जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

दक्षिण अफ्रिका सुन, प्लाटिनम, क्रोमियम, माङ्गानिज, हिरा प्रचुर मात्रामा पाइने देश हो । यो देशलाई युरोपेली मुलुकहरूले पटक पटक उपनिवेश बनाए । सन् १६५२ मा नेदरल्यान्डको नाविक इन्डियाको खोज गर्दै समुद्री यात्रामा निस्कँदा पानीजहाज बिग्रिएर दक्षिण अफ्रिकामा रोकिन पुगे । उनीहरूले त्यहाँ कृषि काम सुरु गरे । त्यसपछि ‘डच इस्ट इन्डिया’ नामक कम्पनीले केपटाउन क्षेत्रमा बसेर व्यापार सुरु ग¥यो । डचहरूले विस्तारै त्यहाँको स्रोतसाधन लुट्दै दक्षिण अफ्रिकालाई उपनिवेश बनायो । सन् १७९५ मा बेलायतीहरू दक्षिण अफ्रिका पुगे । बेलायतीले त्यहाँका स्थानीय र डचहरूसँग युद्ध लडेर पुरै दक्षिण अफ्रिकामा उपनिवेश लादे ।
उपनिवेशी शासकहरूले सन् १९४८ मा मान्छेलाई गोरो, कालो, एसियन र रङ्गीन
(मिश्रित नस्ल) समेत चार भागमा विभाजन गरी रङ्गभेद (Apartheid) लाई बढावा दिए । कुल आवादीको २० प्रतिशत रहेका गोरा जाति
(युरोपबाट गएका) का मानिसहरूलाई उच्च स्थान दिइयो । उनीहरू सारा सम्पत्तिका मालिक भए । दक्षिण अफ्रिकाको ८० प्रतिशत भूमिमाथि गोरा मानिसहरूको नियन्त्रण रह्यो । उनीहरू सुविधासम्पन्न ठाउँमा बस्थे । कालाजातिका मानिसहरूको जीवन दयनीय अवस्थामा पुग्यो । काला मानिस बसोबास गर्ने ठाउँमा यातायातको सुविधा थिएन । काला जातिका मानिसलाई जमिन जोत्न त दिइन्थ्यो तर त्यसको स्वामित्व दिइन्नथ्यो । उनीहरूलाई दासको व्यवहार गरिन्थ्यो । राजनीतिक र आर्थिक अधिकारबाट काला जातिका मानिसहरू वञ्चित भए ।
अफ्रिकाका कलेजमा समेत रङ्गभेद गरिन्थ्यो । गोरा जातिका शिक्षकहरू काला जातिका शिक्षक बसेको ठाउँभन्दा अलि माथि उठेको ठाउँमा बसेर खाना खान्थे । धनी र गरिबबिच पनि उस्तै विभेद थियो । सरकार स्वयम् कालाजातिको हत्या, आतङ्क र हिंसामा लागेको थियो । युवा र बुढाबुढीको हत्याका समाचार दिनहुँ प्रकाशित हुन्थे । महिलाहरू बलात्कृत हुन्थे । काला जातिका अफ्रिकी बस्ने गाउँ टोल अशान्त थियो । गोराहरूको बस्ती शान्त थियो । उनीहरू मोजमस्ती र भोजभतेरमा रमाउँथे या अमानवीय रङ्गभेद र औपनिवेशिकताको विरोधमा अफ्रिकी जनताले लामो सङ्घर्ष गरे ।
क्रिस हानी
दक्षिण अफ्रिकी उपनिवेशवादविरोधी स्वतन्त्रता सङ्ग्रामका नेता क्रिस हानीको जन्म सन् १९४२ जून २८ मा दक्षिण अफ्रिकाको दुर्गम र विपन्न साबालिली भन्ने गाउँको ट्रान्सकेइमा भएको थियो । जहाँ महिलाहरूलाई पानीको भाँडा टाउकामा बोकेर ५ किलोमिटर टाढासम्म पानी लिन जानुपथ्र्याे ।
उनी सन् १९६० मा कम्युनिस्ट पार्टीको सदस्य बने । सुरुमा उनी धर्मप्रति आस्था राख्ने व्यक्ति थिए । तर, पछि धर्ममा असमानता रहेको थाहा पाए । गिर्जाघर काला वर्णका जनताको सामाजिक र आर्थिक प्रगतिप्रति असंवेदनशील बनेको देखे । उनको आस्था धर्मबाट विस्तारै घट्दै गयो । उनको मनमा प्रश्न उठ्न थाल्यो, “ईश्वरको अस्तित्व भए जनताको दुःखमा उनी के हेरेर बसे ?”
कानुनको अध्ययन सकाएपछि हानी विस्तारै राजनीतिक गतिविधिमा लागे । हानी भूमिगत कामबाट प्रशासनलाई हायलकायल पार्न पोख्त थिए । प्रतिक्रियावादी सरकारले उनलाई सजायको फैसला गरेपछि सन् १९६३ फेब्रअरीमा भूमिगत भए । अनेक दुःख कष्ट झेल्दै जाम्बिया हुंँदै हानीसमेतको ३० जनाको टोली सोभियत रुस पुग्यो ।
सोभियत रुस पुगेपछि समाजवाद र माक्र्सवादप्रतिको हानीको निष्ठा बलियो बन्यो । आफ्नो देशमा रङ्गभेदको मार खेपेका हानीको टोली रुसी गोराहरूको व्यवहारले प्रभावित भए । रुसले जातिभेद नभएको समाज निर्माण गर्न उनीहरूलाई प्रेरित ग¥यो । चरम गरिबीको मार झेलेका हानीको टोली गरिबी उन्मूलन भएको सोभियत सङ्घबाट अत्यन्त प्रभावित भए । सोभियत सङ्घमा शिक्षा, स्वास्थ्य निःशुल्क थियो । समाजवादको कारण जनता सुखी थिए ।
सोभियत सङ्घमा राजनीति, समाजवादको सिद्धान्त, दक्षिण अफ्रिकाको मुक्ति सङ्घर्षबारे कक्षा हुन्थ्यो । त्यहाँ उनीहरूले छापामार युद्धकला सिके† सामाजिक र सांस्कृतिक विषयमा तालिम लिए । उनीहरूलाई सोभियत सङ्घमा सञ्चालित कलकारखाना र ग्रामीण क्षेत्रको भ्रमणमा पनि लगिन्थ्यो । यसरी हानीको टोलीले सोभियत सङ्घमा समाजवादका व्यावहारिक पक्षबारे जानकारी हासिल ग¥यो ।
सन् १९६७ अगस्ट १३ मा रोडेसियाको बान्के क्षेत्रमा हानी नेतृत्वको लडाकु दल र रोडेसियाली सेनाबिच भिषण लडाइँ भयो । त्यो लडाइँपछि विश्वले क्रिस हानीलाई एक साहसिक योद्धाको रूपमा चिन्यो । दोस्रोपल्ट १३ अगस्टको लडाइँमा पनि हानी नेतृत्वको लिथुली दस्ताले रोडेसियाली सेनालाई नराम्रोसित पराजित ग¥यो । तर, रसदपानीको अभावले गर्दा उनीहरू वोत्सोवानातर्फ लाग्नु प¥यो । उनीहरूलाई बोत्सोवानाको अर्धसैनिक बलले नक्कली मेलमिलापको व्यवहार गरेर झुक्यायो । उनीहरू बोत्सोवानाको जेलमा २ वर्ष बस्न बाध्य भए ।
कठोर जेल जीवनपछि उनीहरू लुसाका फर्के । त्यहाँ नेताहरू कोही व्यापार व्यवसायमा तल्लीन थिए त कोही आफ्नो वृत्ति विकासको लागि युरोपका विभिन्न देश भौँतारिरहेका थिए । उनीहरूमा सुविधाभोगी चरित्र देखियो । यो देखेर उनीहरूले पार्टीमा ज्ञापनपत्र दिए । ज्ञापनपत्रले अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्यहरूबिच ठूलो तरङ्ग पैदा भयो । नेतृत्वले आफूलाई सुधार्नुको सट्टा ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूलाई कसैबाट परिचालित भएको आरोपमा मृत्युदण्ड दिनेसम्मको तयारी गरे । तर, १९६९ अप्रिल २५ मा तान्जानियाको मोरोगोरोमा हुने सम्मेलनमा छलफल चलाउने टुङ्गो लगाएर तत्काललाई मृत्युदण्डको निर्णय फिर्ता लिइयो । मोरोगोरो सम्मेलनले ज्ञापनपत्र बुझाउने योद्धाहरूलाई पुनस्र्थापना गर्ने निर्णय ग¥यो । सो सम्मेलनले सैनिक र राजनीतिक बाटो प्रयोग गरी दक्षिण अफ्रिकामा गतिविधि बढाउने प्रस्ताव पारित ग¥यो ।
हानी सन् १९७० मा कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । १९७२ मा कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सहसचिव बने । वर्गसङ्घर्षमा आधारित राष्ट्रिय प्रजातान्त्रिक क्रान्तिको पक्षमा हानीको दृष्टिकोण प्रस्ट थियो । सन् १९७८ को अक्टोबर महिनामा क्रिस हानी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको टोलीमा सम्मिलित भई गुरिल्ला युद्धको अनुभव सिक्न भियतनाम गए । भियतनाममा भएको गुरिल्ला युद्धले अमेरिकी साम्राज्यवादलाई लघारेको थियो ।
प्रतिक्रियावादी सरकारले सन् १९७८ मा क्रिसकी जहान लिम्फो हानीलाई पक्राउ गरी चरम यातना दियो । यातनाले उनको गर्भसमेत तुहियो । हानीलाई पनि पटक पटक हत्या गर्ने प्रयास भयो । प्रतिक्रियावादीहरूले उनी चढ्ने कारमा बम राखेर मार्ने प्रयास गरेका थिए ।
सन् १९८५ मा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनले प्रस्टसँग सशस्त्र सङ्घर्षको नीति पारित ग¥यो । हानी पोलिटब्युरो सदस्य निर्वाचित भए । त्यही वर्ष सम्पन्न अफ्रिकी काङ्ग्रेसको सम्मेलनबाट हानी सेनाको उपप्रमुख तथा कमिसार र काङ्ग्रेसको राजनीतिक सैनिक परिषद्को सदस्य बने ।
हानी लडाकुहरूसँगै सुत्थे, तालिम लिन्थे र सामान्य कार्यकर्ताजस्तै व्यवहार गर्थे । अरू नेताहरूले लडाकुहरूलाई असमान व्यवहार गर्थे । लडाकुहरूप्रति उनीहरूको बोली बचन तुच्छ हुन्थ्यो । यही कारण लडाकुहरूले विद्रोह गरेका थिए । यो अवस्था बुझेका क्रिस हानीले सैनिकहरूसँग राम्रो र समान व्यवहार गर्थे । यसले लडाकुहरू हानीसँग प्रभावित थिए ।
सन् १९९० फेब्रअरी ११ को दिन नेल्सन मण्डेला जेलमुक्त भए । मे महिनामा दक्षिण अफ्रिकालाई प्रजातान्त्रिक दिशामा डो¥याउने मेलमिलाप र सहमतिको विषयमा लुसाकामा रङ्गभेदी सरकारका सुरक्षा प्रमुखहरूसँग छलफल भयो । क्रिस हानी तत्काल सशस्त्र सङ्घर्ष परित्याग गर्ने नीतिको विपक्षमा थिए । हानीले कार्यकर्ताहरूलाई सङ्घर्ष र वार्ता दुवै आवश्यक भएको बताउँदै राजनीतिक प्रशिक्षणलाई जोड दिए ।
सन् १९९० मे ४ को दिन सरकार र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबिच ‘ग्रोट शूर माइन्युट’ (Grote Schuur Minute) मा हस्ताक्षर भयो । २८ अप्रिलको दिन हानीले दक्षिण अफ्रिकाको भूमिमा पाइला टेके । अफ्रिकामा उनी कम्युनिस्ट पार्टीको सङ्गठन विस्तारमा लागे । सन् १९९१ मा उनी दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको महासचिव चुनिए ।
सन् १९९० अगस्ट ६ मा प्रिटोरिया सम्झौता भयो । त्यसपछि राजबन्दीहरू रिहा भए । अफ्रिकी राष्ट्रिय कङ्ग्रेसले सशस्त्र सङ्घर्ष स्थगनको घोषणा ग¥यो । त्यसपछि पनि न्यायको पक्ष लिने फरक धारका नेताहरूलाई सरकारले दुःख दिने काम गर्दै रह्यो । १९९० डिसेम्बर १६ को दिन अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको राष्ट्रिय सल्लाहकार सम्मेलनले अर्को वर्षको अप्रिल मसान्तसम्म सम्पूर्ण राजनीतिक गतिरोध र समस्या समाधान नगरिए शान्तिपूर्ण जनआन्दोलनमा जाने निर्णय ग¥यो । सो बैठकले कङ्ग्रेसको भूमिगत सञ्जाललाई निरन्तरता दिन सकिने निर्णय ग¥यो । यसबाट हानीको लोकप्रियता बढ्यो । सहरका भित्ताभित्तामा हानीकै पक्षमा नारा र चित्र कोरिन थाले । सन् १९९१ मा सम्पन्न अफ्रिकी कङ्ग्रेसको राष्ट्रिय सम्मेलनबाट मण्डेला अध्यक्ष निर्वाचित भए भने हानी मण्डेलापछिका लोकप्रिय नेता बने ।
रङ्गभेदबारे १७ मार्च १९९२ मा जनमतसङ्ग्रह भयो । यो जनमतसङ्ग्रह गोरा मानिसहरूबिच गरिएको थियो । रङ्गभेदविरुद्ध ६९ प्रतिशत गोराहरूले मत दिए । सन् १९९४ अप्रिल २७ मा भएको गैरनस्लीय चुनावमा अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको जितपछि नयाँ बनेको संविधानले रङ्गभेदको अन्त्य ग¥यो ।
रङ्गभेदविरुद्ध भएको आन्दोलनमाथि दक्षिणपन्थीहरूले गरेको हमला र नरसंहारविरुद्ध क्रिस हानी अग्रमोर्चामा बसेर निरन्तर लडे । यसले दक्षिणपन्थी शक्तिका निम्ति हानी आँखाको कसिङ्गरजस्तै बने । उनीहरूले भित्रभित्रै हानीको हत्याको तानाबाना बुने । दक्षिणपन्थीहरू अराजक गतिविधिबाट उत्पन्न अस्थिरताको फाइदा उठाएर शक्तिमा आउने तानाबाना बुनिरहन्छन् । संसारमा कम्युनिस्ट विचारलाई रोक्न प्रतिक्रियावादीहरू जस्तोसुकै निर्लज्ज काम गर्न पछि पर्दैनन् । दक्षिण अफ्रिकामा कम्युनिस्टको बढ्दो प्रभावलाई रोक्न दक्षिणपन्थीहरू यस्तै तानाबाना बुन्दै थिए । उनीहरू कम्युनिस्ट प्रवाहलाई रोक्न हानीको हत्या गर्न चाहन्थे । सन् १९९४ अप्रिल १० को दिन हानी आफ्नो घरभन्दा पर अखबार किन्न गएको बेला पोल्यान्डमा जन्मेर दक्षिण अफ्रिकामा बस्दै आएका प्रतिक्रियावादी जानुज वालुस नाम गरेका व्यक्तिले हानीको गोली हानेर हत्या गरे । यो हत्याबाट प्रतिक्रियावादीहरू कति क्रूर हुन्छन् भन्ने पुष्टि हुन्छ ।
क्रमश :
Leave a Reply