सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
भक्तपुर नगरपालिकाभित्र हाल ३४ वटा पोखरी रहेको तथ्याङ्कले देखाएको छ । प्रायः सबै पोखरी पुरानो अवस्थाबाट सुधारी नयाँ युग सुहाउँदो कलात्मक ढङ्गले चिटिक्क पारी पुनर्निर्माण भइसकेका छन् । त्यसमध्ये भनपा ६ को भोलाछेँ पोखरी (भौल्वा पुखु) राम्रै र आकर्षक रूपमा निर्माण गरिसकेको छ । पोखरीको चारैतर्फ पेटीमा गमला राखेका छन् । पर्खालको रङ्गीविरङ्गी बत्ती बल्ने गरेका छन् । पोखरीमा माछा पालिएका छन् । पोखरीको चारैतर्फ सफा र सुन्दर छ । त्यसैले, धेरै मानिसहरू दिउँसो, साँझ र बेलुका घुम्न आउँछन् । रमाइलो मानी फोटो खिच्छन्, टिकटक बनाउँछन् । अझ बेलुका त एउटा सुन्दरीजस्तै टोल नै झलमल हुने गर्छ । बिहान–बेलुका टाढा जान नसकेका मानिस घुमघाम गर्छन् । स–साना नानीदेखि ज्येष्ठ नागरिकसम्म आनन्द लिने गर्छन् । दसैँपछि उक्त पोखरीको लगभग एक फिटभन्दा बढी पानी सुकिसकेको छ । सायद पानी चुहिएको हुनुपर्छ । तर, सरोकारवाला सङ्घसंस्था र चारैतिर बसोबास गर्ने स्थानीयवासीहरूले ध्यान दिइरहेको देखिँदैन । भोलाछेँ पोखरी संरक्षण समिति छ, अगाडि वडा कार्यालय छ । तर, पोखरीको फोहोरा चलेको छैन । बोरिङको पानी निकालिएको छैन । गमलामा रोपेका फूलहरू सुक्न थालेका छन् । भोलाछेँ क्षेत्रका सचेत तथा असल नागरिकहरू र सम्बन्धित सरोकारवालाहरूको समयमै ध्यान जाओस् ।
– हरिश केसी, चाँगु – ४
Leave a Reply