भर्खरै :

ओली सरकार विदेशीको इसारामा

भक्तपुर, ३ चैत । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को आतिथ्यमा ‘मजदुर–किसान’ वर्ष ८ अङ्क २, पूर्णाङ्क २२ बारे अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेमकिपा वडा नं. २ समन्वय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्ष रोहितले नेकपाको ओली सरकार विदेशीको इसारामा चलिरहेको हुँदा यो सरकारले कामदार जनताको पक्षमा काम नगर्ने स्पष्ट पार्नुभयो ।
ओली सरकार पुँजीपतिहरूको सञ्चालक समितिजस्तै भएको उल्लेख गर्दै अध्यक्ष रोहितले कम्युनिष्ट आचरणविपरीत नेकपाले निजीकरणलाई प्राथमिकता दिएको, वैदेशिक रोजगारको नाममा नेपाली युवाहरूलाई विदेशमा दासजस्तै काम गर्न बाध्य पारेको र गोर्खा भर्तीकेन्द्रको विरोध गर्न नसकेको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “चीन र संरा अमेरिकाको व्यापार युद्ध राजनैतिक युद्धमा परिणत हुनसक्ने सम्भावना छ ।”
नयाँ पुस्तालाई राजनीतिकरूपले सचेत पार्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नयाँ पुस्ता नयाँ युगको ऊर्जा हुनुपर्छ । पुँजीवादी बन्दोबस्तको कमजोरी औल्याउँदै जनतालाई समाजवादी व्यवस्थाबारे सुसूचित गर्न नयाँ पुस्ता लाग्नुपर्छ ।”
नेमकिपा भनसका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले पार्टी प्रकाशनहरूबारे नियमितरूपमा अन्तरक्रिया गर्नु आवश्यक भएको औँल्याउँदै नयाँ नयाँ ज्ञान–गुणका कुरा तथा सैद्धान्तिक ज्ञान हासिल गर्नको लागि अन्तरक्रिया कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो ।
शिक्षासेवी एवम् बासु माविका पूर्वप्राचार्य बालमुकुन्द बासुकलाले नेमकिपा भ्रष्टाचारविरोधी पार्टी भएको चर्चा गर्दै कार्यकर्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार भइराख्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा विनोदचरण राय, दामोदर सुवाल, विश्वमोहन जोशी, ई. सुजन माक, विष्णुभक्त राजचल, गणेशप्रसाद सुवाल, सुरेन्द्र सुवाल, श्यामसुन्दर मातां, लक्ष्मीनारायण सुवाल र तुल्सीलक्ष्मी बाटीलगायतले पत्रिकाबारे आ–आफ्नो बुझाइ राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *