भर्खरै :

फलफूल तथा खाद्य पसलमा अनुगमन

फलफूल तथा खाद्य पसलमा अनुगमन

भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दूधपाटी र सल्लाघारीमा १३ वटा फलफूल
तथा खाद्य पसलहरूमा बजार अनुगमन भयो ।
अनुगमनमा टोलीले छोटु फलफूल पसल दर्ता नवीकरण नभएको नवीकरण गरेर नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने मूल्यसूची राख्न र म्याद नाघेका सामानहरू, बिग्रेको र कुहेको फलफूल, एक लिटरको फ्रुटी १५ वटा, जम्बु २ वटा, नेचुरल जुस ३ वटा, पेस्ता ३ पाकेट जफत गरी नष्ट ग¥यो ।
ताज फूड सेन्टरमा कुहेको केरा ३ दर्जन, आँप ५ केजी र मेवा ४ वटा जफत गरी नष्ट गरियो ।
जयकाली फ्रुट सेन्टर ७ दिनभित्र प्यान दर्ता गरेर नगरपालिका कार्यालयमा उपस्थित हुन, मूल्यसूची राख्न, बिल बिजक जारी गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न र म्याद नाघेका सामानहरू डाइजेस्टिभ बिस्कुट ४ पाकेट, लेय्ज ४ पाकेट, आँप ६५० ग्राम, अनार १ केजी २०० ग्राम र केरा २ दर्जन जफत गरी नष्ट गरियो ।
आर.के. जुस सेन्टर दर्ता नभएकोले तीन दिनभित्र दर्ता प्रमाणपत्रसहित नगरपालिकाको कार्यालयमा उपस्थित हुन, प्याकेजिङ सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी बिक्री वितरण गर्न र पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दिइयो ।
रामेछाप फलफूल तथा तरकारी पसल म्याद नाघेका सामानहरू जुस ११ वटा, ओटस् १३ पाकेट, रियल जुस ३ वटा, कुकिज बिस्कुत ३ पाकेट जफत गरी नष्ट गरियो ।
एस. आर. लिक्विड एन्ड टोबाको सप २०७७/०७८ देखि नवीकरण नभएकोले तीन दिनभित्र नवीकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो ।
एच. एन्ड एच. जुस पसलमा अन्य फलपूmल पसलमा भन्दा बढी मूल्य लिएको गुनासो आएकोले मूल्यसूची राखी तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नापतौल विभागमा नवीकरण नभएकोले १ थान जफत गरी बासी र बिग्रेको फलफूल १० केजी जफत गरी नष्ट गरियो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर अधिकृत प्रभाषकुमार चालिसे, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक चिरञ्जीवी न्यौपाने, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, वाणिज्य तथा उद्योग कार्यालयका विश्वनाथ मगजुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *