भर्खरै :

स्थानीय स्काउटको शुभकामना आदानप्रदान

स्थानीय स्काउटको शुभकामना आदानप्रदान

भक्तपुर, ४ कार्तिक । नेपाल स्काउट, वाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिका भक्तपुुरको आयोजनामा शुभ दीपावली, नेपाल संवत् ११४६ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । सोही समयमा नौ रात तथा विजया दशमीका दिन गरिएका सेवा क्याम्पमा सहभागी भएकाहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
“स्काउट समाजको मात्र होइन देशकै निःस्वार्थ भावनाले सेवा गर्ने संस्थाको रूपमा रहनु पर्छ ।” भक्तपुर नगरपालिकाका उपमेयर एवं स्काउट प्रमुख रजनी जोशीले बताउनुभयो । उहाँले देशमा युवालाई स्वदेश प्रेम, जनसेवा र स्वावलम्बी बनाउन प्रेरित गर्नुपर्छ भन्नुभयो । समाजलाई सेवामुखी भावनाले स्काउट अगाडि बढाउन नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।
सल्लाहकार रामगोपाल कर्माचार्यले समाज र देशको लागि अनुकरणीय कार्य गर्नुपर्ने विचार व्यक्त गर्दै समाजमा सेवाभाव गर्नुपर्छ भन्ने विचार अगाडि बढाउन स्काउटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अर्का सल्लाहकार भक्त राजभण्डारीले ठुला काम गरेर मात्र ठुलो हुने होइन; साना साना आफ्नै टोल छिमेकबाट काम गरेर ठुलो काम हुनसक्छ भन्नुभयो ।
क्याम्प संयोजक तथा स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले यस वर्ष हाम्रो नौ रातका नौ शक्तिपीठमा र दशमीका दिन भएको ब्रह्मायणी सेवा क्याम्पले श्रद्धालु भक्तजनहरूलाई केही आहत पुगेको बताउनुभयो । सेवा क्याम्पले युवा, विद्यार्थीहरूलाई सेवा गर्ने भावनाको मनोज्ञान बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय प्रमुख आयुक्त बालकृष्ण बनमालाले जेनजीको नाउँमा अराजक तत्वले क्षति पु¥याएको स्काउट भवनलाई भक्तपुर नगरपालिकाले पुर्नर्निर्माण गरेकोमा खुसी व्यक्त गर्नुभयो । सल्लाहकार अच्युत प्रजापति, स्थानीय शैक्षिक पद्धति आयुक्त पवनकुमार बल्ल र परिषद् सदस्य सृजन लवजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *