भर्खरै :

नियमविपरीत सञ्चालित फार्मेसी सिलबन्दी

काठमाडौँ, १४ माघ । अनुगमनको क्रममा निर्देशन पालना नगरेको भन्दै कोटेश्वरमा रहेको शुभ फार्मेसीलाई आज सिलबन्दी गरिएको छ ।
आपूर्ति व्यस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनको क्रममा गत माघ २ गते उक्त फार्मेसीलाई म्याद नाघेको औषधि विक्री वितरण नगर्न निर्देशन दिएपनि पालना नगरेको पाइएपछि आज सिलबन्दी गरिएको हो ।
त्यसैगरी विभागले आजै गरेको अनुगमनको क्रममा बिपी स्टोर कोटेश्वरबाट म्याद नाघेको स्नोकर चक्लेट पाँच, मारी गोल्ड विस्कुट ८४ प्याकेट नस्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै विष्णु फेन्सी स्टोर, न्यू लुक्स फेन्सी र पेरीस मेडीकल हल कोटेश्वरले आवश्यक कागजपत्र विनानै व्यवसाय सञ्चालन गरेको भन्दै सात दिन भित्र विभागमा आउन निर्देशन दिएको छ ।
ओम गणेश खाद्य स्टोर कोटेश्वरबाट मिति सकिएको ६ बोतल पेय पदार्थ पनि अनुगमनको क्रममा आज नष्ट गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *