भर्खरै :

चे, फिडेलको संस्मरणमा – १४

चे, फिडेलको संस्मरणमा – १४

पाठ ७

अर्नेस्टो चे ग्वेभाराको २० औँ वार्षिक जयन्तीको अवसरमा सन् १९८७ अक्टोबर ८ को दिन फिडेल क्यास्ट्रोले दिनुभएको वक्तव्य :
(पिनार डेल रियो सहरमा नवनिर्मित इलेक्ट्रोनिक उपकरण कारखानामा सो समारोह भएको थियो ।)
झण्डै २० वर्ष अगाडि, सन् १९६७ अक्टोबर १८ मा हामी कामरेड अर्नेस्टो चे ग्वेभाराको सम्मान गर्न क्रान्तिका प्लाजा (Revolution Plaza) मा भेला भएका थियौँ । युरो राभिन (Yuro Ravine) को भादो डेल येसो (Vado del Yeso) मा घटेका घटनाक्रमहरूको समाचार, चेको रणभूमिमा मृत्यु भएको समाचार पाएका ती दिनहरू धेरै तीतो र कठिन थिए ।
ती समाचारहरू सही भएको कुरा साबित हुन लामो समय लागेन किनभने समाचारमा उल्लिखित कुरा र फोटोहरूले यो कुरामा कुनै शङ्का नभएको प्रमाणित गर्यो । धेरै दिनसम्म यस्ता समाचारहरू आउने क्रम चालु रह्यो । हामीले सबै सूचना प्राप्त गरेपछि मृतक कमरेडप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न ठुलो ¥याली गर्यौँ । तथापि त्यो समय बितेको झण्डै २० वर्ष वितिसकेको छ । आज अक्टोबर ८ मा हामी उनले रणभूमिमा वीरगति प्राप्त गरेको दिन मनाइरहेका छौँ । हामीसँग अहिले रहेको विश्वसनीय जानकारीहरूका अनुसार उनलाई निःशस्त्र र घाइते अवस्थामा पक्राउ गरिएको दिनको भोलिपल्ट उनको हत्या गरिएको थियो । उनको हतियार त्यो सङ्घर्षमा काम नलाग्ने भएको थियो । यही कारण अक्टोबर ८ मा सो नाटकीय घटनाको स्मरण गर्ने परम्परा बनेको हो ।
पहिलो वर्ष बित्यो, यस्तै गरी ५, १०, १५ र अहिले २० वर्ष बित्दै छ तथा त्यो घटना र त्यो व्यक्तित्वको ऐतिहासिक आयामहरूलाई स्मरण गर्नु आवश्यक छ । तसर्थ, प्राकृतिक रूपमा, सोचविचार गरेर होइन, सम्पूर्ण जनता त्यो दिनलाई पछिल्लो महिनाहरूमा सम्झिरहेका छन् । २० औँ वार्षिक जयन्ती आजको जस्तो वातावरणमा ¥याली गरेर, २० वर्ष अगाडिको जत्तिकै सशक्त आवाजमा निकोलस् गुइलिन (Nicolas Guillen) को कविताका साथ मनाउनु सम्भव थियो ।
म एउटा राम्रो र गम्भीर शब्दहरूले भरिएको लिखित वक्तव्य दिने प्रयास गर्थेँ तर आजभोलिको समयमा कामको दबाबले मलाई यहाँ बोल्नुपर्ने घटना र कुराको विषयमा ध्यानपूर्वक सोच्नलाई एक मिनेट पनि मुस्किलले उपलब्ध भयो । तसर्थ, म यहाँ चेलाई सम्झन मेरा विचारहरू तपाईंसँग बाँड्न चाहन्छु । किनभने, मैले चेको विषयमा धेरै सोचेको थिएँ ।
मैले एउटा अन्तर्वार्ता दिएको थिएँ जसको केही भाग हिजो हाम्रो देशमा सार्वजनिक भयो । इटालीयाली पत्रकार गियानी मिनी १६ घण्टासम्म टेलिभिजन क्यामेरा अगाडि मेरो अन्तर्वार्तामा विभिन्न विषयका १०० वटा प्रश्न गरिएको थियो तर उनी चेका विषयमा कुरा गर्नमा बढी इच्छुक थिए र ३ देखि ४ घण्टासम्म हामीले त्यो विषयमा कुरा गर्यौ । उनका हरेक प्रश्नहरूको उत्तर दिने मैले प्रयास गरेँ । चेबारे मेरा संस्मरणहरू छोटकरीमा व्यक्त गर्न विशेष प्रयास गरेँ ।
चेको स्थायी अस्तित्वको विषयमा मैले के अनुभव गरेँ र सोचेँ भन्ने कुरा मैले उनलाई बताएँ । अन्य धेरै कमरेडहरूले पनि त्यस्तै सोच्छन् । हामीले चेसँगको विशेष सम्बन्ध, बन्धुत्व (कामरेडेली) र भ्रातृत्व सम्बन्ध, मेक्सिकोमा प्रथमपटक भेट्दादेखि ऐतिहासिक घटनाहरूले भरिएको अन्तिम समयसम्म १२ वर्षको अवधिमा गरेको एकीकृत सङ्घर्षलाई स्मरण गर्नुपर्दछ । यीमध्ये केही घटनाहरू केही दिन अगाडि सार्वजनिक भएका छन् ।
त्यो अवधि, चेले हामीसँग मिलेर ‘ग्रान्मा’ अन्वेषणमा गएको समय, ग्रान्माको अवतरण, कठिनाइ, ती कठिन दिनहरू, पहाडहरूमा सङ्घर्षको पुनः थालनी, सेनाको पुनःनिर्माण, पहिलो भिडन्त र अन्तिम सङ्घर्षहरू वीरतापूर्ण र गौरवशाली उपलब्धिहरूले भरिएका छन् ।
क्रान्तिको विजयपछिको समयावधिमा हामीले पहिलो क्रान्तिकारी कानुनहरू बनायौ । हामीले जनतालाई गरेका प्रतिबद्धताहरूप्रति हामी बफादार भयौँ । देशमा, जनताको जीवनमा हामीले आमूल परिवर्तनहरू ल्यायौँ । एकपछि अर्को गर्दै धेरै घटना घटे । जस्तै साम्राज्यवादी वैमनस्यताको सुरु हाम्रा साथीहरूको हत्या गर्ने अपराधीहरूमाथि हामीले न्याय गर्न सुरु गर्ने बित्तिकै क्रान्तिविरुद्ध बदनामी फैलाउने अभियान र आर्थिक नाकाबन्दी, पिग्स खाडी आक्रमण (Bay of Pigs Invasion) भरौटेहरू विरुद्धको सङ्घर्ष, अक्टोबर क्षेप्यास्त्र सङ्कट (The October Missile Crisis) आदि। समाजवादी निर्माणको प्रथम चरणमा हामीसँग केही थिएन । न अनुभव, न कार्यकर्ता, न इन्जिनियर, न अर्थविद् नै थिए । हामीसँग कुनै पनि प्राविधिज्ञहरू थिएनन् । देशमा भएका ६ हजार चिकित्सकहरूमध्ये ३ हजार देश छाडेर गएपछि हामीसँग चिकित्सकहरूको अभाव भयो ।
त्यसपछि पहिलो र दोस्रो हवाना घोषणापत्र आयो । हाम्रो देशलाई एक्लो पारियो । मेक्सिकोबाहेक सबै ल्याटिन अमेरिकी सरकारहरूसँगको कूटनैतिक सम्बन्ध बिग्रियो । त्यो यस्तो समय थियो जहाँ यस्ता घटनाक्रमहरूको विकाससँग हामीले देशको अर्थतन्त्रलाई पुनः संयोजन गर्नु आवश्यक थियो । यो छोटो तर अविस्मरणीय घटनाहरूले भरिएको समय थियो ।
चे आफ्नो पहिलेदेखिको चाहना, पहिलेदेखिको विचार, दक्षिण अमेरिका, आफ्नो देश फर्कने र हाम्रो देशमा प्राप्त गरेको अनुभवमा आधारित रहेर क्रान्ति गर्ने विचारलाई उनले सदा आफ्नो दिमागमा राखे । गुप्त रूपमा उनको बिदाइ भएको कुरालाई हामीले स्मरण गर्नुपर्दछ । त्यो बेला क्रान्तिविरुद्ध विभिन्न आरोपहरू लगाइएको थियो । चेसँग भिडन्त, भिन्नता रहेको तथा चे गायब भएको जस्ता हल्लाहरू चलेका थिए । क्रान्तिका ओहदाहरूबाट आएको विभाजनको कारण चेको हत्या भएको बताइयो । क्रान्तिले यस्ता खतरनाक आक्रमणहरू शान्त रहेर दढतापूर्वक सहयो किनभने त्यस्ता अभियानहरूले ल्याएको उत्तेजना र तिनीहरूभन्दा महत्वपूर्ण कुरा चे आफ्ना उद्देश्यहरू पूरा गर्न सक्षम हुन थियो । उनको सुरक्षा र ऐतिहासिक अभियानमा उनीसँग रहेका सहयोगीहरूको सुरक्षा महत्वपूर्ण थियो ।
अन्तर्वार्तामा मैले त्यो विषयमा वर्णन गरेको थिएँ । उनी हाम्रो समूहमा सामेल हुँदा उनले एउटै मात्र सर्त राखेका थिए । त्यो थियो क्रान्ति सफल भइसकेपछि उनी दक्षिण अमेरिका जान चाहे म उनलाई राज्य वा राज्यको अनुकूलताको कारण रोकिने छैन । हामीले उनको सर्त मान्यौँ र उनलाई समर्थन गर्ने कुरा बतायौँ । उनले क्युवा छाडेर जाने निर्णय गरेको समय नआउँदासम्म उनले धेरैपटक यो बाचालाई स्मरण गराए ।
हामीले उनको बिदाइप्रति सहमति जनाउने वाचालाई पूरा गयोैँ । उनको छापामार अनुभव बढाउन हामीले उनलाई अन्य काम दियौँ । छापामार सेना सङ्गठित गर्ने प्रारम्भिक कठिन चरणहरूबाट उनले गुज्रनु नपरोस् भन्नाको लागि हामीले न्यूनतम परिस्थिति तयार पार्ने काम गर्यो । हामीले आफ्नो अनुभवबाट त्यो कठिनाइका विषयमा थाहा पाएका थियौँ ।
हामी चेको प्रतिभा, अनुभव, भूमिकाप्रति सचेत थियौँ । प्रमुख रणनीतिक कामहरू गर्न योग्य कमरेड उनी थिए तथा प्रारम्भिक सङ्गठन गर्ने काम अन्य कमरेडहरूले गरेका भए राम्रो हुने तथा विकसित चरणमा मात्रै उनी सहभागी हुनु उपयुक्त हुने हाम्रो धारणा थियो । कार्यकर्ताहरूलाई बचाउने युद्धको क्रममा हाम्रो नीति पनि यस्तै थियो । महत्वपूर्ण र रणनीतिक कामहरूमा आफूलाई विशिष्ट साबित गर्ने कार्यकर्ताहरूलाई हामी बचाउँथ्याँै । हामीसँग धेरै अनुभवी कार्यकर्ताहरू थिएनन् तथा विशिष्ट कार्यकर्ताहरूलाई हामी हरेक दिन हामी एम्बुस टोलीमा पठाउँदैनथ्याँै, हामी तिनीहरूको क्षमता र अनुभवलाई ध्यानमा राखी महत्वपूर्ण काम दिन्थ्यौँ ।
सियरा मायस्ट्राका पहाडहरूमा हाम्रो सानो तर लडाकु, सेनाविरुद्ध बाटिस्टाले चलाएको अभियानका दिनहरूमा हाम्रो अनुभवी कार्यकर्ताहरू अग्रमोर्चामा थिएनन्, तिनीहरूलाई रणनीतिक नेतृत्वको काम दिइन्थ्यो र हाम्रो भावी विनाशकारी प्रत्याक्रमणको लागि जोगाउँथ्यौँ । टोलीको नेतृत्व गर्दै धेरै सङ्घर्षहरूमा सहभागी भइसकेका चे, क्यामिलो (Camilo) र अन्य कामरेडहरूलाई अगाडि सार्नु अर्थहीन हुन्थ्यो । हामीले तिनीहरूलाई ठुलो महत्व राख्ने खतरनाक अभियानहरू चलाउने समूहको तिनीहरूले नेतृत्व गर्न सकून् भनेर तिनीहरूलाई पछाडि नै राख्थ्यौँ । त्यसपछि मात्र हामीले तिनीहरूलाई पूरा जिम्मेवारी र खतराप्रतिको सचेततासँगै शत्रुहरूको क्षेत्रमा पठायौँ । क्यामिला र चेले नेतृत्व गरेको लास भिल्लास (Las Villas) आक्रमणमा पनि हामीले त्यस्तै गरेका थियौँ । त्यो एउटा असाधारण, कठिन अभियान थियो र त्यसमा ठुलो अनुभव र आधिकारिकता भएका नेताहरूका साथै उद्देश्य पूरा गर्नसक्ने सक्षम व्यक्तिहरूको आवश्यकता थियो ।
यी सबै उद्देश्य र कारणहरूलाई ध्यानमा राख्ने हो भने सायद चेले पछिल्लो चरणका आन्दोलनमा सामेल भएको भए राम्रो हुन्थ्यो । सुरुदेखि नै हरेक कुरा सही ढङ्गबाट सुरु गर्नु उनका लागि कुनै गा¥हो काम थिएन । तर उनी अधीर भएर वर्षौ पहिले उनले गरेको प्राकृतिक प्रयासमा केही अर्जेन्टिनी कमरेडहरू मारिएका थिए । तीमध्ये एक प्रेन्सा ल्याटिना (Prensa Latina) का संस्थापक रिकार्डो मास्सेटी (Ricardo Masseti) थिए तथा उनी बारम्बार उनलाई सम्झन्थे । उनी सहभागिता सुरु गर्न निकै अधीर थिए ।
सदाझँै हामीले हाम्रो प्रतिबद्धता र उनको विचारको सम्मान गर्यो किनभने हाम्रो सम्बन्ध पूर्ण विश्वास र भ्रातृप्रेममा आधारित थियो । उनी सङ्घर्षमा सामेल हुने सही समयको विषयमा हाम्रो विचारले त्यसमा कुने फरक पार्दैनथ्यो । तसर्थ हामीले उनलाई सङ्घर्ष सुरु गर्न सम्भव सबै सुविधा र मद्दत दियौँ ।
पहिलो भिडन्तको समाचार आयो तथा सम्पर्क पूर्ण रूपमा टुट्यो । शत्रुले छापामार आन्दोलनको पहिलो चरणको जानकारी पायो तथा त्यसबाट धेरै महिनासम्म चलेको यस्तो समयावधि आयो जहाँ हामीले अन्तर्राष्ट्रिय समाचारहरूमार्फत मात्रै जानकारी पायौँ तथा त्यसलाई कसरी अर्थ लगाउने भन्ने कुरा हामीले जान्नु जरुरी थियो । तर, कुनै समाचार कहिले भरपर्दो छ र कहिले झूटो भन्ने कुराको निर्णय गर्ने कुरामा हाम्रो क्रान्ति अनुभवी थियो ।
उदाहरणको लागि, एकपटक हामीले जोआक्वीन (Joaquin) को समूहको मृत्यु भएको समाचार सुन्यौँ । उनको साँचो नाम भिलो आक्ना (Vilo Acuna) हामीले त्यस समाचारको विश्लेषण गर्दै म तत्काल त्यो समाचार सत्य भएको निष्कर्षमा पुगें किनभने समाचारमा नदी पार गरिरहँदा कसरी सो समूहको विनाश ८ भयो भन्ने कुरा वर्णन गरिएको थियो । हाम्रो आफ्नै छापामार अनुभवको कारण, हामीले त्यस्तो समूहमाथि के हुनसक्थ्यो भन्ने कुरा हामीलाई थाहा थियो । यस्ता समूहलाई नष्ट गर्न सकिने केही असाधारण उपायहरू हामी जान्थ्यौँ ।
नदी पार गर्ने बाटो खोजिरहेको समूहको योजना तथा तिनीहरू रहेको स्थानको विषयमा एक किसानले सेनालाई विस्तृत जानकारी दिएको, उनी किसानले छापामार योद्धाहरूलाई प्रयोग गर्न बताएको बाटोमा सेनाले कसरी विद्युतीय धराप हाल्यो र सेनाले कसरी गोली चलायो भन्ने कुराको जानकारी त्यो समाचारमा थियो । सो विवरण सही भएकोमा कुनै शङ्का थिएन । यदि झूटो बोल्नेहरूको लागि सही परिस्थितिहरूको वर्णन गर्न चाहिने ज्ञान र अनुभव हुनु असम्भव थियो । तसर्थ, हामी सो समाचार सही भएको निष्कर्षमा पुग्यौँ ।
हामीले वर्णन गरेजस्तै २० जना छापामार मात्र बाँकी भए तापनि, कठिन परिस्थितिमा पनि छापामारहरूले अवसर पाउने आशा हामीले गरेका थियौँ । तिनीहरू किसानहरू सङ्गठित भएका क्षेत्रमा, बोलिभियाली कार्यकर्ताहरूको प्रभाव रहेको ठाउँतर्फ अगाडि गइरहेका थिए । अन्तिम क्षणसम्म पनि आन्दोलन ठोस हुने र विकास हुने सम्भावना थियो ।
मेरो चेसँग सम्बन्ध विकसित भएका परिस्थितिहरू विशिष्ट थियो । क्रान्तिको पहिलो वर्ष धेरै कठिन थियो । हामी त्यसबेला असम्भवलाई सम्भव बनाउँथ्यौँ । चे जीवितै रहेको भान सबैलाई हुन्थ्यो । उनी कति उदाहरणीय, अविस्मरणीय, परिचित व्यक्ति थिए भने उनको मृत्यु भएको सोच्न जोकोहीलाई पनि कठिन थियो । हाम्रो जीवन र सङ्घर्षसँग सम्बन्धित घटनाहरूको सपना हामी देख्छौँ । कहिलेकाहीँ म सपनामा चे फर्केको, उनी जीवित भएको देख्थेँ । धेरैपटक यसो भयो । यस्ता भावनाहरूको विषयमा कसैले धेरै कुरा नगर्न तर यसले चेको व्यक्तित्वको प्रभावबारे जानकारी दिने तथा उनको असाधारण जीवनको विषयमा जानकारी दिनेछ । उनको विचार र कार्यहरू उनको उदाहरण, उनले गरेका सबै कुरा, उनको सान्दर्भिकता तथा उनीप्रतिको सम्मान ल्याटिन अमेरिकामा मात्र नभई युरोप र सम्पूर्ण विश्वमा छ ।
हामीले अक्टोबर १८ मा २० वर्ष अगाडि अनुमान गरेजस्तै उनी सबै पीडित, शोषित, देशभक्त, प्रजातान्त्रिक शक्तिहरू, क्रान्तिकारीहरूको प्रतीक बने । उनी स्थायी र अजेय प्रतीक बने ।
यी सबै कारणले गर्दा हामी चेको उपस्थितिको अनुभव गर्छौँ । २० वर्ष अगाडि नै उनले यो संसार त्यागे पनि आजसम्म उनीसँग रहेको वास्तविक शक्तिको कारण हामी सबैमाझ उनको भावनाको अस्तित्व रहेको छ । हामीले उनको कविता सुन्दा, एक क्षणको मौनधारण गर्नुभन्दा पहिले हामीले मार्च र विगुलको आवाज सुन्छौँ, हाम्रा पत्रिकाहरू पल्टाउँछौँ तथा चेको विभिन्न चरणका फोटोहरू हेछौँ, विश्वभर प्रख्यात उनको छवि देख्छौं, हामी चेको स्मरण गछौँ । एउटा प्रतीक बन्न चाहिने सम्पूर्ण मानवीय र नैतिक गुण चेसँग थियो, यसबाहेक प्रतीक हुन चाहिने रूप र छवि उनमा थियो । उनको छवि, मुहारको शक्ति र फरासिलोपनाले उनको चरित्र, कुनै पनि काम गर्ने उनको दृढता, उनको बुद्धिमत्ता र शुद्धता झल्काउँथ्यो । हामी उनको सम्मानमा लेखिएका कविताहरू सुन्दा उनको कामहरूको कथा बारम्बार सुन्दा हामी चेको उपस्थितिको सान्दर्भिकताको अनुभव गर्दछौँ ।
यदि कसैले चे जीवित रहेको कल्पना गर्छ भने, उनले काम गरिरहेको तथा उनको मृत्यु नभएको कल्पना गर्छ भने, उनको उपस्थिति हरेक दिनको जीवनमा मात्र नभई सपनामा पनि देख्छ भने यसमा कुनै आश्चर्य छैन । अन्त्यमा हामी के निष्कर्षमा पुग्नुपर्छ भने हाम्रो क्रान्तिको सबै उद्देश्य र चासोमा चे कहिल्यै मरेनन् तथा उनले गरेको काम हेर्ने हो भने उनी सदाभन्दा बढी बाँचेका छन् तथा उनको साम्राज्यवादको सबभन्दा शक्तिशाली विपक्षी बनेका छन् ।
उनी एक प्रतीक बन्न नसकून् भन्ने उद्देश्यले उनको शवलाई बेपत्ता पार्नेहरू, आफ्ना साम्राज्यवादी मालिकहरूको निर्देशनमा चेको शवको कुनै पनि चिन्ह छोड्न नचाहने व्यक्तिहरूले चेको शवको कुनै अस्तित्व नराखेपछि साम्राज्यवादका एक कट्टर विरोधी, एउटा प्रतीक, एउटा शक्ति, एउटा उपस्थितिको अस्तित्वलाई तिनीहरूले कहिल्यै नष्ट गर्न सकेनन् ।
चेको शरीर लुकाएर तिनीहरूले आफ्नो कमजोरी र कायरता देखाए किनभने उदाहरण र सङ्केतप्रतिको आफ्नो डर पनि देखाए । यस गोलाद्र्धका शोषित किसान, मजदुर, बुद्धिजीवीहरू, प्रजातन्त्रवादी, प्रगतिशील र देशभक्तहरू चेको सम्मान गर्न जाओस् भन्ने तिनीहरू चाहदैनथे । आजको विश्वमा चेको समाधिस्थलमा गएर सम्मान व्यक्त गर्न जाने कुनै विशेष ठाउँ छैन तर पनि हरेक ठाउँमा उनको सम्मान गरिन्छ ।
आज वर्षमा एकपटक वा ५, १०, १५ र २० वर्षमा एकपटक चेको सम्मान गरिदैन, आज चेप्रति हरेक वर्ष, हरेक महिना, हरेक दिन, हरेक ठाउँमा, कारखाना, विद्यालय, सैनिक व्यारेक, घर, बालबालिकामाझ सम्मान व्यक्त गरिन्छ । यो २० वर्षको अवधिमा धेरै अग्र व्यक्तिहरूले लाखौँपटक भनिसकेका छन् साम्यवादका अग्रजहरू हामी चेजस्तै हुनेछौँ ।
मैले भर्खर उल्लेख गरेको यो तथ्य, यो एउटा विचार, यो एउटा चलन चेको महानता र स्थायी अस्तित्व हो । हाम्रा अग्रज मात्र होइनन्, हाम्रा बालबालिकाहरूमात्र होइनन् विश्वभरका हरेक बालबालिका यही कुरा दोहो¥याउनेछन्– ‘साम्यवादका अग्रजहरू हामी चेजस्तै बन्नेछौँ ।’ नमुना क्रान्तिकारी व्यक्तित्व, कम्युनिस्ट आदर्शको खोजी गर्नुपर्दा उनीभन्दा सर्वश्रेष्ठ प्रतीक, राम्रो छवि, विचार अरु कोही हुनेछैन । म यो कुरा किन भनिरहेको छु भने यसमा मेरो गहिरो विश्वास छ । अक्टोबर १८ को दिन मलाई हाम्रा योद्धा, क्रान्तिकारीहरू र पार्टी सदस्यहरू बालबालिकाहरू कस्ता होऊन् भन्ने चाहन्छौँ भनी प्रश्न गर्दा मैले तिनीहरू चेजस्तै बनून् भन्ने हाम्रो चाहना रहेको बताएँ । यदि हामी एउटा साम्यवादी समाजको कुरा गर्न चाहन्छौँ भने, हाम्रो वास्तविक उद्देश्य खाली समाजवादको निर्माण गर्ने हो भने एकदिन कम्युनिस्ट समाजमा बाँच्ने उन्नत र असाधारण विचारलाई मानवताले नत्याग्ने हो भने चे एक योग्य मानव जातिको छवि हो ।
यी विचार प्राप्त गर्नको लागि हामीलाई कुनै उदाहरण, नमुना चाहिए चेजस्ता व्यक्तिहरू अपरिहार्य छन् । उनको अनुसरण गर्ने, उनीजस्तै सोच्ने, उनले जस्तै काम गर्ने, हरेक क्षेत्र, हरेक क्रियाकलापमा कर्तव्य पूरा गर्ने पालो आउँदा उनको जस्तो व्यवहार देखाउने कामप्रतिको सन्दर्भमा उनले जस्तै उदाहरण बनेर शिक्षा दिने बानी हरेक कुरामा पहिलो हुन चाहने, कठिनभन्दा कठिन काममा पनि पहिले स्वयम्सेवी हुन चाहने, कुनै कारणको लागि, अरुको लागि आफ्नो तन मन, धन दिने व्यक्ति, सच्चा ऐक्यबद्धता देखाउने व्यक्ति, कसैलाई पनि निराश नपार्ने व्यक्ति, सरल व्यक्तित्व, कुनै दोषरहित व्यक्तित्व, भनाइ र गराइमा कुनै भिन्नता नराख्ने व्यक्ति, विचार र कामको मानिस बन्ने सबैको लागि चे एक प्रतीक हुन् ।
यो भूमिमा नजन्मे तापनि चेलाई हाम्रा जनताले आफ्नो छोराको रूपमा पाउनु हाम्रो देशको लागि ठुलो सम्मान र गौरवको कुरा हो । उनी हाम्रा देशको छोरा हुन् किनभने हाम्रो देशको छोराको रूपमा गनिने अधिकार उनले पाएका छन् ।
यस्तो भन्नुको अर्थ असाधारण व्यक्तिहरू दुर्लभ हुन्छन् भन्ने होइन । जनताको माझ सयौँ, हजारौँ वा लाखौँ असाधारण पुरुष वा महिला हुन्नन् भन्ने होइन, क्यामिलो (Camilo) गायब भएपछिका दिनहरूमा पनि मैले यस्तै भनेको थिएँ । क्यामिलो कसरी एक महान् व्यक्ति भए भन्ने कुराको इतिहास स्मरण गर्दा मैले भनेको थिएँ– ‘हाम्रा जनतामाझ धेरै क्यामिलोहरू छन् ।’ म यसो पनि भन्न सक्छ– ‘विश्वका जनतामाझ धेरै चेहरू छन् ।’
तर, हामी किन तिनीहरूलाई असाधारण भन्छौँ ? किनभने जुन विश्वमा जुन परिस्थितिमा तिनीहरू बाँचे, त्यहाँ आफ्नो दयालुपना र ऐक्यबद्धता प्रदर्शन गर्नसक्ने अवसर र मौका पाए । आफूलाई अभिव्यक्त गर्ने तथा चेले जस्तै आफूसँग भएको हरेक कुरा देखाउने अवसर, परिस्थिति थोरै मात्र प्राप्त हुन्छ ।
अन्य व्यक्तिहरूको उदाहरण र केही नयाँ मूल्यहरूको परिणामस्वरूप वीरता देखाउन सक्षम अनगिन्ती पुरुष र महिलाहरू जनतामाझ छन् । यस्तो मौन वीरता, अज्ञात वीरता, मौन गुणहरूको म धेरै सम्मान गर्दछु । तर आज विश्वकै एउटा प्रतीक बनेको चेजस्ता व्यक्तित्व उत्पादन गर्ने आवश्यक परिस्थितिहरूको अस्तित्व धेरै दुर्लभ हुने भएकोले यो असाधारण छ । तसर्थ यो व्यक्तित्व हाम्रो क्रान्तिको समयमा जन्मनु एउटा महान सम्मान र गौरवको कुरा हो ।

स्रोत ः चे फिडेल क्याष्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *