खानदानी वर्गविरुद्ध खानदानीहरूको विद्रोह
- बैशाख १४, २०८१
काठमाडौँ, २६ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार, कमिसन र महँगी अन्त्य हुनेगरी कर्मचारी समायोजन गर्नुपर्ने, एक तह बढुवा र ग्रेड वृद्धिको लागि गर्न नहुने उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठमा कर्मचारी समयोजन विधेयकमाथि विरोधको सूचना पेश गर्दै सांसद सुवालले वाइडबडी जहाज खरिददेखि एनसेलको शेयर बिक्रीको पुँजीगत लाभ करसम्म अर्बौँ भ्रष्टाचारमा कर्मचारीको मिलेमतो के–कति भयो छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको बारे जिज्ञासा राख्दै उहाँले समायोजन विधेयक हतारमा पारित गरिए पनि अध्यादेशमा जस्तै विरोध यथावत हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले प्रदेश र स्थानीय तहमा तत्तत् स्थानका नागरिकमात्र कर्मचारीमा नियुक्ति हुन पाउने र पुराना कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply