भर्खरै :

श्रीलङ्काली राष्ट्रपतिद्वारा वार्ता आह्वान

कोलम्बो, २ मंसिर (एएफपी) । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेतालाई वार्ताका लागि आमन्त्रण गर्नुभएको छ । गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलङ्कामा राजनीतिक तनाव चुलिएको छ ।
राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्त अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गर्नुभएको थियो । साथै, पुनस्र्थापित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ । रनिल विक्रमासिङ्घेले आपूm अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गरिआउनुभएको छ ।
“राष्ट्रपति सिरिसेनाले संसद्मा रहेका दलका प्रतिनिधिसँग आइतबार बैठक डाक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जनाएको छ । “राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाउनुभएको हो । उहाँले संसद्को कार्यवाहीलाई नियमित गर्न चाहनु भएको छ ।”
राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिङ्घेले आफ्नो सरकार पुनःस्थापित हुनुपर्ने माग गर्नुभएको थियो तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
विक्रमासिङ्घेले श्रीलङ्कामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक सङ्कट निम्त्याउने गरी शक्ति सङ्घर्ष भएपनि आपूm राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।
राष्ट्रपतिले विक्रमासिङ्घेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद्समेत विघटन गर्नुभएको थियो तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद् पुनस्र्थापना गरेको थियो ।
उन्नाइस दिनदेखि श्रीलंकाको प्रधानमन्त्रीमा दुई नेताले दाबी गरिरहेका थिए, तर बिहीबार संसद्का सभामुख कारु जयसुरियाले कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा मान्यता दिन असफल हुनुभएको छ । उक्त कदमसँगै आधिकारिकरुपमा श्रीलङ्कामा सरकार छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *