सम्पादकीय

  • सरकारको कच्चा निर्णय

    सरकारको अपरिपक्व कार्यशैलीको कारण महिनौँ लामो लकडाउनपछि पनि नेपालमा कोरोना भाइरसका बिरामीको सङ्क्रमण क्रमशः बढिरहेको छ । सरकारले भाइरस रोकथाम र नियन्त्रणको लागि गरेका निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । चैत ११ गते लकडाउन घोषणा गर्दा सरकारले नागरिकलाई आफू जहाँ रहेको हो, त्यहीँ बस्न आह्वान गरेको थियो । तर, लगत्तै दैनिक आवश्यकताको जोहो गर्न नसक्ने भएपछि काठमाडौँ, […]

  • दिल्लीस्थित दूतावास के गर्दै ?

    नेपालको लिपुलेकमा भारतले सडक बनाएको घटनाक्रमयता भारतस्थित नेपालको राजदूतावास र राजदूतको भूमिकामाथि प्रश्न उठेको छ । कुनै पनि देशमा नेपालले राजदूतावास खोल्नु र राजदूत नियुक्ति गर्नुको उद्देश्य त्यो देशमा नेपालको हित खोज्नु र कुनै किसिमको हानि नोक्सानी हुने अवस्थामा त्यसबाट आफ्नो देशलाई जोगाउनु हो । छिमेकी देश हुनुको कारण भारतसँग नेपालका आपसी हित र स्वार्थ बाझिरहेको हुन्छ । […]

  • online majdoor logo

    पूर्वजानकारी हुँदा पनि सरकार किन मौन ?

                आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले उत्तराखण्डको पिथौरागढबाट नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो बनाउँदै गरेको विषयमा नेपाल सरकारलाई पूर्वजानकारी भएको स्वीकारे । दुई दिनअघिसम्म मन्त्री ज्ञवालीले आफूलाई सो विषयमा पूर्वजानकारी नभएजस्तो अभिव्यक्ति दिएका थिए । अन्नपूर्ण पोस्ट दैनिकलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, “हामीले यो विषयमा सामाजिक सञ्जाल हेरेर जानकारी पाएका […]

  • online majdoor logo

    भारतीय विस्तारवादको निर्लज्ज हस्तक्षेप र ‘इतिहासकै कमजोर’ सरकार

                ‘धमिलो पानीमा माछा मार्ने’ भारतीय विस्तारवादको पुरानो बानी हो । नेपाल कुनै अस्थिरतामा फस्दा भारतीय शासक वर्गले सधैं आफ्नो स्वार्थसिद्ध गर्न खोजिरहेको हुन्छ । नेपाली जनता मात्र होइन, कोभिड–१९ को प्रतिरोधमा आज सिङ्गो संसार तन्मयका साथ लडिरहेको परिस्थितिमा भारतले नेपाली भूमिमा सडक निर्माण गरी उद्‍घाटन गरेको छ । नेपालको लिपुलेक क्षेत्रमा भारतले […]

  • शिक्षणपद्धतिको सान्दर्भिक कलेवर

                लकडाउनको कारण देशभरका शैक्षिक संस्थाहरूको पठनपाठन हुनसकेको छैन । लकडाउन खोलेर पनि शैक्षिक संस्थाहरूको नियमित सञ्‍चालन अझै पछि धकेलिने देखिएको छ । सरकारले सबै तहका शैक्षिक परीक्षा पनि अनिश्चितकालसम्मको लागि स्थगित गरेको छ । यहीबीच परीक्षाका वैकल्पिक उपायबारे छलफल चलिरहेको छ । तीन घन्टा परीक्षा हलभित्रै लेखेकै आधारमा मूल्याङ्कन गर्ने पद्धति नै अवैज्ञानिक भएकोले यही मौकामा त्यो प्रणाली […]

  • बुद्ध जयन्ती र बुद्धबारे विचार

                पूर्वीय दर्शनका अग्रणी दार्शनिक व्यक्तित्व गौतम बुद्धको आज जन्म दिन । मानव समाजलाई सभ्यताको बाटोमा डोर्‍याउने इतिहासका हरेक व्यक्तिका विचार र योगदानको अध्ययनले हाम्रो भविष्यको बाटो अझ सहज र उज्यालो बनाउनेछ । गौतम बुद्ध त्यस्तै एक जना दार्शनिक हुन् । बुद्ध र बुद्धका विचारलाई उनी बाँचेको समयको सापेक्षमा अध्ययन गरिनुपर्छ । बुद्धलाई अलौकिकतामा होइन, […]

  • सरकार ! के यही हो लकडाउन ?

                सरकारका कमी–कमजोरीले चालीस दिनभन्दा लामो समयदेखि नेपाली जनताले सहँदै आएको लकडाउनको परिणाम उल्टो हुने अवस्था बन्दै छ । कोभिड–१९ को महामारी रोकथाम गर्न सरकारले सुरुमा सबै नागरिकलाई ‘जहाँ छौ, त्यहीँ बस’, ‘समस्या परे सरकारले समाधान गर्छ’ भनेको थियो । तर, आफ्ना दैनिक आवश्यकता पूरा गर्न सरकारको भर पर्न नसकिने भएपछि लाखौँको सङ्ख्यामा मानिस काठमाडौँ […]

  • मार्क्स दिवसको शुभकामना !

    विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको आज २०२ आौँ  मार्क्स जन्मदिन । मार्क्सको जन्म दिनको स्मरण गर्नु व्यक्ति पूजा होइन, बरु उनले संसारका श्रमिक जनताको पक्षमा दिएका विचार र योगदानको स्मरण हो । माक्र्स दिवसलाई उत्सवको रूपमा मनाउनु माक्र्सको विचार आजको युग र समाजको निम्ति उपयोगी र सान्दर्भिक मान्नु हो । एकातिर एक जना […]