भर्खरै :

साइकल चढौँ, प्रदूषण घटाऔँ

  • चैत्र २४, २०८१
  • सरिता महर्जन, चाँगुनारायण भक्तपुर
  • पाठक विचार
साइकल चढौँ, प्रदूषण घटाऔँ

काठमाडौँ सहर आजभोलि आधुनिक विकाससँगै गाडीहरूको भिडले भरिएको देखिन्छ । अहिलेको समयमा मानिसहरूको जीवन गाडीबिना कुनै पनि लामो यात्रा गर्न सक्दैन, जसका कारण गाडी मानिसको जीवनमा आवश्यक साधन बनेको छ । गाडी र सवारीसाधनले एक ठाउँबाट अर्को ठाउँमा सजिलैसँग यात्रा गर्न सक्ने भएकोले निजी सवारी साधन लिने व्यक्तिहरूको सङ्ख्या पनि उत्तिकै बढदै गएको छ । सवारी साधनको अत्यधिक चाप काठमाडौँ सहरको सडकमा बिहानैदेखि बेलुकासम्म गाडीको घुइँचो हुन्छ । सार्वजनिक सवारी साधनको अत्यधिक चापका कारण काठमाडौँ सहरको सडकमा बिहानदेखि बेलुकासम्म गाडीको घुइँचो हुन्छ । निजी सवारी साधनको प्रयोग तीव्रगतिमा बढिरहेको छ । सार्वजनिक सवारी साधन व्यवस्थापन कमजोर भएकोले धरैले आफ्नो निजी गाडी मोटरसाइकल वा स्कुटर प्रयोग गर्न बाध्य छन् । यसले ट्राफिक जाम, प्रदूषण, पार्किङ समस्यालगायतका चुनौती निम्त्याएको छ । अहिले सवारी साधनबाट काठमाडौँ सहरमा वायु प्रदूषण निकै बढेको छ । वायु प्रदूषणले गर्दा श्वासप्रश्वास गर्न उत्तिकै मुस्किल भएकोले विभिन्न रोगहरूको सिकार भएको छ । काठमाडौँलाई वायु प्रदूषणमुक्त बनाउनु छ भने सवारीसाधनको समयसमयमा यसको मर्मत गरिराख्न आवश्यक छ । वायु प्रदूषणमुक्त बनाउन साइकलको प्रयोग भए वायु प्रदूषण नियन्त्रण हुन्छ । काठमाडौँमा गाडी चलाउनेको मात्रा अत्यधिक बढदै गएकोमा वातावरणीय समस्या बन्दै गएको हो । यदि समयमै यसलाई हेरिएन भने त्यो झन् जटिल बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *