सम्पादकीय

  • घिनलाग्दो पुँजीवादको टिठलाग्दो राजनीति

                विश्व पुँजीवादको केन्द्र संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधिले हिजो–आज पुँजीवादविरोधीलाई मात्र होइन, पुँजीवादका पक्षपातीहरूलाई समेत रूनु न हाँस्नु बनाइदिएको छ । मानव जातिमाथि नै ठूलो चुनौती बनेको कोभिड–१९ को कारण दैनिक हजारौँ नागरिकको निधन भइरहँदा पनि संरा अमेरिकी शासकहरू अझै सावधानीको उपाय कार्यान्वयनमा उदासीन छन् । बरू वैज्ञानिकहरूसमेत आजित हुने गरी ट्रम्प आफैँ संसारलाई […]

  • त्रिविमा अनलाइन कक्षा

                त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्‍चालन गर्ने घोषणा गरेको छ । कोभिड–१९ महामारीको कारण पठनपाठन अझ केही समय ठप्प हुने भएपछि विश्वविद्यालयले अनलाइन कक्षा सञ्‍चालनको तयारी गरेको हो । यसअघि त्रिविअन्तर्गत केही विभागले अनलाइन कक्षाको प्रयोग थालिसकेको छ । महामारी नकारात्मक कुरा हो । तथापि नकारात्मक घटनाक्रमबाट पनि मानिसले धेरै सकारात्मक कुरा सिकिरहेको हुन्छ । विपद्‍मा कक्षा सञ्‍चालनको अवस्था नभएपछि […]

  • लेनिनको सम्झना

    विश्व सर्वहारा वर्गका गुरु एवम् अक्टोबर समाजवादी क्रान्तिका नेता भ्लादिमिर इलिच लेनिनको १५० औँ जन्म दिवसमा आज संसारभरका कामदार जनताले लेनिनको सम्झना गर्नेछन् । त्यसो त संसार आज कोभिड–१९ को महाव्याधिविरुद्ध लडिरहेको समयमा विगतमा जस्तो ठूलो उत्सव, प्रदर्शन, सभा र हडताल गरेर लेनिनको सम्झना यो वर्ष गरिनेछैन । तथापि पुँजीवादी व्यवस्थाको विषमताकै परिणामस्वरुप आज संसारले भोगिरहेको विपद्बीच […]

  • प्रधानमन्त्रीको ‘मेरै गोरूको बार्‍है टक्‍का’

                सरकारका मन्त्रीहरू र नेकपाका कार्यकर्ताले जनताको आलोचना ठेग्न नसक्ने भएपछि अन्ततः स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री स्वयम् सरकारको प्रतिरक्षाको लागि मैदानमा आउनुपरेको छ । आइतबार प्रधानमन्त्रीले विभिन्न सञ्‍चारमाध्यमलाई दिएको अन्तर्वार्ताले त्यही छनक दिन्छ । अन्तर्वार्तामा प्रधानमन्त्रीले सरकारको आलोचनालाई गम्भीरतापूर्वक मनन गरी कमजोरी स्वीकार्नुभन्दा ‘मेरै गोरूको बार्‍है टक्का’ गरिरहेको देखिन्थ्यो । अन्तर्वार्तामा प्रधानमन्त्रीले लकडाउन लम्बिंदै गएसँगै हजारौँ मानिस सहर छोडेर […]

  • कोभिड–१९ को नाममा साम्प्रदायिकता नभड्काऔँ

      कोभिड–१९ महामारीको आपत्कालमा छिमेकी देश भारतमा मुसलमान समुदायमाथिको हिन्दू अतिवादी दमन अझ तीव्र बनेको छ । मार्च महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित तबलिगी जमातको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी बनेका केही व्यक्तिमा कोभिड–१९ को सङ्‍क्रमण पुष्टि भएसँगै भारतमा मुसलमानविरूद्ध साम्प्रदायिक विभेद अझ फैलिएको छ । त्यही बहानामा सबै मुसलमानमाथि दमन, हिंसा, कुटपिट र विभेदको निशाना बनाइएको छ । […]

  • ‘मूर्ख’ ट्रम्पको उल्टो बुद्धि

                संरा अमेरिकाका विभिन्‍न राज्यमा स्थानीय समयअनुसार शुक्रबार मानिसहरूले लकडाउन घोषणा नगर्न मागसहित प्रदर्शन गरे । केही राज्यमा भएका प्रदर्शनमा मानिसहरू हातहतियारसहित निस्केका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषतः बिहीबार कोभिड–१९ को कारण ठप्प रहेको अर्थतन्त्र खोल्ने अवस्था तयार भएको र अर्थतन्त्र खोल्ने–नखोल्ने निर्णय राज्यका गभर्नरहरूको हातमा रहेको भनी ट्‍वीट गरेका थिए । राष्ट्रपतिको सो ट्‍वीटसँगै मानिसहरू आ–आफ्नो […]

  • राजमार्गमा हिँडिरहेका भोका नागरिकहरू

                सरकारले कोभिड–१९ को सङ्‍क्रमण रोकथाम र नियन्त्रणको लागि लकडाउन गरेको आज झन्डै एक महिना हुँदै छ । लकडाउनको अवधि सरकारले पछिल्लोपटक घोषणा गरेको सीमा वैशाख १५ सम्ममात्र रहने हो वा अझ थपिने हो कुनै टुङ्गो छैन । लकडाउनको अवधि लम्बिएसँगै विशेषतः काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख सहरमा मजदुरी गर्दै आएका श्रमिक जनताको गोजी रित्तिएपछि उनीहरू […]

  • के हुन्थ्यो यदि

    मजदुर सम्पादकीय             के हुन्थ्यो होला यदि संसारका शक्ति राष्ट्रहरूले सैनिक पूर्वाधारमा भन्दा स्वास्थ्य पूर्वाधारमा लगानी बढाएको भए ? संसारकै अब्बल सैनिक प्रविधि र शक्ति भएका देशका जनताले आज भ्यान्टिलेटरको अभावमा ज्यान गुमाउनुपर्थेन । के हुन्थ्यो होला यदि आर्थिक रुपमा टाट पल्टिन लागेका भनी ठूलठूला व्यापारिक निगमलाई सरकारी पैसा दिनुको सट्टा त्यो पैसाले जनजीवनमा […]