भर्खरै :

ट्रम्पको हत्या प्रयासपछि क्रेमलिनद्वारा राजनीतिक हिंसाको निन्दा

मस्को, ३० असार (एएफपी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि क्रेमलिनले राजनीतिको सन्दर्भमा कुनै पनि हिंसाको कडा निन्दा गरेको प्रवक्ता दिमित्री पेसकोभले बताउनुभएको छ ।
शनिबार एक चुनावी ¥यालीमा हत्या प्रयासमा ट्रम्पको कानमा गोली प्रहार भएको थियो । घटनामा गोली चलाउने र एक दर्शकको मृत्यु भएको थियो भने अन्य दुई दर्शक गम्भीररूपमा घाइते भएका थिए ।
“क्रेमलिन राजनीतिक प्रतिस्पर्धाका सन्दर्भमा हिंसाको कुनै पनि उदाहरणको कडा निन्दा गर्दछ”, पेसकोभले टेलिफोन पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले ‘उक्त आक्रमणमा मारिएका पीडितका परिवार’ प्रति रुसको ‘समवेदना’ व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
पेसकोभ र रुसको विदेश मन्त्रालय दुवैले आक्रमण पूर्वानुमान गर्न सकिने थियो भनेका छन् । “राष्ट्रपतिका उम्मेदवार ट्रम्पलाई राजनीतिक क्षेत्रबाट हटाउनका लागि सबै कानुनी उपकरण, अदालतहरू, अभियोजकहरू, राजनीतिक बदनाम गर्ने प्रयासहरू यी सबै बाहिरी पर्यवेक्षकहरूलाई उहाँको जीवन खतरामा छ भन्ने स्पष्ट छ”, पेसकोभले भन्नुभयो ।
विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोमाले भन्नुभयो, “युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हतियार आपूर्ति गर्न मतदान गर्ने संयुक्त राज्य अमेरिकाका ती मानिसहरूलाई सन्देश दिएको छ किनकि उनीहरूको देशले रुसी सैनिकहरूलाई अगाडि बढ्नबाट रोक्न कोसिस गरिरहेका छन् ।”
उहाँले वासिङ्टनलाई आफ्ना ‘राजनीतिक विरोधी, मुलुक र मानिसहरूविरुद्ध घृणा बढाउने नीतिहरू’ को ‘सूची’ बनाउन सल्लाह दिनुभयो । उहाँले यस्ता नीतिहरूमा युक्रेनका लागि अमेरिकी समर्थन समावेश भएको बताउनुभयो ।
उहाँले टेलिग्राममा लेख्नुभयो, “सम्भवतः यो पैसाको प्रयोग अमेरिकी प्रहरी र संयुक्त राज्य अमेरिकामा कानुन र व्यवस्था सुनिश्चित गर्ने अन्य सेवाहरूमा गर्नका लागि राम्रो हुनेछ ।”
पश्चिमी मुलुकहरूले धेरै अवसरमा मस्कोमाथि राजनीतिक विरोधीहरूलाई हिंसात्मक तरिकाले समाप्त गरेको आरोप लगाएका छन् तर राष्ट्रपति भ्लादिमिर पुटिनको शासनले उक्त आरोपलाई अस्वीकार गर्दछ ।
हालै प्रमुख रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको फेब्रुअरीमा आर्कटिक जेलमा रहस्यमय अवस्थामा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *