बुबाको अन्तिम इच्छा
- मंसिर १२, २०८३
उत्पादन र समृद्धि जोड्ने कोही खोज्दैनन् तार
जोखिम मोल्न नपरे नि समयमै पुग्न हतार
जो जति हतारिए पनि जनताले पाउँदैन सेवा सुविधा
सरकारी काम कहिले जाला घाम भनी अझै छ बिस्तार
भोट नपाएसम्म खोकिन्छ जनता जनार्दन
भोट पाएदेखि हुँदैन जनताको मान मर्दन
जनतालाई सिकाइन्छ भुलेर राजनीतिक संस्कार
काट्न सकिएको छैन अझै महँगी र अभावको गर्धन
रसिलो पोषिलो मतदान अघिको स्वस्थकर फल
समयानुकूल सेवाको उपभोगमा जनता असफल
जनताको त्याग र सङ्घर्ष आज माटोमा मिल्काइएको छ
ऋणलिई कमाएको आम्दानी कर्मचारीलाई बनेको छ काफल
Leave a Reply