भर्खरै :

स्याङ्जाबाट रु ४७ करोडको सुन्तला बिक्री हुने

वालिङ, १२ पुस  ः यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुने र सोको बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ स्याङ्जामा भित्रिने अनुमान छ ।
यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये दुई हजार ९२५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७०३ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात हुने बागबानी विकास अधिकृत सुवेदीको भनाइ छ । गत वर्ष स्याङ्जामा एक हजार २५० हेक्टर क्षेत्रफलमा १३ हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसको बिक्रीबाट झण्डै रु ३६ करोड जिल्लामा भित्रिएको थियो ।
जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । यहाँका सुन्तला बुटवल, पोखरा र काठमाडाँैलगायतका बजारमा पुग्ने गरेका छन् ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *