नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सहकारी संस्थाको व्यवस्थापन समितिमा बस्ने पदाधिकारी र सदस्यहरूले पुँजीवादी र समाजवादी अर्थव्यवस्थाको भिन्नताबारे जानकारी राख्नु आवश्यक छ । सरकारले उद्योग–व्यापार गर्नु लोककल्याणकारी काम हो भने सरकारी संस्थान निजी क्षेत्रलाई बिक्री गर्नु सीमित व्यक्तिको स्वार्थ हेर्नु र देशघाती काम हो । सामाजिकीकरणमा उत्पादनका मुख्य मुख्य साधन र सेवा व्यापक जनताको हितमा उपयोग हुनेछ ।
वर्तमान सरकारले बुटवल धागो कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरियन्टल म्याग्नेसाइट लिमिटेड, जनकपुर चुरोट कारखाना लिमिटेड निजीकरण गर्न निर्णय गरेको अर्को देशघात हो । जनताको स्वास्थ्यमा हानि पु¥याउने सुर्ती र मदिरा उत्पादन र बिक्री बन्द गर्नु स्वाभाविक हुनेछ । अन्य ठुल–ठुला उद्योग र व्यापार सरकार आफैले सञ्चालन गर्नुपर्दछ । ठुल्ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्ड हुने कानुनी व्यवस्था भए सार्वजनिक संस्थानमा घाटा हुने छैन । बर्दियास्थित नेपाल कपास विकास समितिको हजारौँ बिघा जमिन अहिले अलपत्र अवस्थामा राखिएको छ । कपडामा आत्मनिर्भर बनाउन कपास खेती जरुरी छ ।
लमजुङ मालपोत कार्यालयका अधिकारीमार्फत घुस खाने सङ्घीय मामिला मन्त्री राजकुमार गुप्ताको पद खुस्कियो । कास्कीका भूमि आयोग अध्यक्ष नियुक्तिको भ्रष्टाचारमा जोडिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पद हल्लिरहेको छ । भिजिट भिसा भ्रष्टाचारको छानबिन पूरा भएको छैन । यो भ्रष्टाचारमा २०६२÷६३ यता गृहमन्त्री भएका सबैको नाम जोडिएको हुँदा छानबिन पक्का नहुने जनगुनासो छ ।
सहकारी संस्थाहरू बैङ्कजस्तै हुनु हुँदैन । सबै सदस्यको हितमा उत्पादनमूलक सेवामा सहकारी संस्था सञ्चालन हुनु जरुरी छ । यसले देशलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ । कतिपय सहकारी संस्थाले ब्याजको लोभ देखाएर सर्वसाधारण जनताको बचत ठगी गरेका छन् । समुदायमा आधारित सहकारी संस्थाले ब्याजको लोभ देखाएर बचत जम्मा गराउनु उचित होइन । सदस्यको हितमा कानुन संशोधन गर्न संसद्मा राख्न सहकारी संस्थाले सुझाव दिनु उपयुक्त हुन्छ ।
इमेज सहकारी संस्थाले बचतकर्ताको डेढ अर्ब फिर्ता दिने कबुल गरेको हालै सार्वजनिक भयो । व्यक्तिगत स्वार्थमा लाग्नेहरूबाट सहकारी संस्थाको हित हुने छैन । ओरियन्टल, शिवशिखरलगायतले भक्तपुरका जनताको अर्बौँ रुपैयाँ बचत ठगी गरे । नेपालका कूल ३२ हजार सहकारी संस्थामध्ये १७ हजार खारेज हुने सार्वजनिक भयो । यसकारण समुदायमा आधारित सहकारी संस्थालाई मात्र सञ्चालन गर्न दिनु उपयुक्त हुनेछ । चीन र प्रजग कोरियाको सहकारी संस्थाबाट नेपालका सहकारी संस्थाहरूले सिक्नु जरुरी छ ।
भक्तपुरमा २०१९ सालबाट सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनलाई अहिले पनि निरन्तरता दिनु आवश्यक छ । अहिले वाइडबडी, नक्कली भुटानी शरणार्थी, ललिता निवास, पतञ्जली, गिरिबन्धु, शेरा दरबार, सुन तस्करी, तारागाउँ विकास समितिको शेयर र जग्गा अपचलन, टिकापुर र बाँसबारीको जग्गा अपचलन, भिजिट भिसालगायत ठूलाठूला भ्रष्टाचार सार्वजनिक भइरहेको छ । आर्थिक र वैदेशिक मामिला फरक नभएका सरकारमा गएका दलहरूको नाम फरक भए पनि अलग अस्तित्वको औचित्य छैन । यसबारे नेपाली जनतामा भ्रम हुनु हुँदैन ।
सङ्घ र प्रदेश राजधानीमा बसाइँसराइ हुनुनपर्ने गरी देशको सन्तुलित विकास गरिएमा भ्रष्टाचारका घटनाहरू पनि घट्नेछन् भने सहकारी संस्थामा ठगी पनि कम हुने छ । रासायनिक मल आयातमा भ्रष्टाचार भइरहेको हरेक वर्ष सार्वजनिक हुन्छ । वीरगञ्जको गोदाममा रासायनिक मल कुहाएर राखिएको पनि सार्वजनिक भयो ।
संरा अमेरिकी सरकारको हतियार सहयोगमा इजरायली फासिवादले प्यालेस्टिन र इरानमा बमवारी ग¥यो भने युक्रेनले रुसविरुद्ध बमवारी ग¥यो । अमेरिकी सरकारले मध्यपूर्वको तेल खानी कब्जा गर्न विध्वंस मच्चाउँंदै छ । संसारका न्यायपे्रमी जनतासँगै नेपाली जनताले पनि युद्धको विरोध एवम् निन्दा गर्दै छन् । सहकारी संस्थाका सदस्यहरूले यी राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नु जरुरी छ ।
असार २४ गते बिहान ३ः१५ बजे रसुवामा आएको हिमबाढीले जनधनको क्षति भयो । चीनतर्फ ल्हेन्दे नदी र नेपालतर्फ भोटेकोशी नदीमा आएको सो हिमबाढीले साउन १ गतेसम्म ११ शव, १८ वेपत्ता, १ घाइते, २३ कार्गो कन्टेनर बेपत्ता, ४७ विद्युतीय गाडी बेपत्ता, २ पुल पूर्ण जीर्ण, १ पुल आंशिक जीर्ण, १६ किमी सडक क्षति, ३ जलविद्युत् उत्पादन केन्द्र जीर्ण र १ सुख्खा बन्दरगाह क्षति भएको सार्वजनिक भयो ।
यसबारे नेपाल र चीनको मौसम विभागले १०–१५ दिनअघि सम्भावित दुर्घटनाबारे सूचना प्रवाह गरेको हो । तर, १०–१५ दिनमा मानिसको धैर्य टुटेको हुँदा सो जनधनको क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मत सार्वजनिक भयो । रसुवाको केरुङमा १२ सय नेपाली अलपत्र अवस्थामा परेको हुँदा अहिले उनीहरूलाई तातोपानीको कोदारी राजमार्ग हुँदै नेपाल फर्काउने तयारी गरिएको पनि सार्वजनिक भयो ।
(२०८२ साउन २ गते भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारी संस्थाका पदाधिकारीहरूको भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले व्यक्त गर्नुभएको मन्तव्यको सार– सं.) ……
Leave a Reply