बुबाको अन्तिम इच्छा
- मंसिर १२, २०८३
लुगा लगाएको पनि ‘सुहाएको’ राम्रो !
नाङ्गै हिँडेको पनि ‘ठिक्कै छ’ राम्रो !
खाना छरेर खाएको पनि ‘यस्तै हो’ राम्रो !
खाना निखारेर खाएको पनि साह्रै राम्रो !
साँचो बोले पनि ‘कसरी जानेको’ अति राम्रो !
झूटो बोले पनि ‘कहाँबाट जानेको’ कति राम्रो !
बोल्दै नबोले पनि ‘क्या भलादमी’ राम्रो !
बोलिरहे पनि ‘अहा ! कति बोलैया’ राम्रो !
चाहिने कुरा बोले पनि ‘साह्रै ज्ञानी’ राम्रो !
नचाहिने कुरा बोले पनि ‘धेरै बाठो’ राम्रो !
कसैलाई ढुङ्गाले हाने पनि ‘साहसी’ राम्रो !
हान्न आँटेको रोके पनि ‘दयालु’ राम्रो !
कापी कलम फोहोरमा फाले पनि राम्रो !
गाग्री अम्खोरा भुइँभरि ढाले पनि राम्रो !
रोएको पनि राम्रो हाँसेको पनि राम्रो !
गाएको अथवा नाचेको पनि राम्रो !
यो समयमा जे कुरा पनि भन्नुपर्छ ‘हाम्रो’ !
केटाकेटी बेलामा जे गरे पनि ‘राम्रो’ !!
Leave a Reply