भर्खरै :

शिक्षक राम्रा भए विद्यार्थीहरू स्वतः राम्रो हुने

शिक्षक राम्रा भए विद्यार्थीहरू स्वतः राम्रो हुने

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिका नगर शिक्षा शाखा तथा त्रिवि, शिक्षा विकास विभागको संयुक्त आयोजनामा ‘वातावरणीय तथा मिमांसीय न्याय’ विषय भक्तपुर नगरपालिकाअन्तर्गत माध्यमिक विज्ञान शिक्षकहरूको तीनदिने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले यसअघि त्रिविसँग सहकार्य गरी भूगोल, संस्कृति विषयमा राष्ट्रिय सम्मेलन आयोजना गरेको जानकारी दिनुभयो ।
शिक्षक राम्रा भए विद्यार्थीहरू स्वतः राम्रो हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुमा विद्यार्थीमात्र नभई सरकार पनि दोषी छन् । शिक्षकले राम्ररी नपढाएका कारण विद्यार्थी अनुत्तीर्ण हुन्छन् । सबै विषयमा अनुत्तीर्णलाई मौका परीक्षाको व्यवस्था अव्यावहारिक छ ।”
विकसित देशहरूमा अध्ययन अनुसन्धानमा अगाडि बढेका छन्† भनपाले आफ्नै अनुसन्धान केन्द्र सञ्चालन गर्ने नीति लिएको छ । अनुसन्धान गर्ने विद्यार्थीलाई भनपाले आर्थिक सहयोग गर्नेछ, उहाँले बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य नपाले बोकेको छ । कमजोर विद्यार्थीलाई उत्तीर्ण गराउनमा शिक्षकको सफलता हुन्छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
शिक्षकलाई तालिम दिई सक्षम बनाउनुको अर्थ समाज निर्माणमा टेवा पु¥याउनु हो भन्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई शिक्षाको माध्यमबाट प्रयोगशालाको रूपमा विकास गर्ने योजना राखी प्रयास जारी रहेको बताउनुभयो ।
अनुसन्धान टोली प्रमुख गणेशबहादुर थिङले तालिममा समावेश विधि कक्षा कोठामा प्रयोग भएकै विधि भएको उल्लेख गर्दै कर्म खर्चमा विद्यार्थीलाई उत्कृष्ट शिक्षण विधि प्रदान गर्नु तालिमको उद्देश्य भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकहरूको तर्फबाट विनय कोजु र सजिता माकले पनि बोल्नुभएको थियो । भनपा विद्यालय अनुगमन तथा प्राविधिक समिति सदस्य देवना जोशीले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *