भर्खरै :

सिन्ह्वाको टिप्पणी – चीनले अमेरिकाविरुद्ध ‘अफिम युद्ध’ सुरु गरेको अनुमान कसले गरिरहेको छ ?

सिन्ह्वाको टिप्पणी – चीनले अमेरिकाविरुद्ध ‘अफिम युद्ध’ सुरु गरेको अनुमान कसले गरिरहेको छ ?

जब जब चीन–अमेरिका सहयोगले वास्तविक प्रगति गर्छ, संरा अमेरिकामा त्यसको गतिलाई कमजोर पार्ने उद्देश्यले बयानबाजी हुने गर्छ । यसै क्रममा फेन्टानिलमाथिको दमन पछिल्लो उदाहरण हो । भर्खरै, संरा अमेरिकामा केही व्यक्तिहरूले फेरि एकपटक फेन्टानिल मुद्दाको लागि चीनलाई दोष दिन थालेका छन् । चीनले संरा अमेरिकालाई भित्रबाट ‘खोक्रो’ पार्नको लागि ‘नयाँ अफिम युद्ध’ छेडेको दाबी गरिएको छ । अप्रिलमा अमेरिकी काङ्ग्रेसको प्रतिवेदनले ‘चीनलाई फेन्टानाइल सङ्कटको अन्तिम भौगोलिक स्रोतको रूपमा’ सिधै निन्दा गरेको थियो । यी आवाजले फेन्टानिलविरुद्ध लड्न चीन–अमेरिका सहयोगलाई कसले कमजोर पारिरहेको छ भनी प्रस्ट पार्छ ।
यस्ता दाबी गर्ने अमेरिकी राजनीतिज्ञहरू शङ्का र भ्रमको मानसिक रोगबाट पीडित देखिन्छन् । तिनीहरूले चीनलाई एक सर्वशक्तिमान, रहस्यमय शक्तिको रूपमा परिकल्पना गर्छन् जसले अमेरिकीहरूलाई नियन्त्रण गर्दछ, उनीहरूलाई अनैच्छिकरूपमा फेन्टानिलको दुरुपयोग गर्न नेतृत्व गर्दछ, जसले ठूलो सङ्ख्यामा व्यक्तिगत र पारिवारिक त्रासदीहरू निम्त्याएको छ । तिनीहरूले सम्भवतः पश्चिमद्वारा सुरु गरेको अफिम युद्धले चीनलाई भएको ठुलो क्षतिको बारेमा सुनेका छन् । त्यसैले, उनीहरूले आफूलाई पीडितको रूपमा चित्रण गर्ने प्रयास गरिरहेका छन् । उनीहरूको नजरमा संरा अमेरिकाको वर्तमान फेन्टानिल सङ्कट चीनको बदलाको कार्य हो ।
यही समयमा, यी अमेरिकी राजनीतिज्ञहरूले चीनको ‘बदला’ अनुचित छ भनेर प्रमाणित गर्ने प्रयास गरिरहेका छन् र तर्क गरिरहेका छन् कि ‘संरा अमेरिका चीनविरुद्धको अफिम युद्धमा भाग लिएको थिएन र अमेरिकालाई फेन्टानिलले गरेको हानि अफिम युद्धमा चीनको लागतभन्दा धेरै छ ।’
भ्रामक तर्क र ऐतिहासिक भ्रमले भरिएका यी टिप्पणीहरूलाई चिनियाँ समाजले हास्यास्पद रूपमा हेरेको छ । तिनीहरूको एउटै कार्य सायद ऐतिहासिक मुद्दाहरूको सन्दर्भमा पश्चिमी राजनीतिक सम्भ्रान्तहरूको दोषी विवेकलाई प्रतिबिम्बित गर्नु हो । चीन अफिम युद्धको शिकार भएको थियो । यी राजनीतिज्ञहरूले अफिम युद्धको अनुभव गरेको चिनियाँ समाजले लागूपदार्थको बारेमा कतिको गहिरोरूपमा विचलित गरेको छ भनेर बुझ्न र मूल्याङ्कन गर्न असफल छन् । एक निश्चित अर्थमा, अफिम युद्ध चिनियाँ समाजमा वर्तमान लागुऔषधविरोधी र शून्य सहनशीलताको एउटा महत्वपूर्ण कारण हो । जब यो लागूऔषधविरुद्धको कुरा आउँछ, चीनसँग सबैभन्दा बलियो दृढ सङ्कल्प, सबैभन्दा अथक नीति र विश्वको उत्कृष्ट रेकर्डहरूमध्ये एक छ । लागूऔषध नियन्त्रणको सन्दर्भमा संरा अमेरिकाले चीनबाट विनम्रतापूर्वक सिक्ने ‘विद्यार्थी’ हुनुपर्छ भन्नु अतिरञ्जना होइन ।
संरा अमेरिकामा फेन्टानिलको समस्या चीनले उत्पन्न गरेको होइन, न त फेन्टानिलको दुरुपयोग चीनबाट सुरु भएको समस्या हो । समस्याको जड यस तथ्यमा निहित छ कि अमेरिकी समाजको लागूऔषध र साइकोट्रोपिक ड्रग्सको मागलाई कानुनी, सुरक्षित र प्रभावकारी माध्यमबाट पूरा गर्न सकिँदैन । संरा अमेरिकामा फेन्टानिल सङ्कट औषधि, विशेषगरी ओपियोइड्सको अत्यधिक प्रिस्क्रिप्सनबाट सुरु भएको थियो । २०२२ मा अमेरिकन एडिक्सन सेन्टरहरूद्वारा प्रकाशित एक अनुसन्धानमूलक लेखले डाक्टरहरूले तोकेको फेन्टानिल लिने बिरामीहरू पनि दुव्र्यसनमा परेका तर केही डाक्टरहरूले समेत बिरामीहरूलाई फेन्टानिलको घातक खुराकहरू लेखिदिएका छन् । अमेरिकामा क्यान्सर उपचारमा गरिएको एक अध्ययनले सङ्केत गरेको छ कि आधा अमेरिकी बिरामीहरूलाई पहिलो स्थानमा फेन्टानिल सिफारिस गरिएको थियो । यो फेन्टानिल मुद्दाको व्यवस्थापनमा अमेरिकाको असफलताको सन्दर्भमा आइसबर्गको (समुद्रमुनि रहेको हिमपर्वतको) टिप मात्र हो । अल जजीराले भनेझैँ यो आफैले निम्त्याएको विपत्ति हो ।
वास्तवमा, अवैध फेन्टानिल १९८० को दशकको सुरुमा अमेरिकी बजारमा प्रवेश गरेको थियो र देशभित्र धेरै अवैध औषध निर्माणशालाहरू पत्ता लगाइएको थियो, तर अमेरिकी राजनीतिज्ञहरूले प्रायः यी ऐतिहासिक तथ्यहरूलाई बेवास्ता गर्छन् । विश्वको जनसङ्ख्याको ५ प्रतिशत मात्र छ तर अमेरिकीहरूले विश्वको ८० प्रतिशत ओपियोइड उपभोग गर्छन्, जुन कुनै पनि व्यावहारिक व्यक्तिले असामान्य हो भनी बुझ्न सक्छ ।
अमेरिकामा फेन्टानिल पदार्थहरूको ठुलो माग सङ्कटको मूल कारण हो । यी औषधिहरूको लागि यो अत्यधिक उच्च घरेलु माग हो जसले अवैध फेन्टानिल बजारको विकासलाई चलायमान गर्छ । अझ त्यही एउटै रसायन धेरै देशहरूमा औद्योगिक र औषधि उत्पादनको लागि मात्र कच्चा माल हो भने किन अमेरिकामा समस्याको स्रोतमा परिणत भयो ? यी मुद्दाहरू हुन् जुन अमेरिकी राजनीतिज्ञहरूले जवाफ दिनुपर्छ ।
फेन्टानिलको दुरुपयोगविरुद्ध लड्न अमेरिकालाई सहयोग गर्ने चीनको मनोवृत्ति इमानदार छ र यसका कार्यहरू व्यावहारिक छन् । हामी अमेरिकासँग लागुऔषध नियन्त्रण सहयोग सुदृढ गर्न र विश्वव्यापी औषधि प्रशासनमा सक्रियरूपमा सहभागी हुन इच्छुक छौँ । यसले प्रमुख शक्तिको रूपमा चीनको उत्तरदायी चरित्र झल्काउँछ । चीन र संरा अमेरिकाको लागुऔषध नियन्त्रण संयन्त्रको द्विपक्षीय र बहुपक्षीय ढाँचामा व्यावसायिक सहयोगको ३० वर्षभन्दा बढीको इतिहास छ ।
गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा दुई राष्ट्र प्रमुखहरूबिचको बैठकपछि, दुवै पक्षका सम्बन्धित विभागहरूले लागूऔषध नियन्त्रण सहयोग पूर्णरूपमा पुनः सुरु गरेका छन् र पर्याप्त प्रगति गरेका छन् । सेप्टेम्बर १ देखि चीनले संयुक्त राष्ट्र औषधि नियन्त्रण संयन्त्रले पहिचान गरेको तीनवटा फेन्टानिल पूर्ववर्तीहरूलाई नियन्त्रण गरिएको पूर्ववर्ती रसायनहरूको सूचीमा थप्यो, तिनीहरूको उत्पादनमा कडा निगरानी लगाइएको छ । यसले चीन–अमेरिका लागुऔषध नियन्त्रण सहयोगमा ‘मूल्यवान पाइला’ को रूपमा चिन्हित भएको छ । यी उपलब्धिहरू सजिलै प्राप्त भएका होइनन् र अमेरिकाले तिनीहरूको कदर गर्नुपर्छ ।
यदि अमेरिकाले साँच्चै फेन्टानिल मुद्दालाई सम्बोधन गर्न चाहन्छ भने उसले सबैभन्दा पहिले चीन र अमेरिकाबिच लागूऔषध नियन्त्रणमा सहकारी प्रयासहरूको सम्मान गर्नुपर्छ । फेन्टानिल मुद्दालाई राजनीतीकरण गर्न छोड्नुपर्छ† जनमतका माध्यमबाट दबाब दिने गैरजिम्मेवार अभ्यास त्याग्नुपर्छ† आफ्नो आन्तरिक द्वन्द्वलाई कम गर्नुपर्छ; लागूऔषध मुद्दा र इमानदारीपूर्वक व्यावहारिक सहयोगमा फर्कनुपर्छ । चीनको सहयोग र समर्थन खोज्दा त्यसलाई एकैसाथ गाली र अपमानजनक लेबल लगाउनुले अमेरिकी फेन्टानिल समस्यालाई समाधान गर्न अझ गा¥हो बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *