तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टीको ३० औँ केन्द्रीय परिषद् शुक्रबारबाट भक्तपुरमा सुरु भयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पार्टीको सिद्धान्त, विधान, झण्डालगायत विषयमा महाविधेशनमा विस्तृत छलफल हुने उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो व्यक्तिगत हित र घरभन्दा पार्टीलाई माया गर्ने कार्यकर्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै जसरी भए पनि सम्पत्ति कुम्ल्याउने र पदमा पुग्ने पुँजीवादी संस्कारलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले युवाहरुमा पद र पैसाको लोभ पलाउनु राम्रो नभएको, ज्यान छोड्ने तर जागीर नछोड्ने प्रवृत्ति गलत भएको औँल्याउनुभयो ।
मानिसको व्यक्तित्व विकासमा परिवारको प्रभाव पर्ने शतप्रतिशत सत्य नभएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले दस–बा¥ह कक्षामै स्नातक र स्नातकोत्तरको पुस्तक अध्ययन गर्नेहरु पनि भएको प्रसङ्ग राख्नुभयो ।
माक्र्सको परिवार सुसंस्कृत भएको तर लेनिनको त्यस्तो नभएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले मजदुर वर्गको निम्ति माक्र्सले जागीरभन्दा पनि देश छोडेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “विद्यालय र कलेज भर्नामा प्रवेश परीक्षा दिनुपर्छ भने पार्टीमा सदस्य बनाउँदा सिद्धान्त नबताएर कसरी हुन्छ ?”
पुँजीवादी पार्टीमा चुनाव नै मुख्य हुने र जित्नको लागि पैसा र सामान बाँड्ने उल्लेख गर्दै उहाँले क्रान्तिकारी पार्टीको लागि आन्दोलन कति भए, कति जेलमा परे आदि नापो हुने बताउनुभयो ।
पार्टीको प्रकाशन भयो कि भएन, कार्यकर्ताबीच प्रकाशन अध्ययन र अन्तरक्रिया कति भयो आदिलाई आधार मानेर जिल्ला पार्टीले सङ्गठन अगाडि बढाउनु आवश्यक छ, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
उहाँले अधिवेशन अगाडि नै यस्तो सूक्ष्म अध्ययन जिल्ला पार्टी समितिले गर्नुपर्ने र महाधिवेशनको तयारी यसरी नै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
परिषद्मा पार्टीका सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव मस्यौदा पेश गर्नुभयो ।
केन्द्रीय समितिका सदस्य, जिल्ला समिति र जनवर्गीय सङ्गठन तथा पेशागत समाजको प्रतिवेदन पनि परिषद्मा पेश गर्न सुरु भयो ।
परिषद् माघ २६ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरियो ।
Leave a Reply