भर्खरै :

चे, फिडेलको संस्मरणमा – १३

चे, फिडेलको संस्मरणमा – १३

पाठ ६

उनलाई केले प्रभाव पारेको हुनसक्छ ? त्यसमा मेरो एउटा मत छ । उनलाई अर्को समूहको मृत्युबाट गहिरो आघात पुगेको हुनुपर्ने मेरो विचार छ । तिनीहरूको मृत्युको खबर हामीले विभिन्न समाचारबाट थाहा पायौँ । तिनीहरूले कसरी यो घटना घट्यो भनी वर्णन गरे । हाम्रो आफ्नो अनुभवबाट हामी त्यो समाचार सही र सत्य भएको निष्कर्षमा पुग्यौँ । तमारा (Tamara) जोआक्वीन (Joaquin) लगायतका सम्पूर्ण टोली मारिएको थियो । तर, चेले यसमा विश्वास गरेनन् । उनको डायरीबाट महिनौँसम्म उनले यसलाई विश्वास नगरेको प्रस्ट हुन्छ । त्यो पनि एउटा सेनाको अर्को एउटा झूट भनी उनले सोचे किनभने तिनीहरूले धेरै झूटा प्रतिवेदनहरू बनाएका थिए । हाम्रो सन्दर्भमा जब हामीले यी समाचारहरू सुन्यौँ हामी तत्कालै यो सत्य भएको कुरामा विश्वस्त भयौँ ।
अर्को समूहसँग सम्बन्ध राख्ने प्रयासमा गरिएका सबै प्रयास र यात्राहरू असफल भएपछि अर्को समूहको अस्तित्व नरहेको तथा त्यो समूहसँग भेटघाट नहुने कुरा प्रस्ट भएपछि उनी पूरा विश्वस्त भए तथा सामाजिक आधार भएको एउटा क्षेत्रतर्फ अगाडि बढ्न सुरु गरे । त्यसबेलासम्ममा उनीसँग केही राम्रा बोलिभियाली कार्यकर्ताहरू थिए जसले आफूलाई योग्य भएको प्रमाणित गरेको थियो । यो सही निर्णय थियो । उनको बाँच्ने सम्भावना थियो ।
अन्य कामरेडहरूको मृत्युले उनलाई कति असर पार्यो ? अन्त्यमा उनले केही असावधानीपूर्वक काम गरेको मेरो विश्वास छ । तिनीहरू एउटा बाटोमा हिँडिरहेका थिए तथा एक ठाउँमा, उच्च भूमिमा रोकेर उनले भने, “रेडियो बेम्बा (Radio Bemba) हाम्रो अगाडि छ, हरेक व्यक्तिले हाम्रो अपेक्षा गरिरहेको छ ।” उनले धेरै वा थोरै यही कुरा बोले । यो कुरा उनको डायरीमा पनि पढ्न सकिन्छ । तिनीहरू एउटा सार्वजनिक सडकतर्फ अगाडि बढ्ने बाटोमा हिँडिरहेका थिए । उनी एक ढिस्कोमा पुगेर आफ्नो डायरीमा लेखे, “हाम्रो आक्रमणलाई रेडियो बेम्बाले घोषणा गरिरहेको छ ।” अर्थात्, हरेक व्यक्ति तिनीहरूलाई पर्खिरहेका थिए । जोआक्वीन (Joaquin) को एकाइ मारिसकिएको भन्ने कुराले उनको दिमागमा प्रभाव पारेको मेरो विचार छ । म उनलाई राम्ररी चिन्थेँ, कुनै पनि कुरालाई उनी कसरी लिन्थे भन्ने कुरा मलाई थाहा थियो । मलाई लाग्छ, त्यो क्षणमा उनी आफ्नो प्रवृत्तिअनुरूप, केही हदसम्म असावधानीका साथ काम गरिरहेका थिए ।
उनी अगाडि बढिरहे । दिउँसो उनी नगरमा प्रवेश गरे । उनले त्यसलाई खाली पाए । खाली नगरको अर्थ त्यहाँ केही घटना घट्नुको सङ्केत हो । एउटा लडाइँ हुन गइरहेको जनताले थाहा पाए । यस्तो परिस्थितिमा कुनै पनि सेना बाटोमा अन्यत्र कहीँ पर्खन्छ र धराप (Ambush) बिछ्याउँछ । त्यस्तै उजाड पहाडहरूमध्ये एउटामा दिउँसो छापामार समूह सेना त्यहाँ नरहेको बेला जस्तै अगाडि बढ्न थाले । दिउँसो उनीहरू एम्बुसमा परे, धेरै मानिस मारिए । यो एउटा गम्भीर प्रहार थियो ।
समूहमा केही बिरामी मानिस र एक बिरामी चिकित्सक थिए । यसबाट तिनीहरूको आन्दोलनमा अवरोध आउने भए तापनि चेले तिनीहरूलाई सँगै लानमा जोड दिए । यस्तो परिस्थितिमा कहिलेकाहीँ हामी पनि एउटा ठाउँ खोज्छौँ जहाँ हामीहरू एक बिरामी व्यक्ति, हिँड्न नसक्ने व्यक्तिलाई छाड्छाँै, जहाँ तिनीहरूको हेरचाह होस् । चे यस्तै सम्भावनाको लागि हेरिरहेको हुनुपर्दछ । तर, अगाडि बढ्ने टोली उनले पहिले नै गुमाइसकेका थिए । तिनीहरूलाई उपत्यकामा पासोमा पारिएको थियो र मरेकाहरूमा केही राम्रा बोलिभियालीहरू पनि थिए । मर्नेहरूमध्ये एक व्यक्ति पेरेडो (Peredo) दाजुभाइमध्ये एक थिए जसले बोलिभियाली कार्यकर्ताको रूपमा आफूलाई पहिचान गराएका थिए ।
त्यो आक्रमणले चेलाई एउटा कठिन परिस्थितिमा पारेको थियो । निरन्तर सङ्घर्ष गरेर उनी महिनौँसम्म सेनाको पहुँचबाट बच्न सफल भए ।
उनले धेरै साहसिक कार्यहरू गरे । तर, अहिले उनले आफूलाई अत्यन्त गा¥हो परिस्थितिमा पाए । उनैलाई शत्रुले देखिसकेको थियो, उनीमाथि आक्रमण भएको थियो, उनी घाइते थिए । उनको राइफल नष्ट गरियो, उनलाई बन्दी बनाइयो र नजिकैको एउटा ठाउँमा लगियो ।
केही बोलिभियाली कार्यकर्तालगायतका २० जना मानिसका साथ उनी अगाडि बढिरहँदा यदि उनीहरू आफूले खोजेको जस्तो ठाउँमा पुगेका भए तिनीहरूको बाँच्ने र छापामार आन्दोलन विकास गर्ने सम्भावना थियो । त्यसबेलासम्म चेले थाहा पाएका सबै परिस्थितिहरूको मूल्याङ्कन र हाम्रो अनुभवबाट त्यो सम्भावना रहेकोप्रति हामी निश्चिन्त छौँ । दिउँसो ती उजाड पहाडहरूमा एउटा सार्वजनिक बाटोमा अगाडि बढेपछि र अगाडि हिँड्ने टोली धराप (एम्बुस) मा परेपछि सबै कुरा परिवर्तन भयो ।
उनी केही कुराबाट धेरै प्रभावित भएको हुनुपर्दछ । उनी मृत्युप्रति अटेरी थिए । केही क्षणहरूमा कहिलेकाहीँ उनी मृत्युको खोजीमा आफै अगाडि बढ्थे । त्यस्तो परिस्थितिमा उनी सावधानीपूर्वक अगाडि बढ्नुपथ्र्यो, बाटोबाट उत्रेर अन्य ठाउँहरू खोज्नुपथ्र्यो र तिनीहरू राती हिँड्नुपथ्र्यो । एम्बुस राति परेको भए यसले त्यति धेरै नोक्सानी गर्ने थिएन । शत्रुले रातिको अँध्यारोमा गोली हानिरहेको हुन्थ्यो र प्रकाश वा अन्य कुनै सङ्केतबाट तिनीहरूको पत्तो पाउन सकिन्थ्यो । मलाई लाग्छ, त्यो क्षण चेको व्यक्तित्वमा केही तत्वहरूले घटनाक्रममा प्रभाव पार्यो । म उनलाई राम्ररी चिन्थेँ र मैले एकपटकभन्दा बढी उनको डायरी पढेको छु ।

मियानी मिना : यस्तो अवस्थामा तपाईँले उनलाई सहयोग गर्न सकिने केही कुरा थियो ? उनको महान् सङ्घर्षको अन्तिम चरणमा ?
क्यास्ट्रो : यो असम्भव थियो । हामी के गर्न सक्थ्यौँ ? एउटा टोली, कम्पनी सेना पठाउने ? छापामार युद्धका नियमहरू फरक छन् । हरेकका छापामार एकाइले के गर्छ त्यसमै भर पर्छ । तिनीहरूले त साँच्चिकै एउटा स्मरणीय सङ्घर्ष गरे । कुनै दिन तिनीहरूको उपलब्धिलाई बढी उद्देश्यमूलक रूपमा मूल्याङ्कन गरिनेछ । बोलिभियाली सेना आफैले पनि आफ्ना वर्णनहरूमा उनको उल्लेख गरेका छन् । एक जनरल छ, गेरी प्राडो (Gary Prado), मैले उनको पुस्तक ‘मैले कसरी चेलाई गिरफ्तार गरेँ’ पढेको छु । सो पुस्तकमा आधिकारिक दृष्टिकोण उल्लेख छ तर उनले आफ्नो शत्रुप्रतिको आफ्नो सम्मानलाई लुकाएका छैनन् ।
सेनासँग धेरैपटक भिडन्त भयो । हामीले गरेजस्तै के गर्नुपर्छ भन्ने कुरा उनलाई थाहा थियो । सियरामा पुग्दा हामी पनि छरिएका थियौँ । हामीले ७ वटा राइफल जम्मा गर्न सफल भयौँ । हामीले पुनः सियरा मायस्ट्रामा सङ्घर्ष गर्यो, जहाँ हामी कसैलाई चिन्दैनथ्यौ र हामीसँग ७ वटा राइफलमात्र थियो । हाम्रो सङ्ख्या २० पुग्यो । हामी गम्भीर समस्या बन्यौँ । चे अनियमित सङ्घर्षको सम्भावनाप्रति विश्वस्त थिए, कसरी यस्तो गर्नुपर्छ उनलाई थाहा थियो ।
यस्तो परिस्थितिमा छापामार एकाइ आफूमा भर पर्दछ । यसले विदेशबाट सहयोगको आशा गर्न सक्तैन र पाउन पनि सक्तैन । त्यस्तो सहयोग व्यावहारिक रूपमा असम्भव छ । यो सम्भव थिएन, गोप्य सहयोग पनि सम्भव थिएन, सम्पूर्ण समर्थन सञ्जाल टुटिसकेको थियो । त्यस क्षणमा हरेक कुरा उनीहरूको क्रियाकलापमा भरपथ्र्यो । यही कारणले गर्दा यहाँ परम्परागत युद्धका सूत्रहरू पठाइएका, आउनेजाने सैनिक टोलीको अनुमान यहाँ लागु हुँदैन । त्यो सबै कल्पना हो ।

गियानी मिना : राष्ट्रपति क्यास्ट्रो चेको मृत्युको नाटकीय क्षणमा तपाईँँको विषयमा एउटा कथा युरोपमा फैलियो । न्युजर्सीको ग्लासबोलो (Glassboro) मा सोभियत प्रधानमन्त्री कोमसी गीन (Komosy Gi) र अमेरिकी राष्ट्रपति जोन्सनबिच शिखर सम्मेलनपछि संरा अमेरिका र सोभियत सङ्घले एसिया र ल्याटिन अमेरिकामा युद्धविराम गर्ने निर्णय लिएको अनुमान गरियो । यही कारणले क्युवा बोलिभियामा रहेका चेलाई मद्दत गर्न असक्षम भयो ।
क्यास्ट्रो : युरोपमा फैलिएका धेरै हल्लाहरू र कल्पनाहरूप्रति म आश्चर्यचकित छु । युरोप विश्वमै सबभन्दा थोरै सुसूचित क्षेत्र हो भन्ने कुरामा म विश्वास गर्न बालेको छु ।

गियानी मिना : यो हुनसक्छ ?
क्यास्ट्रो : त्यो बैठकको विषयमा मलाई सम्झना छैन । भियतनाम युद्ध आफ्नो चरम चुलीमा थियो र चेको क्रियाकलाप जारी थियो । ती दुई घटनाको एक आपसमा कुनै सम्बन्ध थिएन । यसमा सोभियत सहभागिता थिएन । छलफल गरिएको रणनीतिको कुनै प्रश्नै थिएन । बफादारीका साथ हामीले चे मागेका सहयोग, उनले मागेका कामरेडहरू, उनले अनुरोध गरेका सहकार्यहरू हरेक कुरा दियाँै । हामीले आफ्नो वचन पूरा गयौँ ।
हामी के चाहन्थ्यौँ त भने चेले केही समय पर्खून् । एक विकसित छापामार मोर्चा स्थापना नभएसम्म चेले पर्खिऊन् भन्ने हामी चाहन्थ्यौँ । तर, हामी यो निर्णय उनीमाथि लान सक्तैनथ्यौँ ।
हामीलाई थाहा थियो कि हामीले राजनीतिक समस्याहरू, राज्य समस्याहरू, निन्दाहरू, हरेक प्रकारका हल्लाको सामना गर्नुपर्नेछ । तर, हामीले उनलाई दिएको वचन पूरा गर्न यस्तो असुविधा सहन पनि स्वीकार्यो । हामीले त्यो प्रतिबद्धताको सम्मान ग¥यौँ । हामीले यसलाई सम्मानमात्रै गरेनौँ । उनले गरेको काममा हामी विश्वस्त थियौँ र उनले जे सोचेका थिए त्यो पूरा गर्न सक्ने हाम्रो विश्वास थियो ।
सफलता वा असफलताले कुनै पनि बाटो सही भए वा नभएको कुरा औल्याइँदैन भन्ने कुरा मैले सधैँ भन्दै आएको छु । हाम्रो सङ्घर्षको क्रममा हामी सबै मर्न सक्थ्यौँ, हामी धेरैपटक मृत्युको सङ्घारमा थियौँ । यदि हामी मरेको भए धेरैले हामी गलत थियौँ भन्ने थिए । मलाई लाग्छ, यदि हामी मरेकै भए पनि त्यसले हामी गलत भएको प्रमाणित गर्दैनथ्यो । मलाई लाग्छ, हाम्रो बाटो सही थियो । विभिन्न तत्वहरू, भाग्यले अनुमान गर्न नसकिने कठिनाइहरूले हस्तक्षेप गर्यो र हामी आश्चर्यजनक तरिकाले ती कठिन दिनहरूमा बाँच्यौँ । त्यो अर्को एउटा लामो कथा हुनेछ । तर यस्तो परिस्थितिहरूमा सफलता कुनै पनि बाटो सही भए वा नभएको कुराको मापक हो भनी भन्न सकिंदैन । केही तत्वहरूले नराम्रो परिणाम निम्त्यायो तर चेको बाटो सही भएकोमा म कुनै प्रश्न उठाउन चाहन्नँ । प्रारम्भिक खतरनाक चरणमा उनी सामेल नहुन, पहिलो चरण पार गरिसकेको आन्दोलनमा एक रणनीतिज्ञ, एक राजनैतिक र सैनिक रूपमा समूहमा सामेल होऊन् भन्ने म चाहन्थेँ ।
चेको साहस र गुणको महत्वको कारण हामीले आफ्नो युद्धमा उनलाई धेरै महत्वपूर्ण अभियानहरू दियौँ । हामीले उनलाई यो अभियान दिएनौँ । यो विचार, योजना, हरेक कुरा उनको आफ्नै थियो । हामीले उनको विचार, योजना बाँड्यौँ किनभने उनको विचार सही भएको हाम्रो धारणा थियो । उनी त्यो काम गर्न सक्थे । म निष्कर्षमा पुग्दिनँ किनभने केही तत्वहरूले प्रभाव पार्यो र परिणाम स्वरूप छापामार एकाइ पराजित भयो र चेको मृत्यु भयो, उनको बाटो गलत भएको हुँदा उनको मृत्यु भएको निष्कर्षमा पुग्न म गइरहेको छैन । सफलता वा असफलताबाट कुनै पनि सिद्धान्तको सहीपना नाप्न सकिंदैन । मेरो विचार यो एउटा गलत मापदण्ड हुनेछ ।
यही एउटा मात्र उदाहरण होइन । हामीले यस्तै अर्को एउटा विषय देखेका छौँ । एक साहसी व्यक्ति फ्रान्सिस्को कामानो (Francisco Camano) ले पनि आफ्नो देश डोमिनिकन गणतन्त्रमा फर्कने अधैर्यतालाई पन्छाउन सकेनन् र त्यस्तै गरे । मैले उनीसँग धेरै कुराकानी गरेको थिएँ । म उनलाई राम्ररी चिन्थेँ ।
आफ्नो अधीरताको कारण मृत्यु अँगाल्ने दुई महान् कार्यकर्ताहरूको विषयमा मलाई थाहा छ । यहाँ मृत्युको मात्रै विषय चलिरहेको छैन । मृत्युले ल्याएको निराशा मुख्य कुरा हो । दुई महान् कार्यकर्ता तथा दुई महान् क्रान्तिकारीहरू यसरी मर्नु दुःखद कुरा हो । कामोनोसँग चेको भन्दा पनि थोरै सम्भावना थियो । कामोनो एक राम्रा सैनिक थिए र प्रशिक्षित थिए । तर परिस्थिति धेरै कठिन थियो र समूह पनि सानो थियो । यी मूल्यवान कार्यकर्ताहरू बढी उपयुक्त क्षणको लागि सुरक्षित रहेको हेर्न हामी चाहन्थ्यौँ ।
हामीले हाम्रो दृष्टिकोण उनीहरूमाथि लादेनौँ । उनीहरूको वीरतापूर्ण कामलाई रोकेनौँ पनि । हाम्रो विश्वास र मैत्री सम्बन्ध राम्रो थियो । हामीबिच अन्त्यसम्म पनि गहिरो र विश्वासिलो मित्रता भएको कारण चे मेरो दृष्टिकोण र मेरो धारणाहरूमा बढी ध्यान दिन्थे । यो उनको विचार थियो । आफ्नो विचारअनुसार अगाडि बढ्नबाट रोक्नु हाम्रो सम्बन्धभन्दा बाहिरको कुरा थियो । राज्यको कारणले पनि मैले उनीमाथि आफ्नो विचार लादिनं ।
हामीले उनलाई मद्दत ग¥यौँ । हामीले सम्भव ठानेको कुराको लागि हामीले मद्दत ग¥यौँ । हामीले असम्भव ठानेको, विश्वास नगरेको कुरा भए हामी उनलाई मद्दत गर्न सक्षम हुने थिएनौँ किनभने उनलाई त्यो कुरा सम्भव नभएको, त्यसो गर्न नसकिने, त्यो अभियानमा कामरेडहरूलाई बलिदान गर्न नसकिने बताउनु हाम्रो कर्तव्य हुने थियो । तर, उनले त्यही गरे जुन उनले सोचे । मैले पनि त्यसमा विश्वास गरेँ ।
मैले फरक ढङ्गले गरेको एउटै मात्र कुरा छ । उनको जस्तो गुण र रणनीतिक महत्व भएको कार्यकर्ता सङ्घर्षमा सामेल हुनुपूर्व एउटा बलियो आन्दोलन तयार नभएसम्म उनले पर्खनुपथ्र्यो । प्रारम्भिक चरणमा उनले सहभागी हुनहुँदैनथ्यो । तथ्यले पनि यो सबभन्दा कठिन र खतरनाक चरण प्रमाणित गरेको छ र यही चरणमा उनको मृत्यु भयो ।

गियानी मिना : बोलिभियाली अधिकारीहरूले चेको शव किन फिर्ता दिएनन् ? उनको मृत्युपछि पनि के तिनीहरू उनीदेखि तर्सन्थे ?
क्यास्ट्रो : जनताले सम्मान गर्ने र भ्रमण गर्ने स्थल स्थापना हुनबाट रोक्न तिनीहरू चेको शवबाट छुटकारा पाउन चाहन्थे ।
हामीलाई अहिले पनि थाहा छैन । तिनीहरूले चेको शवलाई के गरे वा त्यो कहाँ छ ? या कुरा कहिल्यै स्पष्ट पारिएन । उनका धेरै सामान र कुराहरू भेटिएका छन् । धेरै विषयमा समान दुवै पक्षका विवरणहरूबाट भएको हरेक कुरा हामीलाई थाहा छ । तर, चेलाई कहाँ गाडियो भन्ने कुरा अझै हामीलाई थाहा छैन । तिनीहरू चेलाई गायव पार्न चाहन्थे । अमेरिकीहरू पनि यस्तै चाहन्थे ।
तथापि चे सम्पूर्ण विश्वको लागि नै एक महान् प्रतीक, वीर र क्रान्तिकारी व्यक्तिको उदाहरण बनेको छ । तेस्रो विश्वमा र औद्योगिक विश्वमा पनि उनी योद्धा र क्रान्तिकारीको एक उल्लेखनीय उदाहरण बने । उनको विचार, चेको यो छवि न्यायोचितबिनाको होइन ।

गियानी मिना : चेको मृत्युसँग सम्बन्धित धेरै संयोगहरू छन् । बोलिभियामा उनको हत्यामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न १६ वा १७ व्यक्तिहरू मरेका छन् र परिस्थिति प्रस्ट छैन ।
क्यास्ट्रो : उनको हत्यामा भूमिका खेल्ने व्यक्तिहरू यसरी मरेको देखिन्छ । सम्भावना के भने कसैले पनि सङ्गठित रूपमा यो काम गरेन । घृणित रूपमा काम गर्नेहरूमाथि न्याय गर्न जनताले स्वस्फूर्त रूपमा यो काम गरेका हुन् । मैले चेविरुद्ध लड्ने सैनिकहरूको कुरा गरिरहेको होइन । सूचना उपलब्ध गराउने, विश्वासघाती, शत्रुका बफादार व्यक्तिहरूको कुरा गरिरहेको छु ।

गियानी मिना : त्यो किसान जसले …..
क्यास्ट्रो : मलाई लाग्छ, उसको नाम होनोराटो (Honorato) हो ।

मियानी मिना होनोराटो रोजास् (Honorato Rojas)

क्यास्ट्रो : मैले यो विषयमा बोलिभियाली जनरल गेरी प्राडोले लेखेको पुस्तकमा पढेँ । उनी एक अस्वीकार्य व्यक्ति बनेका छन् । उनी अहिले वाशिङ्गटनमा सैनिक कूटनीतिज्ञ छन् । उनले एक उद्देश्यमूलक र सम्मानजनक पुस्तक लेखे । तथापि, त्यसमा बोलिभियाली सेनाको धेरै प्रशंसा गरिएको छ । तर म उनलाई एक बोलिभियाली सैनिकको आफ्नो संस्थाप्रतिको भावनालाई अस्वीकार गर्दिनँ । बोलिभियाली सेना राम्ररी प्रशिक्षित थिएनन् । त्यो समयमा उसले धेरै अनुभव प्राप्त गरिरहेको थियो, त्यसमा कुनै विवाद छैन । अमेरिकीहरूले उल्लेख्य प्रयास गरे, आफ्नो प्रशिक्षित योजनालाई तीव्र गरे किनभने तिनीहरू चेलाई नष्ट गर्न चाहन्थे ।

गियानी मिना : तपाईँँ र चे जस्ता आत्मसंयमी दुई व्यक्तिहरूले अन्तिम समयमा एक अर्कोलाई देख्दा कसरी अभिवादन गर्नुभयो ? पुराना साथीहरूलाई झैँ अङ्गालो मार्नुभयो वा हात मिलाउनुभयो ?
क्यास्ट्रो : हामीले एक अर्कालाई धेरैपटक देखेका थियौँ । न्यानोपना र स्नेहका साथ धेरै भावुकता नभएको अङ्गालो, किनभने हामी दुवै धेरै भावुक थिएनौँ । उनी थिएनन्, म पनि थिइनँ। तर हामी कुनै पनि कुराहरूलाई गहिराइपूर्वक अनुभव गथ्यौँ धेरै विश्वासपूर्वक । हामीले धेरैपटक कुराकानी ग¥यौँ । उनले आफ्नो समूहलाई प्रशिक्षण दिइरहँदा म धेरैपटक उनलाई भेट्न गएँ । तिनीहरूले पिनार डेलरियो (Pinar Delrio) को प्रान्तमा धेरै महिना बिताए ।

मियानी मिना : उनले क्युवा छाडेको दिनमा ?
क्यास्ट्रो : उनले क्युवा छाडेको दिन मैले एउटा ठट्टा गरेँ । उनले क्युवा छोड्ने दिन मैले पार्टीका धेरै सदस्य, सबभन्दा बढी विश्वसनीय कामरेडहरूलाई एक आगन्तुकसँग खाना खान निमन्त्रणा गरे । त्यो आगन्तुक रूप बदलेका चे थिए । उनको नयाँ छद्म रूपमा कसैले उनलाई चिनेनन् । उनले क्युवा छाड्नुभन्दा एकदिन पहिले हवानामा एउटा घरमा चेले केही अन्य व्यक्तिहरूसँगै खाना खाए र तीमध्ये कुनै पनि कामरेडहरूले चेलाई चिनेनन् । खान खान आउने कामरेडहरूलाई उनी चे भएको बताउनुपथ्र्यो । यसप्रकार उनले क्युवा छाड्दा उनी पूर्ण तयारीमा थिए । कसैले उनलाई चिनेनन् । यसरी उनले क्युवा छाड्नुभन्दा पहिले हामी कामरेडहरूसँग ठट्टा गथ्यौँ ।
गियानी मिना : तपाईँँले बताउनुभएको सबै कुराको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु । तपाईँको शब्दमा हाम्रो समयको केही इतिहास हामी बाँचिरहेको, सोचिरहेको र आशा गरेको इतिहासलाई सुन्ने मौका मैले पाएँ । म यसको लागि तपाईँँलाई धन्यवाद दिन चाहन्छु ।
क्यास्ट्रो : “न्यायी हुन हाम्रो अनुग्रहित हुनुपर्दछ ।” आरोप लगाउनुपर्ने कुनै कारण छैन । हामी जिम्मेवार भएका पर्याप्त कुराहरू हामीसँगै छ तर मोन्जेको जिम्मेवारी अरुको …..। तसर्थ, मैले तपाईँलाई विस्तृत रूपमा यी सबै बताएँ ।
मैले चेको डायरी प्रकाशित गर्दा अगाडि परिचय लेखें । जसलाई म आवश्यक परिचय भन्छु । मैले हरेक कुराको वर्णन गरेको छु । धेरै विस्तारमा र संलग्न हरेकको भूमिकासहित । विभिन्न घटनाक्रमलाई वर्णन गर्न मैले परिचय लेखेँ र त्यसलाई विस्तारपूर्वक प्रकाशित गरियो । पछि हामीले डायरीलाई विश्वभर बाँड्यौँ । यसो गर्नु हाम्रो कर्तव्य थियो ।
मलाई हरेक कुरा राम्ररी थाहा छ । मैले यसमा धेरै सोचेको छु, सबै दस्ताबेजहरूको विश्लेषण गरेको छु । मलाई लाग्छ म चेलाई राम्ररी चिन्थेँ, म उनलाई धेरै राम्ररी चिन्थेँ । कसरी घटनाहरू घटे तथा कुन तत्वहरूले घटनाक्रमलाई प्रभाव पारेको हुन सक्थ्यो भन्ने तथ्यहरूप्रति पनि म निश्चिन्त छु ।
यो कुरा मैले पहिले कतै भनेको थिइनँ । इतिहासको पाठहरू लेख्न बाँकी अझै धेरै छन् । तिनीहरूलाई लेख्न सक्ने व्यक्तिको अभाव छ किनभने जसले त्यसलाई लेख्न सक्छ तिनीहरूसँग त्यसो गर्न समय छैन ।

स्रोत : चे फिडेल क्याष्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *