नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ढाका, २२ पुस (एएनआई) । बङ्गलादेशमा आइतबार हुने १२ औँ राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको छ ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गर्ने घोषणा गरेका छन् ।
आइतबार बिहान ८ बजेपछि जारी निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्रहरू निर्धारित गरिएको छ । अपराह्न ४ बजेसम्म मतदान केन्द्रभित्र लाइनमा पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउनेछन् । यो निर्वाचनका लागि कूल ११ करोड ९६ लाख व्यक्ति मतदान गर्न योग्य रहेका छन् । निर्वाचन आयोगका अनुसार लगभग करिब १२ करोड योग्य मतदाताहरूमध्ये झन्डै आधा महिलाहरू छन् भने पहिलोपटक मतदानका लागि योग्य बनेका मतदाताहरूको सङ्ख्या लगभग एक करोड ५० लाख रहेको छ ।
अल जजिराका अनुसार प्रमुख विपक्षी दल बीएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ ।
बीएनपीले शनिबारदेखि नै हिंसा र प्रदर्शनकारीहरूमाथिको दमनका बिच ‘अवैध सरकार’ विरुद्ध ४८ घण्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ ।
सर्वोच्च अदालतले गत पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो ।
ढाका ट्रिब्यूनको रिपोर्टअनुसार स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सुरक्षा चिन्तालाई उजागर गर्दै बङ्गलादेशभरका निजी अस्पताल र क्लिनिकहरूलाई स्वास्थ्य सेवाहरू सञ्चालन गर्न र शनिबारदेखि बुधबारसम्म आपत्कालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा २७ दल र स्वतन्त्रसमेत गरी कुल एक हजार ५०० उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
छिटफुट झडप, एक जनाको मृत्यु
बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन् ।
आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएकोे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारुढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
मुंशीगञ्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान ९ः४५ मा स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।
ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बीएनपीका सदस्यबिच झडप भएको छ । कम्तीमा केही बीएनपी सदस्यहरूले बन्दरगाह सहरमा ४८ घण्टा लामो हडताल लागू गर्नका लागि जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्शीगञ्जका आवामी लीगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घण्टापछि स्थानीय मतदान केन्द्र नजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
Leave a Reply