भर्खरै :

नपाको नीति तथा कार्यक्रम कार्यान्वयन होस्

नपाको नीति तथा कार्यक्रम कार्यान्वयन होस्

भक्तपुर नगरपालिकाको नगर सभा आइतबारदेखि सुरू भएको छ । नगर सभाका अध्यक्ष सुनिल प्रजापतिले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रमकै आधारमा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय प्रस्तुत हुनेछ । विश्व सम्पदा सूचीमा परेको स्मारक स्थल या जीवित सङ्ग्रहालको रूपमा रहेको सम्पदा संरक्षण स्थल भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम यो वर्षको कार्य योजनाको एक खाका हो । यो वार्षिक कार्य योजना हो । कार्य योजना वर्षभरिमा गरिने कार्य योजनाको बाँडफाँड हो । नीति तथा कार्यक्रम लागू गर्ने जिम्मेवारी भक्तपुर नगरपालिकाको हो† लागू गर्ने काम नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको हो । यसलाई स्थानीय जनताले साथ र समर्थन गर्ने हो । अतः नपाको नीति तथा कार्यक्रम लागू गर्न र गराउन जनताले बेलाबखत घच्घच्याउनुपर्छ ।
भक्तपुर नगरपालिका आर्थिक हिसाब किताब पारदर्शी हुने नगरपालिका हो । जनप्रतिनिधिहरू घुस खाँदैनन् । उनीहरू आफै भ्रष्टाचारविरोधी हुन् । भक्तपुर भ्रष्टाचारको विरोधमा सङ्घर्ष गरिने थलो हो† । सम्पदा संरक्षित भएको यो नगरपालिका सफा सुग्घर भएको सहरमध्ये एक हो । शिक्षा र स्वास्थ्यमा उदाहरणीय काम गर्न सफल भएको नगरपालिका हो भक्तपुर । यहाँको मौलिक सम्पदा संरक्षण गर्न यहाँका जनता लालायित हुन्छन्† यहाँश्रमदानमात्र होइन आर्थिक सहयोग पनि हुन्छ । यसरी जनताको काममा, विकासमा जनतासँग मिलेर काम गर्ने थलो भक्तपुर नगर हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुर नगरलाई ‘पारदर्शिताको टापु’ नामकरण गरेको थियो । देशकै सफा नगरमध्ये एक घोषणा भएको नगर हो । नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने नपाको ध्येय रहेको छ । नगरलाई जीवित सङ्ग्रहालयको रूपमा कायम गर्न सांस्कृतिक नगर बनाउन नपाका जनप्रतिनिधिहरू जोड दिँदै छन् । भक्तपुरलाई सांस्कृतिक नगर, सभ्य र सुसंस्कृत नगरमात्र होइन अध्ययन अनुसन्धानको केन्द्र बनाउन नै नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव अघि सारेको हो । नपाको त्यो प्रस्ताव अहिलेसम्म पारित भएको छैन । तर, नपा ख्वप विश्वविद्यालय खोल्न निरन्तर लागिपरेको छ । भक्तपुरका जनता ख्वप विश्वविद्यालय स्थापना हुनेमा विश्वस्त छन् ।
भनपाले सफा र स्वच्छ नगर बनाउन सफाइ अभियान थालनी गरेको थियो । सुरूको सफाइ अभियानमा नगर प्रमुख, जनप्रतिनिधि, चिकित्सक, शिक्षक, कर्मचारी, बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता, इन्जिनियर, कलाकार, साहित्यकार तथा सर्वसाधारण जनताको उल्लेख्य उपस्थिति थियो । अहिले पनि दैनिक सफाइबाहेक महिनाको दुई पटक विशेष स्थानमा सरसफाइ हुँदै आएको छ । नपाले सफाइ अभियान सञ्चालन समाजका विभिन्न सामाजिक सङ्घ संस्था, विद्यालय, कलेज, महिला समूह, स्काउट, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय जनतालाई परिचालन गरेर समाजमा भिज्नुपर्ने, समाजको दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी बोध गराएको देखिन्छ ।
सांस्कृतिक गुरूहरूको सम्मान, नाचगानको परिचालन, वाद्यवादन प्रतियोगिता, स्कूलव्यापी र नगरव्यापी खेलकुद प्रतियोगिता, भक्तपुर महोत्सव, पोखरी र बहाबहीको पदयात्राले भक्तपुरलाई जहिल्यै क्रियाशील या जीवन्त बनाउने काममा भनपा लागिपरेको छ । राजनीतिशास्त्र, नेपालभाषा, संस्कृति, अर्थशास्त्र र दर्शनशास्त्र विषय लिई अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षासम्म छात्रवृत्ति प्रदान गर्ने नपाको अगुवाइमा सञ्चालन भइरहेको विद्यालय, कलेज सञ्चालनले भक्तपुर शिक्षाको केन्द्र बन्दै छ । नगरलाई बुद्धिजीवीकरण गर्न र अन्य जिल्लाका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै नपाले सिङ्गो देशको सेवामा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सघाइरहेको छ । यही कारण अन्य नपा र गाउँपालिकाका जनप्रतिनिधिहरू मात्र होइनन्, नपा र गापाका कर्मचारी, प्रशासकीय अधिकृत, सांसद र मन्त्रीहरू अन्य राजनीतिक दलका नेताहरू पनि नेमकिपाको गुणगान गर्छन् । उनीहरू सबै राजनीतिक दलले नेमकिपाले जस्तै काम गरेको भए देश धेरै अघि बढ्ने या विकास हुने विचार राख्छन् ।
सन्दर्भ : का. शोभा प्रधानको चौथो वार्षिक स्मृति दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *