एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
जोसे मार्टी
म संसार
त्यसको प्राकृतिक ढोकाबाट
त्याग्ने चाहन्छु,
हरियो पातहरुको चिहानमा
उनीहरुले मरेको मलाई बोकेर लानेछन्
मलाई अध्यारोमा नराख्नु
कुनै गद्दारजस्तै मर्न,
म राम्रो छु र राम्रो वस्तुझैं
मुखमा घाम पर्ने गरी मर्न चाहन्छु ।
(जोसे मार्टी क्युवाली स्वाधीनता आन्दोलनका विचारक हुन् ।)
Leave a Reply