के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, १४ पुस । सूर्यविनायक नगरपालिका वडा नं.१० चितपोलस्थित उज्वल कृषि सहकारी संस्थाको आठौ वार्षिक साधारणसभाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले एक समारोहबिच शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा थापामगरले नेपालमै रासायनिक मल कारखाना खोली कृषिमा आत्मनिर्भर बनाउन नेमकिपाले जोड दिँदै आएको बताउँदै, सत्तासीन पार्टीका नेताहरूको ध्यान कमिसनको चक्करमा लागेकोले रासायनिक कारखाना खोल्नतिर ध्यान भएको कुरा बनाउनुभयो । नेपालमा कृषि औजारकारखानालगायत अन्य सयौँ कारखाना समाप्त पारी नेपाली युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो ।
उहाँले स्वदेशमै रोजगारको माग गर्दा गोली खानुपरेको कुरा बताउँदै प्यालेस्टिनी जनताले आफ्नो भूमि फिर्ता गराउन सङ्घर्ष गर्दा अमेरिकी कठपुती सरकारले हजारौँ महिला, बालबालिका, प्यालेस्टिनी जनताले नरसंहार गरेको विरुद्ध विश्वव्यापी विरोध भएको र नेपालमा नेमकिपाले विरोध गरिरहेको बताउनुभयो ।
उज्वल कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधामन्त्री कृषि परियोजना भक्तपुरका नेतबहादुर धाानुका, सिद्धिकृषि सहकारीका चन्द्रकुमार सुवाल संस्थाका जस्मीन त्वातीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव निर्भल माकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा ज्येष्ठ पुरुष सदस्य रामबहादुर देउजा र ज्येष्ठ महिला सदस्य भवगती केसीलाई प्रमुख अतिथि अनुराधा थापामगरले सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना भक्तपुरबाट प्राप्त विभिन्न कृषि सामग्रीहरू पनि वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
Leave a Reply