अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
(तर इरानले शनिबार इजिप्टविरुद्धको तेस्रो समूह चरणको खेल लगत्तै अमेरिका छोड्नुपर्नेछ ।)
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजिप्ट विरुद्धको विश्वकपको अन्तिम समूह चरणको खेल हुनुभन्दा दुई दिनअघि मात्र इरानी फूटबल टोली (टीम मेली) लाई देशमा आउन अनुमति दिएको छ । यसले गर्दा इरानी टोलीको अमेरिका बसाइँ एक दिन थप भएको छ ।
खेलपछि भने टीमलाई रातभरभन्दा बढी अमेरिकामा बस्न अनुमति दिइने छैन । गृह सुरक्षा विभाग (DHS) ले मङ्गलबार पुष्टि ग¥यो ।
“जून २६ मा सियाटल (वासिङटन राज्य) मा हुने इरानी टोलीको तेस्रो खेलको लागि दुई दिनअघि अमेरिका आउन अनुमति दिइएको छ” । विभागका प्रवक्ताले अल जजीरालाई भने ।
विभागले यो निर्णय गर्नुका कारणहरू भने स्पष्ट पारेन । तर, यो निर्णय युद्धविराम सम्झौता र कूटनीतिक वार्ताको बिचमा तेहरान र वासिङटनबिचको तनाव कम हुँदै गएको अवस्थामा मेल खाएको देखिन्छ ।
“इरानी टोलीले खेल समाप्त हुने दिन भने अमेरिका छोड्नुपर्नेछ । समग्र सुरक्षा उपाय र प्रोटोकल उस्तै छन्” गृह सुरक्षा विभागका प्रवक्ताले भने ।
“हामी खेलाडी, कर्मचारी र प्रशंसक सबैका लागि सम्भव भएसम्म सुरक्षित प्रतियोगिता प्रदान गर्न प्रतिबद्ध छौँ” उनले थपे ।
इरानी खेलाडी र खेलकुद अधिकारीहरूले अमेरिकी आयोजकले टीमलाई गरेको व्यवहारको निन्दा गरेका छन् । इरानी टोलीले अमेरिकाको पश्चिम तट (West Coast) मा समूह चरणका तीनवटै खेल खेल्न परे पनि आफ्नो आधार शिविर भने मेक्सिकोमा स्थापना गर्नुपरेको थियो ।
अमेरिकी अधिकारीहरूले इरानी टोलीमाथिको प्रतिबन्ध सुरक्षासँग सम्बन्धित रहेको सुझाव दिएका छन् । तर, अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध खेलाडीहरूको अमेरिका बसाइँले कसैको लागि कसरी खतरा निम्त्याउन सक्छ भन्ने विवरण सार्वजनिक भने गर्न सकेन ।
गतहप्ता, इरानी प्रशिक्षक अमिर घलेनोईले आफ्नो टोलीलाई ‘सम्पूर्ण विश्वकपमा सबैभन्दा उत्पीडित टोली’ भनेर वर्णन गरे ।
खेलको अघिल्लो दिन यात्रा गरेको कारण इरानी टोलीले प्रशिक्षण सत्रहरू गुमाउनु परेको छ । खेल सकिएलगत्तै अमेरिका छोड्नुपर्ने आदेशले उनीहरूको खेलपछिको रिकभरी कार्यक्रम (Post-match recovery programme) लाई पनि असर गरेको छ, घलेनोईले सुझाव दिए ।
गत हप्ता लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध इरानको उद्घाटन खेलअघि, घलेनोईले भनेका थिए कि अमेरिकी यात्रा निर्देशिकाले टीमको लागि चुनौती सिर्जना गरिरहेको छ ।
“यस प्रकारको व्यवहारले फूटबलको भावनामा नकारात्मक असर पार्नेछ । हामी जिते पनि, हारे पनि, यो एक कठिन अनुभूति हो ।” घलेनोईले पत्रकारहरूलाई भने ।
धेरै प्रशंसक र अधिकारकर्मीहरूले इरानी टोलीप्रति अमेरिकाको व्यवहार र विश्वकप वरिपरि ट्रम्प प्रशासनको बृहत् यात्रा नीतिहरूको पनि आलोचना गरेका छन् ।
प्रतियोगिताअघि पनि अमेरिकाले प्रतियोगितामा भाग लिन तय भएका पुरस्कार–विजेता सोमाली रेफ्री ओमार आर्टनलाई प्रवेश गर्न अस्वीकार गरेको थियोे ।
इजिप्टसँगको खेलमा इरान दुई खेलबाट दुई अङ्कसहित मैदान उत्रिनेछ । जितले इरानलाई अन्तिम ३२ मा स्थान सुनिश्चित गर्नेछ । तर, अन्य समूहका खेल नतिजाहरूमा निर्भर हँुदै बराबरीले पनि पर्याप्त हुन सक्ने सम्भावना छ ।
इजिप्टको चार अङ्क छ र यदि उसले जित्यो भने समूहको शीर्ष स्थानमा रहने ग्यारेन्टी गर्नेछ । इजिप्टले बराबरी खेलेर पनि नकआउट चरणमा छनोट हुन सक्नेछ । साथै हारे पनि सम्भवतः यो चरण पार गर्नेछन् तर त्यो भने अन्य टीमका नतिजाहरूले निर्धारण गर्नेछ ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली (२४ वटा टीम) अर्को चरण (अन्तिम ३२) मा छनोट हुनेछन् । साथसाथै तेस्रो स्थान हासिल गर्ने १२ मध्ये; थप ८ उत्कृष्ट टोली भने प्वाइन्ट, गोल अन्तर, निष्पक्ष खेल (Fairplay) र फिफा वरियताका आधारमा छनोट हुनेछन् ।
अलजजीरा
Leave a Reply