भर्खरै :

साम्राज्यवाद अन्त्य भए विश्वमा शान्ति छाउने

साम्राज्यवाद अन्त्य भए विश्वमा शान्ति छाउने

लाखौँ अमेरिकी जनताले अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा विरोध प्रदर्शन गरे । राष्ट्रपति ट्रम्प तानाशाह भएको भन्दै अमेरिकी जनताले ५० राज्यमा विरोध प्रदर्शन गरे । संसारका स्वाधीन देशहरूमा आतङ्क मच्चाउने, जीवन असुरक्षित बनाउने र जातीय नरसंहार गर्ने काममा अमेरिकी राष्ट्रपति ट्रम्पले सहयोग गरे । अमेरिका संसारमै बदनाम र एक्लिँदै गएको कारण उक्त विरोध प्रदर्शन भएको हो । दुई हजारभन्दा बढी स्थानमा भएको सो विरोध प्रदर्शनले अमेरिकी राष्ट्रपति ट्रम्प संसारका न्यायप्रेमी जनताको मात्र होइन अमेरिकी जनतामाझ पनि अलोकप्रिय बन्दै गएको देखाउँछ । विरोध प्रदर्शन माक्र्सवादी या कम्युनिस्टले गरेको भने तापनि त्यो अमेरिकी जनताको प्रदर्शन हो । राष्ट्रपति तानाशाह बनेको कारण राष्ट्रपति ट्रम्पलाई राजाको संज्ञा दिँदै देशमा तानाशाह अर्थात् नो किङ्ग्स भन्दै अमेरिकी जनता प्रदर्शनमा उत्रेका हुन् । अमेरिकी प्रशासनले एकपछि अर्काे स्वाधीन देशहरूमा आक्रमण ग¥यो, आक्रमण गर्न अरु देशलाई हतियार आर्थिक सहयोग ग¥यो । प्यालेस्टिन देश ध्वस्त हुनु र प्यालेस्टिनी जनताको नरसंहार हुनुमा अमेरिकी प्रशासनको हात छ ।
अमेरिकाले क्युवा र प्रजग कोरियामाथि गरेको नाकाबन्दी फिर्ता लिएको छैन । नाकाबन्दी फिर्ता लिने प्रस्ताव संयुक्त राष्ट्र सङ्घमा संलग्न ९७ प्रतिशत देशले पारित गरेका थिए । अहिले पनि अमेरिकी सेना अरु देशमा तैनाथ छ । अरु देशलाई जुधाएर हतियार बेच्ने, अरु देशको आन्तरिक कलह चर्काउने, द्वन्द्व बढाएर देशलाई कमजोर बनाउने काम अमेरिकी प्रशासनले गरिरहेको छ । अमेरिका बदनाम हुनु र संसारका जनताको विरोध बढ्नुको कारण अमेरिकी राष्ट्रपतिहरू नै हुन् । संसारमा जहिल्यै अमेरिका प्रथम हुनको निम्ति अमेरिकी प्रशासनले युद्ध निम्त्याइरहेको हो । अमेरिकी प्रशासनले साँच्चै संसारमा शान्त चाहेको भए, संसारका जनतालाई सुरक्षित बनाउन चाहेको भए कुनै पनि देशमा युद्ध हुने थिएन । अमेरिकी प्रशासनले पालैपालो स्वाधीन देशमा आक्रमण गरेर, आक्रमणमा सहयोग गरेर आतङ्क मच्चाइरहेको हो । अमेरिकी राष्ट्रपतिको विरोधमा अमेरिकाका लाखौँ जनताले मात्र होइन संसारका सबैजसो देशका करोडौँ जनताले अमेरिकी तानाशाह र आक्रमणको विरोध गरिरहेका छन् । यसलाई राजनीतिक विश्लेषकहरू साम्राज्यवादी देश अमेरिका पतन हुँदै गइरहेको या विश्वबाटै साम्राज्यवाद अन्त्य हुनुपर्ने माग बढ्दै गएको विश्लेषण गरेका छन् ।
हतियारको राजनीति गर्ने साम्राज्यवादी देश र पद र पैसाको निम्ति राजनीति गर्ने पुँजीवादी देशहरूका कारण संसारका जनता आक्रान्त छन्; असुरक्षित छन् र श्रमजीवी जनता पिल्सिएका छन् । बहुमत जनताको सेवाको राजनीति छोडेर अल्पमत या ठुलठुला पुँजीपति, शोषक, सामन्त, प्रतिक्रियावादी, जालीफटाहा, भ्रष्टाचारी, कमिसनखोर र आपराधिक व्यक्तिहरूको पक्षमा हुने राजनीति कायम भएसम्म त्यो देशका जनताले सुख पाउने छैनन् । अमेरिकी प्रशासनकै कारण इराक, अफगानिस्तान, प्यालेस्टिन, लिबियामा ठुलो जनधनको क्षति पु¥याइएको थियो । कति देशका शासकहरूलाई फाँसी दिलाउने, देशबाट निकाला गर्ने र निर्वाचित राष्ट्रपतिविरुद्ध आन्दोलन मच्चाउने काम अमेरिकी प्रशासनले ग¥यो । अमेरिकी सरकार गरिब जनताको पक्षमा नभएको कुरा कोरोना कालमा संसारकै सबभन्दा बढी अमेरिकी देशमा मरेको र बिरामीको सङ्ख्या बढेको घटनाले थाहा हुन्छ । अमेरिकी सरकारले विभिन्न देशमा अचाक्ली कर बढायो । उसले चीनसँग त व्यापार युद्ध नै ग¥यो । हतियार र पैसाको राजनीति गर्ने अमेरिकी सरकारको संसारका स्वाभिमानी जनता र देशले विरोध गर्नुपर्छ ।
अमेरिकी राष्ट्र प्रमुखको व्यवहार र कार्यशैलीले अमेरिकालाई आतङ्ककारी देश भन्नैपर्ने हुन्छ† नरसंहार गर्ने देश भन्नैपर्ने हुन्छ । संसारमै आफ्नो प्रभाव पार्न चाहने, आफ्नो हुकुमलाई नै सरकारको निर्णय ठान्ने अमेरिकी राष्ट्रपतिहरू अहङ्कार, अभिमानी भएसम्म संसारका जनताले सुख पाउने छैनन् । संसारका स्वाभिमानी जनताको सुरक्षाको निम्ति पनि संसारका जनताले अमेरिकी सरकारको विरोध गर्नुपर्छ । अमेरिकी प्रशासनको विरोधमा लाखौँ अमेरिकी जनताको विरोध प्रदर्शन सकारात्मक पक्ष हो । अमेरिकी जनताको देशभरि भएको विरोध प्रदर्शनले राष्ट्रपति ट्रम्पको हुङ्कार घट्ने हो कि भन्ने आकलन गरिन थालेको छ । अमेरिकी राष्ट्रपतिको शक्ति राष्ट्रको अहङ्कारको विरोधमा विश्वका न्यायप्रेमी जनताले आवाज बुलन्द गरिरहनु आवश्यक छ । अमेरिकी जनताको विरोध प्रदर्शन पनि निरन्तर भइरहन जरुरी छ । संसारबाटै अमेरिकी साम्राज्यवाद अन्त्य हुनुपर्छ भन्ने विरोधको स्वर अझै सल्काउँदै जानु आवश्यक छ । अमेरिकी सरकारको हुङ्कार झार्नैपर्छ† विश्वमा शान्ति फिजाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *