आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापारिक साझेदारहरूविरुद्ध प्रतिशोधात्मक भन्सार करहरूसहित ‘मुक्ति दिवस’ घोषणा गर्दा विश्व शेयर बजारमा रक्तपात मच्चिएको छ । अमेरिकालाई ‘पुनः महान्’ बनाउने भनेर घोषणा गरिएको भन्सार शुल्क विशेषगरी चीनमाथि लक्षित छ । तर, यो कदम अमेरिकाको निम्ति ‘बुमराङ’ भएको छ । अरुलाई अप्ठेरो पार्ने मनसायले गरेको निर्णयले उल्टै अमेरिकी शेयर बजारले एकै दिनमा खरबौँ डलर गुमाउनुपरेको छ । बढ्दो विश्वव्यापीकरणको यो संसारमा भन्सार शुल्कजस्ता संरक्षणवादी उपायहरूलाई प्रायः राष्ट्रिय उद्योग, रोजगारी र सुरक्षाको रक्षा गर्ने उपकरणको रूपमा हेरिन्छ । मोलमोलाइ गर्ने उपकरणको रूपमा भन्सार शुल्क प्रयोग गर्दा छोटो अवधिमा प्रभावकारी देखिन सक्छन् । तथापि, दीर्घकालीनरूपमा अरु देशलाई मात्र नभई अमेरिकालाई पनि भन्सार शुल्कले सहयोग गर्नुभन्दा बढी हानि गर्नेछ ।
व्यापार युद्धमा टिकटकको प्रवेश
अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक र चिनियाँ सामानहरूमा लगाएको कर वरिपरिका हालैका घटनाक्रमले जटिल वास्तविकतालाई उजागर गर्दछ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छोटो–भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक विशेषगरी संयुक्त राज्य अमेरिकालगायत विश्वभर लोकप्रिय छ । यसको लत लाग्ने एल्गोरिथ्म र युवाहरूको विशाल फलोअर्सको साथ टिकटक नृत्य र लिप्सिङको लागि केबल एक प्लेटफर्म रहेन बरु यो राजनीतिक बहस, आर्थिक प्रभाव र सांस्कृतिक संलग्नताको लागि माध्यम बनेको छ ।
तर, यसको लोकप्रियतासँगै राष्ट्रिय सुरक्षाको बहाना बनाउँदै पश्चिमेली मुलुकले यो एप्समाथि अवरोध गरेको छ । चीनको कडा डेटा कानुन र राष्ट्रिय सुरक्षा जोखिमलाई उद्धृत गर्दै अमेरिकी अधिकारीहरूले चिनियाँ सरकारले बाइटडान्समार्फत अमेरिकी प्रयोगकर्ताहरूको डेटामा पहुँच पुग्न सक्ने चिन्ता व्यक्त गरेका थिए । यही निहुँमा तत्कालीन बाइडेन प्रशासनले टिकटकमा प्रतिबन्ध लगाएको थियो । ट्रम्प आएपछि फेरि टिकटक फुकुवा भयो तर गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने भनेर दबाब दिइयो । टिकटकले डेटा चुहावट हुने आरोप अस्वीकार गर्दै ‘प्रोजेक्ट टेक्सास’ जस्ता पहलहरूमार्फत अमेरिकी डेटा अमेरिकामै रहने गरी ओरेकलद्वारा अमेरिकी सर्भरहरूमा भण्डारण गरिएको छ । तर, निहुँ खोज्ने नै मनसाय भएको अमेरिकाले यसलाई मानेको छैन । अहिले आएर राष्ट्रपति ट्रम्पले टिकटक अमेरिकी कम्पनीलाई बेचेमा भन्सार करहरू हटाइने पनि बताए । यस कदमले भन्सार महशुललाई ‘बार्गेनिङ चिप’ को रूपमा प्रयोग गर्दै डिजिटल सुरक्षालाई व्यापार नीतिसँग जोड्यो । तर, दुई मुद्दाहरूको यो संयोजनले त्यस्ता रणनीतिहरू त्रुटिपूर्ण रहेको प्रस्ट हुन्छ ।
अमेरिकी कम्पनीलाई टिकटक बेच्दा राष्ट्रिय सुरक्षा सुनिश्चित हुन्छ भन्ने तर्क हास्यास्पद छ । डेटा सुरक्षा स्वामित्वको बारेमा मात्र होइन – यो पूर्वाधार, अनुगमन र कार्यान्वयनको बारेमा हो । अमेरिकी स्वामित्वमा भए पनि, डेटा उल्लङ्घन र एल्गोरिथ्म हेरफेर हुनसक्छ । यदि टिकटकले साँच्चै राष्ट्रिय सुरक्षाको लागि खतरा निम्त्याउँछ भने कानुनी प्रक्रिया पालना गर्दै संवैधानिक अधिकारको सम्मान गर्दै राष्ट्रव्यापी प्रतिबन्ध किन नलगाएको त ? अभिव्यक्ति स्वतन्त्रताको उपकरणको रूपमा रहेका लाखौँ मानिसहरूले प्रयोग गर्ने एपलाई प्रतिबन्ध लगाउनुबाट जन असन्तोष सिर्जना हुने डर हुन्छ । त्यसैले ट्रम्प र अन्य अधिकारीहरूले लामो बाटो रोजे । भन्सार शुल्कजस्ता आर्थिक दबाब दिएर टिकटक हात पार्ने चेष्टा गर्दै छ ।
वास्तवमा आर्थिक दबाबमा विदेशी व्यवसायलाई बेच्न बाध्य पार्नु जोखिमपूर्ण उदाहरण हो । यदि प्रत्येक देशले यसो गर्यो भने, विश्वव्यापी लगानी घट्नेछ । जफत वा जबरजस्ती विनिवेशको डरले व्यवसायहरू विदेशमा विस्तार गर्न हिचकिचाउने छन् । यसले खुला बजार र नवप्रवर्तनको सिद्धान्तलाई कमजोर बनाउँछ ।
संयुक्त राज्य अमेरिका फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, ट्विटर, युट्युब, रेडिट, लिड्ढडइन, स्न्यापच्याटजस्ता प्रभावशाली सामाजिक सञ्जालहरूको जन्मस्थल हो । विश्वव्यापी डिजिटल क्षेत्रको नेतृत्वमा अमेरिका लामो समयदेखि रहँदै आएको छ । यी प्लेटफर्महरूले अर्बौँ मानिसका संवाद, संस्कृति र व्यापारलाई आकार दिएका छन् । यही सन्दर्भमा, टिकटकजस्तो विशाल पहुँच भएको गैर–पश्चिमा प्लेटफर्मको उदयले नयाँ चुनौती खडा गरेको अमेरिकालाई लागेको हुनुपर्छ । टिकटकमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउने अमेरिकी प्रयास केबल डेटा सुरक्षा र डिजिटल प्रभावको चिन्तासँग सीमित छैन; यसले अमेरिकाले सामाजिक सञ्जाल क्षेत्रमा राख्न खोजेको बर्चस्वको गहिरो सङ्केत दिन्छ । जब सामाजिक सञ्जालहरू नै शक्ति–प्रदर्शनका माध्यम बन्दै जान्छन्, अमेरिकी कम्पनी र टिकटकजस्ता नयाँ अन्तर्राष्ट्रिय खेलाडीबिचको प्रतिस्पर्धा इन्टरनेटको भू–राजनीतिकतामा नयाँ अध्यायको सुरुआत हो ।
अमेरिकालाई महान् बनाउने भनेर बढाएको भन्सार शुल्कले थप समस्या सिर्जना गर्नेछ । भन्सार शुल्कले सबैको लागि मूल्य बढाउँछ । भन्सार महसुल मूलतः आयातीत सामानहरूमा लाग्ने कर हो । अमेरिकाले चिनियाँ विद्युतीय सवारी साधनहरूमा १०० प्रतिशत कर लगाउँदा त्यसको लागत चीनमा मात्र पर्दैन । अमेरिकी उपभोक्ताहरूले ती सवारी साधनहरूको लागि दोब्बर मूल्य तिर्नुपर्ने हुन्छ । ब्याट्री, सौर्य प्यानल वा सामान्य उपभोक्ता इलेक्ट्रोनिक्समा पनि यही कुरा लागु हुन्छ । संरक्षणवादी बयानबाजीले प्रायः स्थानीय रोजगारीहरूको संरक्षणमा जोड दिन्छ तर यसको तत्काल परिणाम मुद्रास्फीति हो । उत्पादन लागत बढ्दै जाँदा उत्पादकहरूले ती लागतहरू उपभोक्ताहरूमा सार्छन् । यसले क्रयशक्तिलाई हानि पु¥याउँछ र आर्थिक वृद्धिलाई सुस्त बनाउँछ ।
प्रतिशोधले निर्यातलाई हानि पु¥याउँछ । भन्सार शुल्कले प्रतिशोधलाई उक्साउँछ । अमेरिकी भन्सार शुल्कका लक्षित चीन, मेक्सिको र अफ्रिकी देशहरूले आफ्नै भन्सार शुल्क लगाएर प्रतिक्रिया दिएका छन् । यो प्रतिशोधले अमेरिकी निर्यातकर्ताहरूलाई विशेषगरी विश्वव्यापी बजारमा पहुँच पु¥याउन खोज्ने साना व्यवसायहरूलाई नोक्सान पु¥याउँछ । झनै नराम्रो कुरा भनेको भन्सार शुल्कले व्यापारिक साझेदारहरूबिचको विश्वास तोड्छ ।
भन्सार शुल्कले घरेलु कम्पनीहरूलाई बलियो बनाउँदैन बरु यसले उनीहरूलाई प्रतिस्पर्धाबाट जोगाउँछ । यसले स्टील, ईभी वा सेमिकन्डक्टरजस्ता अमेरिकी उद्योगहरूलाई अस्थायी राहत प्रदान गर्न सक्छ । तर, यसले नवप्रवर्तनको प्रोत्साहनलाई पनि कम गर्छ भने अर्कोतिर उपभोक्ता मारमा पर्नेछ । दक्षता वा अत्याधुनिक प्रविधिमा लगानी गर्नुको सट्टा, संरक्षित कम्पनीहरू बजार प्रदर्शनको सट्टा सरकारी आश्रयमा भर पर्छ । यसले प्रतिस्पर्धालाई कमजोर बनाउँछ ।
कर युद्धमा कसैको पनि जित हुँदैन
२१ औँ शताब्दीमा राष्ट्रहरू पर्खाल खडा गरेर होइन, विश्वास र नवीनताको पारिस्थितिक प्रणालीहरू विकास गरेर अघि बढ्छन् । बलियो अर्थतन्त्र अरूलाई सजाय दिएर होइन, आफ्ना नागरिकहरूलाई खुला विश्वव्यापी बजारमा नेतृत्व गर्न सक्षम बनाएर बन्ने गर्छ ।
Leave a Reply