भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार), काठमाडौँका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन चालिसे :
२०८२ भदौ २३ गते नयाँबानेश्वरस्थित एभरेस्ट होटल अगाडि म प्लाटुन कमान्डरका रूपमा खटिएको थिएँ । प्रदर्शन सुरूमा शान्तिपूर्ण थियो भने भिड अनुमानभन्दा १०–१२ गुणा बढी थियो । हामीलाई “अन्तिम बल (गोली प्रहार) नगर्नू, सक्दो कन्टेन गर्नेतर्फ प्रयास गर्नू” भन्ने निर्देशन दिइएकोले हवाईफायरबाहेक कुनै लिथल–फायर गरिएन । भिडले एपीएफ अस्पतालको एम्बुलेन्ससमेत जलाइदिएको थियो ।
भदौ २४ गते आफू घाइते भएकोले फिल्ड ड्युटीमा नगई युनिट स्ट्यान्डबाइमा रहेको थिएँ । “सशस्त्र प्रहरी उपस्थित भए पनि सहयोग गरेन” भन्ने बयानबारे देशव्यापी तनाव, विशाल भिड र आकस्मिक जोखिमका कारण परिस्थितिको असामान्य बहाव रहँदासमेत नेपाल प्रहरीलाई सम्भव भएसम्म सहयोग गरिएको थियो ।
भदौ २३ र २४ गतेको प्रदर्शनमा स्पष्ट रूपमा घुसपैठ भएको आकलन गर्न सकिन्छ । प्रदर्शनकारीहरू घरेलु हतियार, गल, गैँती बोकेर आएका थिए । उनीहरूले वाटरक्यानन् जलाउन दर्जनौँ पेट्रोल बम प्रहार गरे । सैनिक तैनाथी अपेक्षित भए पनि ठोस हस्तक्षेप नभएकोले सुरक्षा दायित्वको ठुलो भार प्रहरी र सशस्त्र प्रहरीमै परेको थियो ।
घटनाको मूल कारण सूचनाको कमी, सुरक्षा उपकरणको चरम अभाव, नीतिगत अस्पष्टता र जनअसन्तुष्टि थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २२ गण हे. क्वा. गुहेश्वरी भक्तपुरका निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद राय :
२०८२ भदौ २४ गते दिनको अन्दाजी ११ः३५ बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आएका अन्दाजी १०००/१२०० जना प्रदर्शनकारीले कार्यालय घेराउ गरी नाराबाजी गरे । उनीहरूले करिब १२ः०० बजेदेखि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय तोडफोड तथा आगजनी गरे । सोही दिन बाल अदालत, जिल्ला आयुक्तको कार्यालय, जिल्ला प्रहरी परिसर तथा अन्य प्रहरीलगायतका सरकारी कार्यालयसमेत ३२ वटामा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
भिडमा घुसपैठ, घरेलु हतियार बोकेका समूह, जनविश्वासको अभाव, प्रशासन–आन्दोलनकारीबिच संवाद नहुनु, सूचनाको कमजोर विश्लेषण र आकस्मिक परिस्थितिमा स्रोत–साधन अभाव देखियो ।
नख्खु कारागार सुरक्षार्थ खटिएका कमान्डर सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ :
२०८२ भदौ २४ गते नख्खु कारागार बाहिर प्रदर्शनकारीहरूको आवागमन भइरहेको थियो । ती प्रदर्शनकारी भैँसेपाटी मन्त्रीक्वार्टरतर्फ भएको थियो । अन्दाजी १०ः३०/११ः०० बजेको समयमा नख्खु कारगारको उत्तरतर्फ अन्दाजी ७००/८०० मिटर लामो भिड जम्मा भएको थियो । करिब १३ः०० बजे भिड कारागारको मेनगेटमा भेला हुन सुरू गरेका थिए । ३०००/४००० को सङ्ख्यामा जम्मा भएका भिडले “रवि लामिछानेलाई १० मिनेटभित्र बाहिर निकाल !” भनी तोडफोड, आगजनी र आक्रमणको चेतावनी दिइरहेका थिए ।
करिब १४ः०० बजेतिर मेनगेट तोडेर भिड कारागार परिसरभित्र आए । सुरक्षाकर्मीले करिब १ घण्टासम्म सम्झाइबुझाइ र लाठीचार्ज गरी भिड सम्हालिरहेको थियो । त्यही क्रममा रवि लामिछाने ‘भिडलाई सम्झाउँछु’ भनी भिड भएको मेनगेटमा जानुभयो । भिडको हल्लाका कारण भिडले सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे बनाएको थियो । त्यही भिडले करिब १५ः०० बजेतिर रबि लामिछानेलाई कारागारबाट बाहिर लिएर गयो ।
भिडले हामीलाई ‘हतियार फाल, चुस्ता खोलेर भाग’ भन्दै थियो । २०८२ भदौ २४ गते कारागारमा १२८१ जना कैदीबन्दी थिए । भिडले कैदीबन्दीहरूलाई लगभग १५ः५० देखि १६ः१५ सम्म कारगारबाट बाहिर भगाएको थियो ।
Leave a Reply