको हो । सो अवसरमा राष्ट्रिय प्रशिक्षकहरू रामगोपाल कर्माचार्य र भक्त राजभण्डारी तथा राष्ट्रिय परिषद् सदस्य एवं पूर्वस्थानीय आयुक्त कृष्णसुन्दर प्रजापतिको उपस्थिति थियो ।
गत माघ २६ गते सम्पन्न निर्वाचनबाट स्थानीय स्काउट परिषदमा विजयी हुनुभएका पदाधिकारीहरूलाई भनपा सभाकक्षमा माघ २९ गते नै ११ जना निर्वाचित सदस्यहरूलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरिएको थियो । स्काउट नियमावलीमा निर्वाचित भएको सात दिनभित्र संरक्षकले स्थानीय आयुक्त मनोनयन गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *