भर्खरै :

कीर्तिपुर नपाको नवौँ नगर सभामा १ अर्ब ५० करोडको बजेट पेस

कीर्तिपुर नपाको नवौँ नगर सभामा १ अर्ब ५० करोडको बजेट पेस

कीर्तिपुर, ११ असार । कीर्तिपुर नगरपालिकाको नवौँ नगर सभा बुधबार पाँगा पार्टी भेन्युमा सुरु भयो ।
नगर सभाको उद्घाटन वाग्मती प्रदेश सभाका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो । प्रमुख अतिथि बानियाँले कीर्तिपुर ऐतिहासिक, धार्मिक, सांस्कृतिक सहर एवं राष्ट्रिय सहरबारे चित्रण गर्नुभयो । उहाँले कीर्तिपुर सामाजिक एकतामा रहेको बताउँदै कीर्तिपुरको विकासमा प्रदेश सरकार सधँै साथ रहने बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले कीर्तिपुर नगरको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुको साथै आ .व.को लागि १ अर्ब ५० करोड २ लाख ५५ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । बजेटमा चालुतर्फ ५५ करोड ४२ लाख र पुँजीगततर्फ ९६ करोड ७० लाख रहेको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको सभापतित्वमा भएको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नपाका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष दिवाकर अधिकारी, जनस्वास्थ अधिकृत अमृतजन बस्नेतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *