चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
मानिसको शरीर असङ्ख्य कोषिकाले बनेको हुन्छ । हरेक कोषिकाको आन्तरिक वंशाणुगत गुण हुन्छ जसले आ–आफ्नो कोषिकालाई कहिले र कति बढ्ने, हुर्किने र कहिले नष्ट हुने भन्ने निर्देशन गरेको हुन्छ । सामान्य कोषिकाहरूले यो निर्देशनलाई मानी आफ्नो कार्य सामान्यरूपमा गरिरहेका हुन्छन् । यिनै कोषिकाको कुनै कारणवस, वंशाणुमा खराबी उत्पन्न भई एक वा सामूहिकरूपमा कोषिकाहरूको अनियन्त्रित विकास हुन्छ जसमा अवगुणयुक्त शक्ति हुन्छ, जसले छोटो समयमै यी कोषिकाको असङ्ख्य वृद्धि भई क्यान्सरमा परिणत गर्दछ । क्यान्सरलाई कर्क रोग र अर्बुद रोग पनि भनिन्छ । यो दीर्घ रोग र नसर्ने रोग हो । क्यान्सर एउटा अङ्गबाट सुरुवात भई विस्तारै नजिकैको स्वस्थ कोषिकालाई पनि क्षति पु¥याउँदै विस्तारै शरीरका अन्य अङ्गमा पनि सर्ने गुण हुन्छ । शरीरका मुख्य अङ्गहरू फोक्सो, पेट, कलेजो, हड्डी, रक्त नलीहरूमा क्यान्सर पैmलिएमा मानिसको चाँडै नै मृत्यु हुने गर्दछ । तसर्थ, विश्वव्यापीरूपमै समयमै उपचार गरेमा यो रोग निको हुने दाबी गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (WHO – World Health Organization) को क्यान्सर एजेन्सी, IARC (International Agency for Research On Cancer) को तथ्याङ्कअनुसार सन् २०२३ मा झन्डै २० मिलियनमा नयाँ क्यान्सर केस रहेको र ९.७ मिलियन व्यक्तिहरूको मृत्यु क्यान्सरको कारण भएको खुलेको छ । प्रत्येक ५ व्यक्तिमध्ये १ व्यक्तिमा क्यान्सर देखिएको, यसमध्ये झन्डै ९ जना पुरुषमा १ पुरुष र १२ जना महिलामा १ क्यान्सर पीडित व्यक्तिको यही रोगको कारणले मृत्यु हुने अनुमान गरिएको छ । मुख्यतया फोक्सो, स्तन र आन्द्राको क्यान्सर धेरै देखिएकोमा फोक्सोको क्यान्सर (Lung Cancer) सबैभन्दा धेरै (१२.४ प्रतिशत) पाइएको छ । दोस्रोमा स्तन क्यान्सर (Breast Cancer) (११.६ प्रतिशत) र तेस्रोमा आन्द्राको क्यान्सर रहेको १८५ वटा देशको खोज तथ्याङ्कले देखाएको छ । यसैगरी, नेपालमा पनि नयाँ क्यान्सरका केसहरू २२००० भन्दा बढी रहेको र १४००० भन्दा बढीको मृत्युको कारण क्यान्सर रहेको २०२२ को तथ्याङ्कले देखाएको छ । नेपालमा पनि सबैभन्दा धेरै फोक्सोको क्यान्सरले नयाँ केसहरूमध्ये १२ प्रतिशत ओगटेको छ । त्यसैगरी, महिलामा पाठेघरको मुखको क्यान्सर (Cervical Cancer), १ लाखमा १६ जनामा पाइएको छ जसमा १ लाखमा १० जनाको मृत्यु हुने गरेको छ । त्यसैले क्यान्सर लाग्नुभन्दा अगाडि नै यो रोगको बारेमा यसका लक्षण, पत्ता लगाउने विधि, बच्ने उपाय र समाधानका बारेमा जान्न विशेष जरुरी छ ।
क्यान्सरका प्रकारहरू :
यो रोग सुरुवातमा कुन अङ्गबाट भएको थियो र कुन प्रकारको तन्तुमा यो रोग लागेको थियो, त्यसको आधारमा विभाजन गरिन्छ ।
१) ठोस अङ्गमा लाग्ने क्यान्सर (Solid Cancer) : करिब ८०–९० प्रतिशत क्यान्सर ठोस अङ्गमा लाग्ने गर्दछ । जस्तै : फोक्सो (Lung), स्तन (Breast), आन्द्रा (Colon), छाला (Skin) क्यान्सर, हड्डी (Bone), संयोजी ऊतक (Connective Tissue Cancer – Sarcomas) क्यान्सर इत्यादि ।
२) रगतको क्यान्सर (Blood Cancer) : यो क्यान्सर रगतका कोषिकामा, रोगसँग लड्ने क्षमता भएको Lymph Nodes (Lymphatic System) मा लाग्ने गर्दछ । जस्तै : लिउकेमिया (Leukemia), लिम्फोमा (Lymphoma), मल्टिपल माइलोमा (Multiple Myeloma) ।
३) मिश्रित (Mixed) : दुई प्रकार वा दुईभन्दा बढी प्रकारका तन्तुहरूमा एकैचोटि क्यान्सर पनि हुने गर्दछ । जस्तै :– कार्सिनोसार्कोमा (Carcinosarcoma), एडिनोस्क्वामस (Adenosquamous Carcinoma) ।
क्यान्सर जसलाई पनि हुन सक्छ तर प्रायः महिलालाई भन्दा पुरुषमा, उमेरमा प्रायः ५०–६० कटेपछि, प्रायः कालो वर्णको पुरुषमा धेरै हुने पाइएको छ र प्रायः American Indians र Alaska Natives महिलावर्गमा पाइएको छ ।
मुख्यतया हुने क्यान्सरहरू :
१) फोक्सो (Lungs Cancer)
२) स्तन (Breast Cancer)
३) पाठेघरको मुखको र पाठेघर (Cervical and Uterine Cancer)
४) रगत (Blood Cancer)
५) प्रोस्टेट (Prostate Cancer)
६) आन्द्रासम्बन्धी (Colorectal Cancer)
७) छाला (Skin Cancer)
८) दिमाग तथा स्नायु प्रणाली (Brain and Spinal Cord Cancer)
९) पिसाब थैली (Urinary Bladder Cancer)
१०) मिर्गौला (Kidney or Renal Cell Cancer)
११) पान्कृयाटिक (Pancreatic Cancer) इत्यादि ।
१२) पेट (Stomach Cancer)
सामान्य लक्षणहरू
१) थकान (Fatigueness)
२) ज्वरो (Fever)
३) भोक कम लाग्ने (Loss of Appetite)
४) राती पसिना आउने (Night Sweats)
५) दुखाइ (Persistent Pain)
६) छालामा परिवर्तन (Skin Changes)
७) वजनको कमी अप्रत्यासितरूपमा (Unexplained Weight Loss)
८) दिसा या पिसाबमा रगत देखापर्नु (Blood in stool & Urine)
९) खकारमा रगत देखिनु (Blood in Sputum), नाकबाट रगत आउनु, शरीरमा रगतका टाटाहरू देखिनु
१०) नयाँ गिर्खा/गाँठोहरू देखिनु (New Lumps / Bumps)
११) तिल कोठी (Skin Mole) को रङ्ग, आकारमा फरक आउनु
१२) अचानक टाउको धेरै दुख्नु, चक्कर आउनु, बेहोस हुनु
यी सबै लक्षण हुँदैमा क्यान्सर नै भयो भन्ने हुँदैन । शरीरमा क्यान्सर भए पनि कुनै पनि लक्षण नहुन/नदेखिन पनि सक्छ तर कुनै कुनैमा यस्ता लक्षण देखिएको थोरै समयमा रोगले विकराल रूप लिइसकेको पनि हुन सक्छ । सबैभन्दा राम्रो भनेको यस्ता लक्षण देखिएको दुई हप्ता वा सोभन्दा बढी भएमा हेलचेक््रयाइँ नगरी तुरुन्त नजिकको अस्पताल अथवा स्वास्थ्यकर्मीको सल्लाह, चेक जाँच गराउनुपर्दछ ।
रोगका कारणहरू वा रोग उत्पन्न गराउन सक्ने जोखिम तत्वहरू मेडिकल अनुसन्धानकर्ताहरूका अनुसार, क्यान्सर हुनुमा धेरै प्रकारका कारण वा जोखिम तत्वहरू हुन सक्ने बताइएको छ । सर्वप्रथम, ५ देखि १० प्रतिशतसम्म यो रोग वंशानुगत हुन सक्दछ ।
१) वंशाणुगत आनुवंशिक उत्परिवर्तन (Inherited Genetic Mutation) :
आफ्नो वंश अर्थात् आफ्नो आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, फुपू, काका, हजुरबुबा, हजुरआमा, कुनै परिवारका एक वा एकभन्दा बढी सदस्यमा पहिले नै क्यान्सर भएमा, एक व्यक्तिमा एक वा एकभन्दा बढी क्यान्सर भएमा, उमेर ५० भन्दा कम भएको व्यक्तिमा क्यान्सर देखिएमा, कुनै पुरुष सदस्यमा स्तन क्यान्सर देखिएमा परिवारका अन्य सदस्यले पनि आफूलाई पनि क्यान्सर हुने सक्ने, हुन लागेको कुरा पत्ता लगाउने समयमै स्क्रिनिङ (Screening) चेकअप गराउन पर्दछ ।
२) हासिल गरेको आनुवंशिक उत्परिवर्तन (Aquired Genetic Mutation) :
यो परिवर्तन जीवनको कुनै पनि समयमा हुन सक्दछ । निम्न जोखिमहरूका कारण यो परिवर्तन चाँडो हुन सक्छ जसले क्यान्सर निम्त्याउँछ ।
क) धूमपान तथा मदिरापान (Smoking & Drinking Alcohol) :
धूमपान क्यान्सर निम्त्याउने अग्रणी कारण हो । यसमा ७०,००० किसिमका केमिकलहरू हुन्छन्, जसमा करिब ७० वटा केमिकलले हाम्रो शरीरको कोषिकामा रहेको आनुवंशिक तत्वलाई बिगार्ने र परिवर्तन गरी कालान्तरमा क्यान्सरमा परिणत गर्न प्रमुख भूमिका खेलेको हुन्छ । धूमपानले फोक्सो, पेट र पेटको ग्रन्थीको क्यान्सर गराउँदछ । धूमपानले आफूमात्र होइन आफू नजिक रहेको चुरोटको धुँवा तान्ने व्यक्तिलाई पनि क्यान्सर गराउन सक्दछ जसलाई (Second Hand Smoking) भनिन्छ । चुरोट छोडेको ६ महिनापश्चात् नै हाम्रो शरीरमा सकारात्मक परिवर्तन आउने हुनाले चुरोट आजैदेखि छोडी अन्य रोगबाट पनि बच्न सक्छौँ । अझ मदिरामा त, सिधै क्यान्सर गराउने तत्व (Group 1 Carcinogen) भन्ने कुरा पाइन्छ जसले मुख, घाँटी, खाना जाने नली, पेट, आन्द्रा, कलेजो, स्तन र मलाशयको पनि क्यान्सर गराउँदछ । चुरोट र रक्सीजस्ता चिजले स्वास्थ्यमा कुनै फाइदा गर्दैन । आजैदेखि विचार पु¥याउनु राम्रो हुन्छ ।
ख) वातावरण (Environmental Factors) :
कीटनाशक औषधि, पानी, माटोमा पाइने Radin Gas, केमिकल (Asbestos), घरायसी साधनहरूमा कोटिङ (Coating) को रूपमा प्रयोग गरिने चिजले पनि क्यान्सर हुनसक्छ ।
ग) कुपोषण (Malnutrition) :
धेरै चिनियुक्त, चिल्लो, पोलेको, डढेको, बासी, बट्टामा प्याक गरिएको, प्लास्टिकमा प्याक गरिएको खानेकुराले पनि क्यान्सर गराउन मद्दत गर्दछ ।
घ) हर्मोनको प्रयोग :
कुनै समस्याका कारण लामो समयबाट हर्मोनल थेरापी (Hormonal Therapy) मा रहेका महिलाहरूमा पाठेघर र स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
ङ) विकिरण (च्बमष्बतष्यल) :
अनावश्यकरूपमा शरीरलाई घातक मात्रामा धेरै विकिरणमा अनावरण हुनुले पनि क्यान्सरको खतरालाई बढाउँछ । जस्तै :– सूर्यको UV (Ultraviolet Radiation) र अन्य उपकरणका हानिकारक Radiation विकिरणहरू ।
रोग पत्ता लगाउने विधि (Diagnosis)
सबैभन्दा पहिले डाक्टरसँग सही परामर्श र सम्पूर्ण शरीरको चेक गराउनुपर्दछ । त्यसपछि आफ्नो रोगका लक्षणहरूको पनि सही पहिचान गरी अन्य टेस्ट (त्भकत) हरू गराइन्छ ।
१) रगतको जाँच (Blood Tests) :
रगतको माध्यमबाट सामान्य जाँचदेखि त्यसमा कुन खालका क्यान्सर तत्वहरू (Tumour Marker) जाँच गराउन सक्छौँ । स्तन, पाठेघरको मुखको, पेटको, आन्द्राको क्यान्सर पत्ता लगाउन सकिने खालको जाँच गर्न मिल्दछ ।
२) सिटिस्क्यान, भिडियो एक्सरे, एमआरआई (CT Scan, USG, MRI) बाट कुन अङ्गमा क्यान्सर पलाएको भनेर पत्ता लगाउन सकिन्छ ।
३) बायोप्सी (Biopsy) :
मासु, गिर्खा, डल्लो पलाएको ठाउँबाट सुई अथवा शल्यक्रियाको माध्यमबाट सानो मासुको टुक्रा या तरल पदार्थ निकाली क्यान्सर हो कि होइन भनी ल्याबमा लगी चेक गराइन्छ ।
४) आनुवंशिक जाँच (Genetic Testing) :
वंशानुगतरूपमा भएको क्यान्सर सुनिश्चित गर्न यो जाँच गरिन्छ । यो रगत र बायोप्सीको जाँचबाट ल्याबमा लगी चेक गरिन्छ ।
५) तार्गेट थेरापी (Target Therapy) :
जहाँनिर कोषिका बिगार्ने खालको आनुवंशिक तत्व हुन्छ, त्यसलाई त्यही नष्ट गरिन्छ ।
६) हर्मोन थेरापी (Hormone Therapy) :
क्यान्सर बढाउने हर्मोन नियन्त्रण गर्नको निम्ति हर्मोन थेरापी गरिन्छ । जस्तै :– प्रोस्टेट क्यान्सर ।
७) बोन म्यारो टा«न्सप्लान्ट (Bone Marrow Transplant) :
ब्लड् क्यान्सर, बोन म्यारो (हड्डीभित्रको लेदो) जसमा नयाँ स्वस्थ कोषिका बनाउने क्षमता हुन्छ, अत्याधुनिक प्रविधिले टा«न्सप्लान्ट गरिन्छ ।
यी उपचारका विधि, डाक्टरको सल्लाहबमोजिम एउटा, दुइटा वा तीनओटा विधि सँगसँगै गराउनुपर्ने हुनसक्छ । जस्तैः– कुनै क्यान्सरमा शल्यक्रियामात्र गरे पुग्छ, कुनैमा शल्यक्रिया र रेडियसन थेरापी र कुनैमा पालैपालो यी सबै विधि अपनाइन्छ ।
उपचारका असरहरू :
यी सम्पूर्ण उपचारको आ–आफ्नै साइड इफेक्ट्स (Side Effects) हरू हुन्छन् जुन उपचार सँगसँगै देखिएमा डाक्टरको सल्लाहबमोजिम त्यसको पनि उपचार गरिन्छ । व्यक्तिको वजन (Weight) र उचाइ (Height) अनुसार उपचार विधिको मात्रा मिलाइएको हुन्छ तर पनि उल्टी आउने, थकित हुने, पखाला लाग्नेजस्ता असरहरू पनि उपचार डाक्टरको निगरानीमा गरिन्छ ।
क्यान्सरबाट बच्ने उपायहरू (Preventions)
१) धूमपान र मदिरापान नगर्ने, सुर्तिजन्य पदार्थ सेवन नगर्ने ।
२) सन्तुलित भोजन सेवन गर्ने ।
३) पोलेको, चिल्लो, सडेगलेको बासी खाना नखाने ।
४) आफ्नो वजन, तौल नियन्त्रण गर्ने ।
५) यौनजन्य क्रियाकलापबाट हुने सङ्क्रमणबाट बच्ने ।
६) नियमितरूपमा व्यायाम गर्ने ।
७) नियमितरूपमा स्वास्थ्य परीक्षण गर्ने ।
८) नियमितरूपमा आफ्नो स्तन आफैँ जाँच गर्ने (Self Breast Examination)
९) बच्चाको आमाले नियमितरूपमा बच्चालाई ६ महिना – २ वर्षसम्म स्तनपान गराउने ।
१०) हानिकारक विकिरणबाट बच्ने ।
११) नियमित खोपका साथै ९ वर्षदेखि ४५ वर्षसम्मका महिलाहरूले HPV विरुद्धको खोप (HPV Vaccine), पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने ।
विश्व क्यान्सर दिवस हरेक वर्षको फेबु्रअरी ४ मा मनाइन्छ । यो वर्षको विश्व स्वास्थ्य सङ्गठन (WHO) को क्यान्सर दिवस २०२४ को नारा रहेको छ ‘Close the Care Gap’ अर्थात् ‘हेरचाहको अन्तरलाई बन्द गर्नू’ । यो नाराले विश्वका सम्पूर्ण जिम्मेवार व्यक्तिहरूलाई एक साथ आई यो विश्वकैै चुनौतीको रूपमा विस्तार भएको यस क्यान्सर रोगको रोकथाम, सचेतना, उपचार र उचित व्यवस्थापनमा हातेमालो गरी सहयोग गर्नुपर्ने कुरालाई प्राथमिकता दिएको छ । किनभने, कुनै अनाधिकृत सूचनाको पछि नलागी समयमै रोग पत्ता लगाई उचित उपचार गरेमा यो रोग पूर्णरूपमा निको हुन्छ र यो हामी सम्पूर्णको दायित्व र अधिकार पनि हो र यसको उपचार देशमै सम्भव छ । आउँदो २०२५–२०२७ सम्मको लागि नारा भने ‘United by Unique’ अर्थात् ‘अद्वितीय माध्यमबाट एकीकृत’ रहेको छ । प्रत्येक क्यान्सर पत्ता लागेसँगै प्रत्येक व्यक्तिको अनुभव फरक–फरक अद्वितीय हुन्छ, जसको अनुभवबाट हामीले उहाँहरूलाई उपचारको क्रममा चाहिने आफ्नै किसिमको आवश्यकताबारे हामीले जानेर त्यसै किसिमको सेवा र उपचार दिएर क्यान्सर पीडितको जीवनलाई सहज, सरल र गुणस्तर प्रदान गर्न सक्नेछौँ र क्यान्सर उन्मूलनमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ । किनभने क्यान्सर एउटा रोग मात्र होइन, पीडितको लागि यो अत्यन्त व्यक्तिगत कुरा हो ।
विश्वमा विभिन्न देशमा भने यो रोगको उपचारका निम्ति निःशुल्क सेवाको पनि व्यवस्था छ भने नेपालमा यो रोग पत्ता लागिसकेपछि यसको उपचारका लागि नेपाल सरकारले विपन्न सेवा अन्तर्गत रु. १ लाखदेखि १ लाख पचास हजारसम्मको सुविधा दिँदै आए तापनि, यतिले क्यान्सर पीडितलाई भने पूर्ण राहत नहुने देखिन्छ ।
– ‘डि डन’ बुलेटिन
०८१ पुसबाट
Leave a Reply