कार्तिक ७ र ८ गते नेमकिपा जुम्लाको १५ औँ जिल्ला सम्मेलन हुने
- आश्विन ६, २०८१
हेटौँडा, १ जेठ । वाग्मती प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक सोमबार सुरु भयो । नयाँ गठबन्धन सरकार बनेको एक महिनापछि सुरु भएको सो बैठकमा दलका नेताहरूले अधिवेशनको शुभकामना दिए ।
नेपाल मजदुर किसान पार्टीको तर्पmबाट बोल्दै वाग्मती प्रदेशसभा सदस्य तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले हँसिया—हथौडा अङ्कित झन्डा बोक्ने ३ वटा दलको वाग्मती प्रदेशसभामा संयुक्त सरकार भए तापनि नामअनुसारको कुनै काम नभएको प्रस्ट पार्नुभयो । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस र कार्ल माक्र्सको २०६ औँ जन्मदिवस देश—विदेशमा भर्खरै सम्पन्न भएको उल्लेख गर्दै वास्तविक कम्युनिस्टहरूले शक्तिमा पुग्दा अझ बढी जिम्मेवारीपूर्वक कामगरी खाने जनताको पक्षमा नीतिनियम बनाउनेदेखि सिद्धान्तलाई व्यवहारमा लागु गर्ने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सांसद गोसाईले १ मईको भावना र कार्ल माक्र्सको सिद्धान्त भनेको आमूल परिवर्तनको विचार भएको बताउँदै माक्र्सवाद—लेनिनवाद—माओ त्सेतुङ विचारधारा संसारको सबैभन्दा वैज्ञानिक सशक्त हतियार हो भन्नुभयो । उहाँले भन्नुभयो, “माक्र्सवादले संसारलाई हल्लायो, हल्लाउँदै छ र त्यो जारी रहनेछ । केही पुँजीवादी बुद्धिजीवीहरू १९९१ मा सोभियत समाजवादले बेहोरेको अस्थायी हार देखेर अब माक्र्सवाद पुरानो भयो† यो सदाको निम्ति परास्त भयो भनी नाचे, हाँसे तर आज ३० वर्षपछि फेरि समाजवाद जग्मगाउँदै छ । विश्वमा माक्र्सवादको अपरिहार्यताबारे बहस, छलफल बुद्धिजीवी, मजदुर—किसानहरूबिच चल्दै छ । विश्वको वर्तमान आर्थिक सङ्कटको समाधान माक्र्सवादले नै मात्र दिन सक्नेबारे अर्थशास्त्री, राजनीतिशास्त्री तथा जनताबिच व्यापक छलफल हुँदै छ ।”
प्रदेशसभा सदस्य गोसाईले कम्युनिस्ट झन्डा बोक्ने पार्टीहरूसामु एउटा प्रश्न तेर्सिएको प्रसङ्ग राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भएको ३४ वर्ष भयो । के अभैm हामी यही पुँजीवादी गणतन्त्रलाई मलजल गर्दै फलको आश गरेर बस्ने ? सिद्धान्तप्रति बफादार सच्चा कम्युनिस्टहरूले समाजवादी गणतन्त्रको पक्ष लिन्छन् र हरेक गतिविधि तथा तयारी त्यसैको स्थापनाका निम्ति गर्दछन् ।”
प्रदेश सांसद गोसाईले देशमा सर्वसाधारणको जीवन अत्यन्त कष्टकर बन्दै गएको र आत्महत्याका घटना बढ्न थालेको उल्लेख गर्दै सहकारीमा देखिएका अनियमितता, आर्थिक अस्तव्यस्तता, भ्रष्टाचारका काण्डहरूले जनतामा व्यापक असन्तुष्टि तथा आक्रोश बढ्दै गएको बताउनुभयो । जनतालाई सुविधा दिन सरकारले सामान्त्न्दा सामान्य काम गर्नसमेत नसकेकै कारण गाउँगाउँका घरहरू खाली हुन थालेको र मानिसहरू लाखापाखा लाग्न थालेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जनजीविकासँग सम्बन्धित समस्या समाधानमा यथोचित ध्यान पु¥याउन, कृषि उत्पादन वृद्धिका लागि आवश्यक तयारी गर्न, कुटीर उद्योगमा जोड दिन, शिक्षा—स्वास्थ्यलाई प्राथमिकता दिँदै देशको सन्तुलित विकासमा केन्द्रित रहनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पद र अवसरभन्दा पनि जनताका गाँस—बास—कपास, शिक्षा तथा स्वास्थ्य र रोजगारीका समस्यामा ध्यान केन्द्रित गरौँ !”
बजेट अधिवेशनको पहिलो बैठकमै नेपाली काङ्ग्रेस र राप्रपाले आफ्ना मागहरू पूरा नभए संसद् अवरुद्ध गर्ने बारम्बार चेतावनी दिए । जेठ १ गते मङ्गलबार वाग्मती प्रदेश सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकता आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभयो ।
Leave a Reply