भर्खरै :

‘साम्यवाद’ बारेको छलफल चालु राखौँ !

‘साम्यवाद’ बारेको छलफल चालु राखौँ !

नेपालमा केही मानिसहरू ‘साम्यवाद’ वा कार्ल माक्र्सलाई मान्छन् र ‘साम्यवाद’ शब्द नै नकारात्मक हुन्छ र मजदुर, किसान तथा कम्युनिस्ट कार्यकर्ताले हिजोअस्तिमात्रै झगडा गर्न बनाएको शब्दको रुपमा लिन्छन् । यसकारण, केही शासनमा बसेका नेताहरू ‘कम्युनिस्ट’ वा ‘साम्यवादी’ शब्द सुन्दैमा पनि घृणाले आफ्नो मुख बिगार्छन् ।
‘साम्यवाद’ (कम्युनिज्म) शब्दलाई ग्रीसेली राजनैतिक वैज्ञानिक प्लेटोले पहिलोपटक चचार्मा ल्याएका थिए । प्लेटोको जन्म ईसापूर्व ४२७ मा भएको थियो । उनले क्राइष्टभन्दा ४ सय वर्ष पहिले ‘गणतन्त्र’ (रिपब्लिक) लेखेका थिए । उनलाई त्यसबेला ग्रीसेलीहरू प्रकाण्ड विद्वान सम्झिन्थे । उनी नैतिकता र ऐननियममा जोड दिन्थे । ग्रीसको तत्कालीन प्रजातन्त्रबाट उनी पीडित थिए । त्यसकारण, उनी दार्शनिक राजाको पक्षमा थिए । उनका गुरु सोक्रेटस
(सुकरात) लाई त्यहाँको प्रजातन्त्रमा युवाहरूलाई गलत शिक्षा दिएको आरोपमा विष खुवाएर मार्ने ज्यान सजाय दिएको थियो । प्लेटोले वार्तालापको शैलीमा लेखेको ‘रिपब्लिक’ (गणतन्त्र) आजको अर्थमा नभई त्यसबेला ‘संविधान’, ‘राज्य’ र ‘समाज’ को अर्थमा लिइन्थ्यो । त्यसबेला ग्रीसेली समाजमा दासप्रथा थियो । ग्रीसेलीहरू दासहरूविनाको समाजको कल्पना गर्दैनथे । उनीहरू महिलाहरूलाई पनि सामूहिक सम्पत्तिको रूपमा हेर्थे ।
उनी ग्रीसेली समाजमा शासकहरू दुई जातिको रूपमा कल्पना गर्थे; लडाकु र सेनाको छुट्टै बन्दोबस्त आवश्यकता अनुभव गर्थे । साथै उत्पादन गर्ने ‘किसान’ र ‘मजदुर’ हरूको फरक ढङ्गले राख्ने कल्पना गर्थे । उनले त्यस समाजलाई ‘कम्युन’ भन्ने नाम जुराए । (नेपालको सन्दर्भमा २०१५ सालको पहिलो महानिर्वाचनमा नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंहले ‘कम्युन’ लाई ‘दाल–भात, तरकारी अरू सबै सरकारी’ भनी नाम दिएका थिए ।) २०१५ सालमा चीनमा पनि मुक्तिसँगसँगै ‘आपसी सहयोग दल’ ‘प्राथमिक सहकारी’,
‘अगाडि बढेको सहकारी’ हुँदै ‘जनकम्युन’ को रूपमा विशाल गाउँले इलाकामा उत्पादनमा ठुलो वृद्धिका साथै नयाँ बन्दोबस्त गरिएको थियो ।
बेलायतका अर्का विद्वान थोमस मोर (Thomas More) ले पनि कल्पनालोक (UTOPIA) लेखेर बौद्धिक संसारमा नयाँ हलचल ल्याएका थिए । थोमस मोर (१४७०–१५३५) अर्थात् सो¥हौँ शताब्दीमा प्लेटोको भन्दा फरक ढङ्गले ‘साम्यवाद’ (कम्युनिज्म) को पुस्तक प्रकाशित गरे । त्यसपछि उनले युरोपका विभिन्न देशमा अनेक प्रकारका ‘साम्यवादी’ समाजको कल्पना गर्न थाले ।
त्यस समाजमा उत्पादनको प्रचुरता हुन्छ । (त्यसैले मात्र हरेक व्यक्तिले आवश्यकताअनुसार वितरण पाउनेछ ।
उनले थपे, “चोरलाई मृत्युदण्ड दिँदैमा चोरी घट्ने छैन, किनभने चोरी गर्नुपर्ने परिस्थिति नै दोषी हो । त्यस परिस्थितिलाई बदल्नु आवश्यक छ ।”
सो¥हौँ शताब्दीमा बेलायतमा पनि प्लेटोले जस्तै दास र भूदासहरूको मुक्तिको कल्पना गरेका थिएनन् । सन् १६४० भन्दा पहिले गेराल्ड विन्लिसलीले बेलायती पुँजीवादी क्रान्तिको पहिले नै ‘जोताहाहरू’ को ‘साम्यवाद’ को कल्पना गरेका थिए । सेन्ट जोर्जी (St. zeorge) को पर्वतमा उनले एक साम्यवादी समाजको स्थापना गर्न खोजेका थिए ।
त्यस्तै फ्रान्सेली समाजवादी माब्लीको विचारमा राज्य सार्वभौम मालिक भएको हुँदा हरेक नागरिकलाई उसको आवश्यकताअनुसार पु¥याउनु आवश्यक छ ।
फ्रान्सेली सामाजिक सम्झौताका सिद्धान्तका एक दार्शनिक रुसो (१७१२–७६) ले माब्लीलाई एक सशक्त साम्यवादी मान्थे ।
त्यसो त जिसस क्राइष्टले पनि नयाँ समाजको कल्पना गरेका थिए । उनी भन्थे, “त्यस समाजमा कसैले पनि आफ्नो सामान आफ्नो व्यक्तिगत हुनेछैन किनभने तिनीहरूसँग भएका सबै वस्तु साझा भइसकेको हुन्छ । हरेक व्यक्तिलाई उसको आवश्यकताअनुसार वितरण गरिनु आवश्यक छ ।”
साम्यवादबारे देशविदेशमा छलफल चालु राखौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *