‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, २९ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा उपसमितिको आयोजनामा अनाधिकृत रूपमा इन्टरनेटबाट सूचना चोरी हुनबाट सजग र सचेत तुल्याउन सदस्यहरूबिच साइबर अपराधसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले हाम्रो दैनिकीलाई कानुनीरूपमा सजग र सचेत गर्नुपर्ने अन्यथा कानुनी दण्ड सजाय भोग्न बाध्य हुने बताउनुभयो । उहाँले हामी क्लाउड्समा आबद्ध भइसकेपछि गोपनीयतालाई कायम गर्न सक्नुपर्ने बताउँदै नियतमै खोट भएका व्यक्तिले इन्टरनेट प्रविधिको दुरूपयोग गर्न सक्नेप्रति होसियार हुनुपर्ने औंल्याउनुभयो ।
संस्थाले वित्तीय साक्षरतासँगै शैक्षिक, सांस्कृतिक, सामाजिक, स्वास्थ्य, खेलकुदलगायतका समाज र सदस्यप्रति उत्तरदायी भई विविध कार्यक्रमको आयोजना गर्दै आएको उहाँले बताउनुभयो
जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरका प्रमुख न्यायाधिवक्ता श्यामप्रसाद दाहालले साइबर अपराधसँग यौन अपराध र पैसा जोडिने भएकोले यसमा लाग्ने मानिसको सानै उमेरदेखि व्यक्तित्वमा ¥हास आउने बताउनुभयो ।
अपराधको मूल स्रोतको पहिचान र निराकरण गर्ने उपायबारे स्पष्ट पार्दै उहाँले साइबरसँग जोडिएर गरेका कुनै पनि गतिविधि भर्चुअल वल्र्डमा सुरक्षित हुने बताउनुभयो ।
उहाँले मुलुक नै कूटनीतिक रूपमा बलियो नभएसम्म साइबर अपराधको निराकरण गर्न नसक्ने बताउँदै राज्यले अपराध अनुसन्धान र विज्ञहरूलाई महत्व दिई लाग्नुपर्नेमा जोड दिनुभयो ।
सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले आपराधिक क्षेत्रमा प्रविधिको प्रयोगबारे जनचेतना जगाउँदै साइबर अपराध गरेपछि कहिल्यै नमेट्ने स्पष्ट पार्नुभयो ।
उहाँले साइबर अपराध र जोखिम, आपराधिक क्षेत्रमा प्रविधिको प्रयोग, अपराध जगतमा देखिएका केही नयाँ आयाम, प्रविधिको प्रयोगले बढेका अपराध, अनलाइनमा अपराधीको उपस्थिति, अपराध अनुसन्धानमा देखिएका नवीनतम चुनौती, अपराध अनुसन्धान र प्रविधिको प्रयोग, विद्युतीय कारोबार ऐन, २०६३ ले निर्धारण गरेको सजाय र भक्तपुरको जिल्ला सरकारी वकिल कार्यालयको तथ्याङ्कबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कानुन अध्ययन समाज नेपालका उपाध्यक्ष एवम् ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समाजमा दुष्कृतिका कारण हुने अपराध र त्यसबाट भोग्नुपर्ने दण्ड सजायबारे स्पष्ट पार्दै सामान्य रूपमा सोचेका क्रियाकलापभित्र दुष्कृति लुकेकाले मुलुकी देवानी संहिताको अध्ययन गर्न जोड दिनुभयो ।
आयोजक समितिको संयोजक विष्णुकुमार प्रजापतिले साइबर अपराध हुने कारण र समाधानका उपायबारे स्पष्ट पार्दै प्रविधिकै कारण महत्वपूर्ण कार्य सम्पन्न हुने र दुरूपयोग हुँदा सामाजिक विकृति विसङ्गतिले ठाउँ पाएको बताउनुभयो ।
कार्यक्रममा विकास प्रजापति, बालकृष्ण प्रजापति, सत्यनारायण साँय्जू, जयराम कोजु, जितेन्द्र ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Leave a Reply