तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, मंसिर ३ । “रुसमा मेन्शेविकहरू पुँजीवादी सरकारमा गएर राज्यकोष लुटपाट गरेजस्तै नेपालमा आफूलाई कम्युनिष्ट दाबी गर्न एमाले र माओवादी नेकपाको नाममा पुँजीवादी सरकारमा गएर राज्यको ढुकुटी दुरुपयोग गर्दै पञ्चायत र नेकाको पदचिह्नमा हिंडिरहेका छन् ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बाल विकास सेकेण्डरी स्कूलमा आयोजित १०१ औं अक्टोबर समाजवादी क्रान्ति दिवस कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
उहाँले लेनिन नेतृत्वको बोल्सेविक पार्टी पुँजीवादी सरकारको भागबण्डामा नलागेको र निर्वाचनको क्रान्तिकारी उपयोगमात्र गरेको चर्चा गर्नुहुँदै अक्टोबर समाजवादी क्रान्ति यसकारण सम्भव भएको बताउनुभयो ।
माओवादीका अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष ओलीलाई भारतीय दलाल बताएको र ओलीले कायरहरूमात्र माओवादीसँग एकता गर्ने बताएको उल्लेख गर्नुहँुदै सांसद सुवालले ती दुवैलाई अध्यक्ष बनाएर गठन भएको नेकपा झूटा सावित भएको चर्चा गर्नुभयो ।
सांसद सुवालले एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले एमाले युरोपको सामाजिक प्रजातान्त्रिक पार्टीजस्तै पुँजीवादी नै भएको र चुनावमा मत प्राप्त गर्नमात्र पार्टीको नाउँमा व्यापारिक वस्तुको विज्ञापन ट्रेडमार्कजस्तै ‘कम्युनिष्ट’ राखेको बताएको उल्लेख गर्नुभयो । निर्वाचनमा पैसा र सामान बाँड्ने र झूटा आश्वासन दिने पार्टीहरूको नाम कम्युनिष्ट हँुदैमा र दुईतिहाइ बहुमत प्राप्त गर्दैमा देश र जनताको हित नहुने उल्लेख गर्नुहुँदै उहाँले नेमकिपा पुँजीवादी सरकारको भागबण्डमा नजाने र निर्वाचनको क्रान्तिकारी उपयोग गरी लेलिनवादी बाटोमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा प्राध्यापक समाज नेपालका सह–सचिव ई. सुजन माकले साम्राज्यवादी र पँुजीवादीहरूले समाजवादी व्यवस्थालाई बद्नाम गर्न सर्वहारा वर्गका नेता स्टालिनको दुष्प्रचार गरेको बताउनुभयो । कार्यक्रममा सीता प्रजापति, सूर्यबहादुर पञ्च र शङ्कर आचार्यले पनि अक्टोबर क्रान्तिको महत्वबारे बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टी कालीकोटको आयोजनामा १०१ औं महान अक्टोवर समाजवादी क्रान्ति दिवस शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला समिति कालीकोटका अध्यक्ष नवराज कोइरालाले भन्नुभयो, “सन् १९१७ मा लेनिनको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिले करोडौं रुसी जनतालाई जारको जहानियाँ शासन तथा फ्रान्स, जर्मनी र ब्रिटेनको साम्राज्यवादी शासनबाट मुक्ति दिलाएको थियो । आज सय वर्षपछि पनि अक्टोबर समाजवादी क्रान्तिको संसारका कामदार जनताको लागि उत्तिकै महत्वपूर्ण छ । मानिसबाट मानिसको शोषण हुने प्रथालाई जरैदेखि उखेलेको थियो ।”
उहाँले भन्नुभयो, “जसरी खुश्चेभ हावी भएर सोभियत सङ्घ विघटन गराइयो त्यसरी नै नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन पश्चिमा साम्राज्यवादी शक्ति लागिपरेकोे छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका सदस्य जयबहादुर शाहीले अक्टोबर क्रान्ति तत्कालीन रुसका किसान, सैनिक र श्रमिकहरूको बलमा त्यहाँका जनता वर्गसङ्घर्षको लामो प्रक्रियाबाट गुज्रेर सफलतामा पुगेको बताउनुभयो । जिल्ला समिति कालीकोटका सचिव खड्गराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपा कालीकोटका सदस्यहरू दलसुर बोहोरा, पुन्नकला शाही, रत्न रावत, शिक्षक सर्पराज शाहीलगायतले बोल्नुभएको थियो ।
अक्टोवर क्रान्ति दिवसको अवसरमा प्रवचन
राजनैतिक व्यवस्था परिवर्तनसँगै जनताको अवस्थामा पनि परिवर्तन आउँछ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले राख्नुभएको हो ।
अक्टोवर क्रान्ति दिवसको अवसरमा गणेश माविद्वारा आयोजित प्रवचन कार्यक्रममा उहाँले पँुजीवादी व्यवस्थामा पँुजीपति वर्गको मात्रै संरक्षण हुने बताउँदै उत्पादनका साधनहरू राष्ट्रियकरण हुने समाजवादी व्यवस्थामा मात्रै समग्र समाजको प्रगति हुने बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्था स्थापनापश्चात् सोभियत सङ्घमा निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्थामार्फत राज्यको लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्दै विकास निर्माणलाई तीव्रगतिमा अगाडि बढाएको चर्चा गर्दै पँुजीवादी देशहरूले दुई तीन सय वर्षमा गरेको विकास सोभियत सङ्घले बीस तीस वर्षभित्रै गरेको बताउनुभयो ।
उहाँले तत्कालीन समयमा सोभियत सङ्घले विज्ञान र प्रविधिमा गरेको प्रगति, अन्तरिक्ष यान प्रक्षेपण, औद्योगीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा निःशुल्क व्यवस्था, बाल उद्यान तथा वद्धाश्रमको व्यवस्थालगायतका उपलब्धिहरूले समाजवादी व्यवस्थाको आवश्यकताबोध गराएको बताउनुभयो ।
उहाँले राजनीतिक उदारीकरण र आर्थिक पुनःसंरचनाको नीतिमार्फत गोर्वाचोभले समाजवादी व्यवस्थालाई पतन गराएपश्चात् त्यहाँका जनताले दुःख पाएका, वैज्ञानिकहरू विदेशिन बाध्य भएका, मृत्युदर उच्च भएको, खानाको लागि लाइन बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, गणेश माविका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक रत्नप्रसाद फैजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply