भर्खरै :

सी चिनफिङद्वारा ३७ औँ अफ्रिकी सङ्घको शिखर सम्मेलनलाई बधाई सन्देश

सी चिनफिङद्वारा ३७ औँ अफ्रिकी सङ्घको शिखर सम्मेलनलाई बधाई सन्देश

पेइचिङ, १८ फेब्रुअरी (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी १७ मा ३७ औँ अफ्रिकी सङ्घको शिखर सम्मेलन आयोजना भएकोमा बधाई सन्देश गर्नुभएको छ ।
सी चिनफिङले चीन र अफ्रिकाको प्रधानतामा रहेको ‘ग्लोबल साउथ’ को जोडतोडताका साथ विकास भएको र विश्व इतिहास प्रक्रियामा असर परेको, अफ्रिकी सङ्घ २० मुलुक समूहमा सफलताका साथ संलग्न भएको, यसले गर्दा विश्व शासनमा अफ्रिकाको प्रतिनिधित्व र बोल्न पाउने अधिकारमाथि उकासिएकोमा चीनले शुभकामना दिएको बताउनुभयो ।
सीले विगत एक वर्षमा चीन र अफ्रिकाको सम्बन्ध निरन्तर र गहिरोरूपमा विकसित भएको बताउँदै चीन–अफ्रिका नेताहरूको वार्ता सम्मेलनको सफलताका साथ आयोजना भएको उल्लेख गर्नुभयो ।
सन् २०२४ मा चीन–अफ्रिका सहयोग मञ्चको नयाँ सम्मेलनको आयोजना गरिने जानकारी दिँदै उहाँले अफ्रिकी मुलुकका नेताहरूसँग चीन–अफ्रिका सहयोगको नयाँ प्लु–प्रिन्टको परियोजना गर्ने, चीन–अफ्रिका उच्चस्तरीय भाग्य समुदायको सिर्जना गर्न अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *