भर्खरै :

स्तालिनको रुसमा ढाइ महिना

–राहुल सांकृत्यायन
म पूरै साढे चार महिना स्वदेश बाहिर रहेँ । डेढ महिना रुस जाने बेला इरानमा, दुई हप्ता फर्कँदा अफगानिस्तानमा, ढाइ महिना सोभियत रुसमा । गएको थिएँ बोलन भञ्ज्याङबाट र खैबर भञ्ज्याङ हुँदै आएँ । हिन्दुस्तान र रुसको सीमाभित्र त रेल पाइयो । इरान र अफगानिस्तानको यात्रा मोटर गाडीमा भयो । क्यासपियन सागर जहाजमा आरपार गरियो । १२ नोभेम्बरमा सोभियत सीमामा प्रवेश गरियो । २६ जनवरीमा त्यहाँबाट प्रस्थान गरियो । यसप्रकार रुसमा जाडोको अनुभव गर्ने मौका मिल्यो । ककेशश र मध्य एसियाका केही ठाउँमा बाहेक सबै भूभाग बरफले ढाकिएको थियो । खेतको जोताइ खालि तिनै भूभागमा देखेँ ।

सोभियत र स्तालिनको विरोधमा हजारौँ झुट्टा कुराहरू प्रचार गर्नु, साथै त्रोत्स्कीका योगदान र योग्यताको अकाशसम्म पुल बाँध्नु पूँजीवादी पत्रिकाहरूको धर्मजस्तै भएको छ । त्रोत्स्कीको प्रशंसा र साम्यवादमा उनको निष्ठालाई त यस्ता शब्दमा चित्रित गरिन्छ कि लाग्छ यी पूँजीवादी पत्रकारहरू संसारमा साम्यवाद ल्याउन लालायित छन् ।

सोभियत रुसको बारेमा भ्रम त अझै पनि धेरै समयसम्म फैलिरहनेछ । दुनियाँभरका अखबारले चिच्याई–चिच्याई असफलताको पुकार गरेपनि संसारमा साम्यवादको प्रभाव यति तीव्र रुपमा बढिरहेको छ । अझ पूँजीवादी जगतले सोभियत देशमा प्राप्त साम्यवादको सफलताबारे प्रचार गर्न लागे भने पूँजीवादी विश्वको के गति होला ? सोभियत सीमाभन्दा टाढाका देशको कुरै छोडौँ । आमूु नदी सोभियत संघ र अफगानिस्तानको सीमा हो । मैले भित्री अफगानिस्तानका मानिसले गम्भीरतापूर्वक भनेको सुनेँ, “रुसी किसानहरूमा रोटीको अकाल छ ।” उनीहरूलाई थाहा छैन बीसौँ शताब्दिमा रुसमा सबैभन्दा राम्रो फसल १९१३ मा भएको थियो । रुसमा १९३७ मा गहुँबाली १९१३ को भन्दा दोब्बर उब्जाइयो । १९३०÷३१ मा धनी किसानहरूको स्वार्थ र प्रचारका कारण थोरै खेत जोतियो, चौपायाहरू मारिए, त्यसैले झण्डैझण्डै रोटीको अकाल परेको थियो । त्यसबेला केही ‘कुलाक’ सोभियत सीमाबाट भागेर अफगानिस्तान पनि गएका थिए । १९३०÷३१ को आर्थिक अवस्थाभन्दा अब आकाश–जमिनको अन्तर छ । तैपनि वारिका अफगानीहरूका लागि अझैसम्म सोभियत देशमा ‘रोटीको अकाल’ चलिरहेकै छ ।

राहुल सांकृत्यायन


जनताको आर्थिक अवस्था, शिक्षा र संस्कृतिको धरातल हरेक वर्ष के हरेक महिना उकासिँदै गइरहेकोे छ । हरेक वर्ष पाँच, दस र पन्ध्र प्रतिशतसम्म ज्याला बढाइएको छ । अर्काेतिर मालसामानको उत्पादन, उद्योगधन्दामा वृद्धि र कार्यकर्ताहरूमा योग्यताअनुसार ज्याला बढ्दै छ भने मालसामानको दाम घटाउँदै लगिएको छ । ज्याला दिनु र मालसामान बेच्नु सरकारको हातमा छ । पछिल्लो दुई वर्षमा खानपिनका कतिपय सामानको भाउ पच्चीसदेखि तीस प्रतिशत कम गरिएको छ । म त्यहाँ बस्दा अस्पतालका धाइहरूको तनखा १५ प्रतिशतले बढाइयो । यसप्रकार ज्यालावृद्धि र मालसामानको मूल्य घटाउनाले एकातिर जनताले सुखसामग्री धेरै पाइरहेका छन्, अर्कातिर त्यहाँ ५÷६ वर्षदेखि बेरोजगारी अन्त्य भएको छ । स्वस्थ मानिसलाई काम हाजिर छ । बिरामी वा अरु कुनै कारणले काम गर्न अयोग्य भएमा सारा भार सरकारले उठाउँछ । यसप्रकार जनतामा ‘भोलिको चिन्ता’ छँदैछैन । यसमा शंकै छैन, अहिले इङ्गल्याण्ड र अमेरिकाका मजदुरले रुसका मजदुरभन्दा बढी ज्याला पाउँछन् । तर ती देशका मजदुरको शिरमाथि सँधै बेरोजगार हुने हो कि भन्ने नाङ्गो तरबार झुण्डिरहेको हुन्छ । त्यहीँ सोभियत श्रमजीवी ‘भोलिको लागि’ एकदम ढुक्क छ । साथै उसको ज्याला पनि दिन प्रतिदिन अघि बढिरहेको छ ।
नयाँ सोभियत संविधानअनुसार १२ डिसेम्बरमा महासोभियतका ११४३ सभासदहरूको चुनाव भएको छ, त्यसको महत्वलाई कम गर्नका लागि पूँजीवादी देशहरूले ठूलो कोशिस गरे र अझै पनि गरिरहेका छन् । कोही भन्छ, “चुनाव के हुनु, धोका हो ।” कोही भन्छ, “स्तालिन र कम्युनिष्ट पार्टीले जनतालाई धमकाएर भोट लिएका हुन् ।” नयाँ संविधान कतिसम्म प्रजातान्त्रिक छ र त्यसमा कतिसम्म जनतालाई भोट दिने स्वतन्त्रता छ । यो निम्न विषयबाट थाहा हुन्छ ः
१) १२ डिसेम्बर, १९३७ भन्दा पहिले पुराना जमिन्दार, पूँजीपति, पुरोहित, कुलाक (धनी किसान) र क्रान्तिविरोधीहरूका सन्तानलाई भोट दिने वा उम्मेदवार हुने अधिकार थिएन । नयाँ संविधानले १८ वर्ष नाघेका सबै स्त्री÷पुरुषलाई मतदानको अधिकार दियो । धन, विद्या आदिको योग्यताको यसमा कुनै भेद छैन ।
२) भोटको पर्चा र खाम हरेकलाई गुप्त तवरले छाप लगाउन दिइन्छ । भोट दिने तरिका यस्तो छ कि कसलाई भोट हालेको हो मतदातालाई मात्र थाहा हुन्छ ।
३) जसले ५१ प्रतिशत भोट पाउन्न ऊ सभासद चुनिँदैन ।
४) नाम दर्ता गर्ने अधिकार टे«ड युनियनजस्ता संस्थाहरू वा कुनै पनि सार्वजनिक संगठनलाई दिइएको छ । सोभियत देशको कुनै व्यक्तिले चुनावको प्रचार गर्न सक्ने वा ठूल्ठूला सभाहरू आयोजना गर्न सक्नेगरी सम्पत्ति राख्दैन । चुनाव प्रचारको सारा खर्च व्यक्तिमाथि नभएर संस्थाहरूमाथि पर्छ । यसकारण नाम दर्ता गर्ने जिम्मा पनि तिनकै हातमा दिइएको छ ।
सोभियत चुनावको नियममा यस्तो कुनै प्रावधान छैन जसले गर्दा एउटा चुनाव क्षेत्रमा अर्को प्रतिद्वन्द्वी उम्मेदवार नउठोस् । तर कम्युनिष्ट पार्टी आफ्ना योगदानहरूका कारण यति लोकप्रिय पार्टी भएको छ कि होडमा पराजित हुने निश्चयले को अघि सरोस् ? केन्द्रीय काउन्सिलको पुनर्निर्वाचनमा भारतीय कांग्रेसका उम्मेदवारसामु अरु कोही उम्मेदवार जसरी चुुनावमा उठेन त्यस्तै त्यहाँ पनि प्रतिद्वन्द्वी उठ्ने हिम्मत गर्दैन ।
सोभियत र स्तालिनको विरोधमा हजारौँ झुट्टा कुराहरू प्रचार गर्नु, साथै त्रोत्स्कीका योगदान र योग्यताको अकाशसम्म पुल बाँध्नु पूँजीवादी पत्रिकाहरूको धर्मजस्तै भएको छ । त्रोत्स्कीको प्रशंसा र साम्यवादमा उनको निष्ठालाई त यस्ता शब्दमा चित्रित गरिन्छ कि लाग्छ यी पूँजीवादी पत्रकारहरू संसारमा साम्यवाद ल्याउन लालायित छन् । सोभियत संघ धर्तीमा साम्यवादको सफलताको एउटा ठोस साकार रुप हो । त्यसैले त्यसलाई मानिसहरूको आँखाबाट ओझेलमा राख्न चाहन्छन् । त्यसको ठाउँमा विरोधीहरू र तिनका विरोधी मनोभावनालाई उनीहरू जनतासामु ल्याउन चाहन्छन् ।

जब १९२४ को आरम्भमा लेनिनको देहान्त भयो, खेती मात्र होइन, व्यापार व्यवसाय पनि थोरै व्यक्तिहरूका हातमा थिए । शहरदेखि गाउँसम्मका जनतालाई साम्यवादी समाजको रुपमा परिणत गर्नु स्तालिनको काम थियो । यो माक्र्स र लेनिनको कामभन्दा कम महत्वपूर्ण थिएन ।

सोभियत शासन र त्यहाँका मुख्य नेता स्तालिन कति सर्वप्रिय छन् भने पछिल्लो चुनावमा १२ डिसेम्बरको त्यस्तो जाडो र धर्तीको छैठौँ भागमा फैलिएको देशमा कष्ट उठाएर साढे ९६ प्रतिशत मतदाताले भोट दिए । पछिल्ला दश वर्षमा अमेरिका, इङ्गल्याण्ड, फ्रान्स, जर्मनी आदि देशहरूमा निर्वाचन भएका छन् । तर कतै पनि ८३ प्रतिशतभन्दा बढी मतदाता निर्वाचनस्थालमा पुगेनन् । स्तालिनको निर्वाचन क्षेत्रका मतदाताहरूमध्ये एकजना पनि अनुपस्थित रहेन । स्तालिनका भनाइलाई त्यहाँ शिरोधार्य गरिन्छ । कार्ल माक्र्स साम्यवादका तत्वद्रष्टा थिए । उनले सत्यलाई ऐतिहासिक प्रमाण, आर्थिक कठिनाइ र वैज्ञानिक युक्तिहरूबाट प्रमाणित गरेर संसारका श्रमजीवीहरूसामु राखे । कतिपयको दिमागले यो सत्यलाई स्वीकार ग¥यो । तर त्यो सिद्धान्त धर्तीमा आउने बाटोमा बाधक बने पूँजीवादीहरूको स्वार्थ र उनीहरूको रक्षाका ठूल्ठूला साधन । साम्यवादी क्रान्ति कतिपल्ट पूर्ण असफल मात्र भएको थियो । सफल साम्यवादी क्रान्तिलाई भूतलमा ल्याउनु लेनिनको विशेषता थियो । जेहोस्, साम्यवादी क्रान्ति जारको साम्राज्यमा भयो । देशी विदेशी पूँजीवादीहरूले त्यसलाई हरतवरले दबाउने कोशिस गरे र उनीहरू यसमा विफल भए । तैपनि लेनिनको समयसम्म अतिकम उत्पादनका साधनहरू व्यक्तिका हातबाट निस्केर समाजको हातमा आएका थिए । जब १९२४ को आरम्भमा लेनिनको देहान्त भयो, खेती मात्र होइन, व्यापार व्यवसाय पनि थोरै व्यक्तिहरूका हातमा थिए । शहरदेखि गाउँसम्मका जनतालाई साम्यवादी समाजको रुपमा परिणत गर्नु स्तालिनको काम थियो । यो माक्र्स र लेनिनको कामभन्दा कम महत्वपूर्ण थिएन । लेनिनको मृत्युपछि स्तालिनले कलकारखानाहरूलाई बढाएर देशको औद्योगीकरण गर्ने कार्यक्रम अघि सार्दा एकातिर बुखारिन आदि नरम दलकाहरू भन्थे हतार गरियो, यसमा सफलता पाइने छैन, देशलाई भारी नोक्सान हुनेछ । अर्कातिर त्रोत्स्कीजस्ता गरम दलकाहरू भन्थे संसारभर क्रान्ति नभइकन साम्यवाद एउटा मुलुकमा स्थापित हुन सक्दैन । यसकारण हामीले आफ्नो सारा शक्ति रुसलाई साम्यवादी र उद्योगपूर्ण बनाउनमा नलगाएर अन्तर्राष्ट्रिय क्रान्तितिर बढी ध्यान दिनुपर्छ । स्तालिनले यी विरोध हुँदाहँुदै पनि आफ्नो कार्यक्रमलाई जनतासामु राखे र यसमा उनलाई सफलता मिल्यो । प्रथम पञ्चवर्षीय योजनाताका पनि दायाँबायाँका समूहहरू यस्तै विरोध गरिरहे । तर सोभियत जनताले आफ्नै आँखाबाट यी योजनाहरूद्वारा आशातीत आर्थिक सफलता देखे । स्तालिनको नेतृत्वमा रुसको नष्टप्राय उद्योगधन्दा १९२७ सम्ममा महायुद्ध पहिलेको अवस्थाभन्दा अघि बढ्यो । प्रथम र दोस्रो पञ्चवर्षीय योजनाहरूको समाप्तिपछि त सोभियत प्रजातन्त्र युुुरोपको सबैभन्दा ठूलो औद्योगिक देशमा फेरियो । तृतीय पञ्चवर्षीय योजनाद्वारा सोभियत प्रजातन्त्र अमेरिकालाई पनि उछनेर उद्योगधन्दामा संसारमै प्रथम स्थान ग्रहण गर्न चाहन्छ । यी पञ्चवर्षीय योजनाका प्रारम्भिक वर्षहरूमा मानिसहरू मजाक उडाउने गर्थे । अब सफलतापछि हरेक देशले उसको अनुकरण गर्न चाहन्छ । यी योजनाहरूद्वारा सोभियत जनताले आफ्ना भोक र बेरोजगारीका दिनको ठाउँमा सुख समृद्धिका दिन देखे । अशिक्षा र निरक्षरताको ठाउँमा कलाको प्रचार सार्वजनिक भएको देखे । यहीँ दश वर्षपहिले उनीहरूको दिनदशा कस्तो थियो, यो धेरै सोभियत नागरिकहरूलाई राम्रै थाहा छ । स्तालिनका योजनाहरूको सफलताले नै उनलाई लोकप्रिय बनाइदियो । केही मानिसहरूलाई यो लोकप्रियता बुझ्न मुस्किल छ । उनीहरू ठान्छन् न ईश्वरबाट पठाइएको, न कुनै दैवी चमत्कार भएको फगत एउटा मानिस कसरी यतिबिघ्न जनप्रिय हुनसक्छ ।
जबजब कतिपय षड्यन्त्रकारीहरूलाई सोभियत सरकारले दण्ड दिन्छ त्यसलाई बढाईचढाई पूँजीवादी पत्रिकाहरूले यसरी संसारभर फैलाएका छन् कि कतिपय मानिसहरू सोँच्छन्, सोभियत शासनको जग अत्यन्त कमजोर छ, हिंसा र आतंकवादको सहारामा त्यहाँको शासन चलेको छ । भोरोशिलोभ, मोलोतोभ, बुदयन्मी ब्लुचरजस्ता क्रान्तिका महानायकहरूलाई अझै पनि उस्तै लगनले काम गरेको देखेर पनि पुराना क्रान्तिकारीमध्येका दुईचारजना आफ्ना अपराधका लागि दण्डित के भए पूँजीवादी पत्रिकाहरूले हल्ला गर्न शुरु गरे । भने, लेनिनका सबै क्रान्तिकारी साथीहरू स्तालिनको षडयन्त्रको शिकार भएका छन् । सजाय पाउने मानिसहरूतिर हे¥यौँ भने थाहा हुन्छ तिनमा सबैजना यस्ता बुद्धिजीवी व्यक्तिहरू छन् जसमा आफ्ना महत्वाकांक्षाहरूमाथि अभर हुनाले सफल पार्टी र त्यसका नेताहरूप्रति विद्वेष उब्जिएको थियो । शिक्षित बुद्धिजीवी वर्ग जतिसुकै उदार र त्यागी भएपनि आफ्नो स्वार्थ र महत्वाकांक्षामा धक्का लाग्नेबित्तिकै यति तल ओर्लन्छन् कि यति तल ओर्लने हिम्मत एक अशिक्षित साधारण व्यक्तिले गर्न सक्दैन । सोभियत प्रजातन्त्रमा अतिधेरै उद्योगधन्दा केन्द्रित भएको छ । र तिनमा यन्त्रहरूको अत्याधिक प्रयोग भएको छ । यसकारण एउटा व्यक्ति असन्तुष्ट भयो भने पनि धेरै नोक्सान गर्न सक्छ । एक विशेष यन्त्र बिगारेर उसले दुई हप्तासम्म दशजना कर्मचारीहरूलाई बेकार बसाल्न सक्छ । रेलको सुचनाहरूमा गडबड गरेर रेलहरू पल्टाउन सक्छ । गहिरा खानीका पम्पहरू बिगारेर त्यहाँ पानी भर्न सक्छ । जसलाई हालैमात्र सोभियत सरकारले कडा सजाय दिएको छ उनीहरूले यस्तै अपराध गरेका थिए । तिनीहरूलाई जनताको कुनै सहानुभूति थिएन । तिनीहरूलाई समातेर जेलमा नहालेको भए जनताले रिसको झोँकमा तिनीहरूलाई अमेरिकी खैरेहरूले जस्तै ‘लिन्चिङ’ गरेर मार्थे । यस्ता मानिसहरूलाई सोभियत शासन र स्तालिनको अत्याचारको ‘शहीद’ उद्घोष गर्नु विदेशी पूँजीवादीहरूको आफ्नो स्वार्थको कुरा हो । यसप्रकार सत्यलाई झुट्टा गराउनु तबसम्म चलिरहनेछ जबसम्म सोभियत–शक्तिले एउटा ठूलो युद्धमा आफ्नो सबलता सिद्ध गर्दैन । के थाहा, त्यसपछि पनि, विश्वमा पूँजीवादको अस्तित्व रहुञ्जेल यस्ता झुट्टा प्रचार पनि कहिल्यै बन्द होलान् र ?
(सांकृत्यायनको प्रसिद्ध निबन्ध संग्रह ‘दिमागी गुलामी’बाट)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *