भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद–२

  • कार्तिक २०, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद–२

(धातु मजदुर अलेक्सेइ बादायेभ बोल्शेभिक कार्यकर्ता थिए । उनी पुरानो बोल्शेभिक गार्डका सदस्य थिए ।
सन् १९१२ मा रुसी संसद् ‘ड्युमा’ को चौथो निर्वाचन भयो । यसलाई चौथो ड्युमा÷संसद् भनिन्छ । बादायेभ पिटर्सबर्ग सहरबाट सांसद् बने । बादायेभलगायत पाँच बोल्शेभिक कार्यकर्ता संसद्मा निर्वाचित भएका थिए ।
सन् १९१४ को अगस्तमा प्रथम विश्वयुद्ध सुरु भयो । युरोपका साम्राज्यवादी देशहरू गरिब उपनिवेशका प्राकृतिक स्रोतसाधन लुछाचुँडी गर्न नृशंस युद्धमा होमिए । त्यही वर्ष नोभेम्बर महिनामा बोल्शेभिक सांसदहरूलाई पक्राउ गरी साइबेरिया निर्वासनमा पठाइयो ।
सन् १९१७ मा लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति भयो । क्रान्तिका १५ वर्षपछि सन् १९२९ मा बादायेभको आत्मवृत्तान्त प्रकाशित भयो । पुस्तकको नाम थियो – ‘जारशाही संसद्मा बोल्शेभिक सांसद’
(The Bolsheviks in the Tsarist Duma) । यो पुस्तक बादायेभको निजी अनुभव, टिपोट र ऐतिहासिक दस्तावेजहरूमा आधारित छ ।
सन् १९०५ को क्रान्तिपछि क्रान्तिकारी उभार कसरी सेलायो ? संसद्मा बोल्शेभिक पार्टीको नीति र कार्यशैली कस्तो थियो ? जारशाही रुसका विसङ्गतिहरूलाई बोल्शेभिक सांसदहरूले कसरी उदाङ्गो पार्दै गए ? रुसका कामदार जनतालाई राजनीतिक शिक्षा दिन संसद् र ‘प्राभ्दा’ पत्रिकाको भूमिका कस्तो रह्यो ? क्रान्तिकारी सङ्घर्ष के–कस्ता उतारचढावबाट गुज्रियो ? सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले कस्तो परिवेशमा आकार लियो ? यी तमाम विषयको जीवन्त चित्रण छ पुस्तकमा । यस हिसाबले बादायेभको आत्मवृत्तान्त संसद्को क्रान्तिकारी उपयोगबारे एक गम्भीर साहित्य तथा ऐतिहासिक दस्तावेज पनि हो ।
अक्टोबर क्रान्ति दिवसको अवसरमा ‘मजदुर’ दैनिक का आगामी अङ्कमा यही पुस्तकको अनौपचारिक अनुवाद प्रकाशित गरिनेछ । सम्पादक)
यी बाधाअड्चन हुँदाहुँदै पनि मजदुर समितिमा हुने निर्वाचनहरूमा परिवर्तनकारी दलहरूको विजय हुने स्पष्ट थियो । प्रतिक्रियावादी दलहरूको त कुरै छोडौँ मजदुरहरूले उदारवादीहरूलाई समेत समर्थन नगर्ने तय थियो ।
सहरहरूमा हुने निर्वाचनताका स्थिति अलि भिन्न देखियो । निर्वाचकहरू दुई तप्कामा विभाजित थिए । पहिलोथरी ठुला पुँजीपति थिए । दोस्रोथरी घर वा डेरावालहरू थिए । त्यसमा लोकतन्त्र पक्षधर पार्टीका मतदाता हजारौँको सङ्ख्यामा थिए । तिनीहरू मजदुर, कालिगढ, साना कर्मचारी, पुजारी आदि थिए । यो तप्काबिच हुने निर्वाचनमा क्याडेट र सामाजिक जनवादीहरूको भिडन्त हुन्थ्यो ।
यहाँ पनि मतदाताको सङ्ख्या घटाउन सरकारले अनेक दाउपेचको सहारा लिएको थियो । मतदाताको नामावली सङ्कलनमै चलखेल हुन्थ्यो । कानुनले घर वा डेरा हुने र पच्चिस वर्ष नाघेका सबैलाई मतदानको अधिकार दिएको थियो । तर, मतदाता नामावलीमा विशेष आवास कर बुझाउनेको मात्र नाम चढ्थ्यो । यसको अर्थ जो ठुला र महँगा घरमा बस्थे तिनलाई मात्र मतदानको अधिकार थियो । अन्य सबै सम्भावित मतदाताले निर्वाचन आयोगसामु विशेष दर्खास्त हालेपछि मात्र नामावलीमा नाम चढाउन पाउँथे । तर, यस्तो दर्खास्त दिने मतदाताहरूलाई प्रहरीले अनेक अड्चन तेस्र्याएर थर्काउँथ्यो । यति गरेर निर्वाचनमा भाग लिने मतदाताको सबै चाहनालाई मारिन्थ्यो । दर्खास्त दिएर नामावलीमा नाम चढाउन सुरुमा प्रहरी प्रमाणपत्र चाहिन्थ्यो । प्रमाणपत्र नदिन प्रहरीले हुनेहुनामी सबै गथ्र्यो । दर्खास्त हाल्ने मतदातालाई बारम्बार निर्दिष्ट प्रहरी चौकीको हाकिमकहाँ व्यक्तिगत रूपमै निवेदन बुझाउन भनिन्थ्यो । यसरी प्राप्त गरेको प्रमाणपत्रलाई पछि निर्वाचन आयोगले अमान्य ठह¥याओस् भनेर प्रहरीले जानाजान जेलिएको भाषा प्रयोग गथ्र्यो । कहिले दर्खास्त दिने म्याद सकियो भनेर प्रहरीले खत थाप्थ्यो । सम्भावित मतदाताले सत्य थाहा पाएर आफ्नो हक खोज्दा आउँदासम्म दर्खास्त हाल्ने म्याद साँच्चिकै गुज्रिसकेको हुन्थ्यो ।
मतदाता सङ्ख्या घटाउने अर्को विधि थियो – कानुनको आफूखुसी व्याख्या गरी कुख्यात ‘अयोग्य फर्मान’ दिने । यस्तो ‘फर्मान’ सबै किसिमका सरकारी कर्मचारीले जारी गर्थे । अधिकारीहरूले शङ्का गरेको व्यक्तिविरुद्ध मात्र यस्तो ‘फर्मान’ जारी गरिँदैनथ्यो । बरु, निश्चित समूहविरुद्ध नै ‘अयोग्य फर्मान’ जारी गरिन्थ्यो । यसरी एकै झट्कामा रुसी साम्राज्यको पश्चिमी भेगमा बसोबास गर्ने ९५ प्रतिशत यहुदीहरूलाई मताधिकारबाट वञ्चित गरिएको थियो । प्रत्येक गभर्नर स्वेच्छाले चल्थ्यो । प्रत्येक प्रहरी अधिकारीले निर्वाचक कानुनलाई आफूखुसी व्याख्या गथ्र्यो ।
चौथो संसद््को निर्वाचनताका जारशाही सरकारले अघिल्ला संसदीय निर्वाचनहरूमा प्रयोग गरेका सबै ‘सफल’ दाउपेच दोहो¥यो ।
तेस्रो संसद््को विघटन लगत्तै गृहमन्त्रालयले विशेष निर्वाचन संयन्त्र बनायो । त्यसको जिम्मेवारी सरकारको बहुमत आउने गरी निर्वाचन कानुनमा गर्नुपर्ने संशोधन र थप्नुपर्ने नयाँ प्रावधानको मस्यौदा गर्नु थियो । केही जिल्लामा पुजारीहरूको लागि विशेष निर्वाचन पकेट तोकियो । अन्य कतिपय क्षेत्रमा पुजारीहरूलाई जमिनदारहरूका पकेटमा समावेश गरियो । निर्वाचनको बेला पुण्डापुजारीहरूले ठुलो भूमिका खेल्थे । यसकारण पुराना सबै संसद्मा कज्जाक लुगा लगाएका धेरै जमिनदार सांसद बनेका थिए । पुजारीहरूको सेनालाई सिनोद (धर्मपरिषद्) ले नियन्त्रण गथ्र्यो । त्यसले पण्डापुजारीलाई भक्तजनहरूको मन र मत दुवै पक्रिने तरिका सिकाउँथ्यो ।
दूरदराजका इलाकामा गैररूसी जातिका मानिसहरू बसोबास गर्थे । ती इलाकामा सरकारविरोधी भावना व्याप्त थियो । त्यसैले ती स्थानमा विशेष रूसी पकेट गठन गरियो । यसको अर्थ विशेष रूसी समूहहरू गठन भए । ती समूहमा धेरैजसो सरकारी अधिकारीहरू हुन्थे । ती अधिकारीलाई बरोबर सो क्षेत्रका रैथाने जनतालाई भन्दा बढी निर्वाचक सङ्ख्या छुट्याइन्थ्यो ।
यस्तो निर्वाचन प्रणालीअन्तर्गत सहरका मिश्रित पकेटमा कालासय (उग्र–राजावादीहरू) उम्मेदवारहरूले सजिलै चुनाव जित्न सक्थे । किनभने, राजनीतिमा चासो नलिने र राजनीतिक चेतना नभएका मतदाताको ठुलो जमात सहरमै बस्थ्यो । त्यसैगरी सहरका पकेट र मजदुर पकेटमा सामाजिक जनवादी पार्टीले अपनाउने कार्यनीतिहरू एकदम फरक थिए ।
बोल्शेभिकहरू सम्पूर्ण मजदुर पकेटमा आफ्ना उम्मेदवार खडा गर्नु अत्यन्त आवश्यक ठान्थे । अन्य पार्टी वा समूहसँग तालमेलमा जानै चाहन्नथे । मेन्शेभिक विध्वंसकारीसँग समेत बोल्शेभिकहरू मिल्दैनथे । उनीहरू तथाकथित ‘सहरिया निर्वाचकहरूको दोस्रो पकेट’ (पहिलो पकेटमा ठुला धनाढ्य र लोकतान्त्रिक उम्मेदवार हुन्थे र दोस्रो पकेटमा तिनलाई स्थान हुँदैनथ्यो) मा आफ्ना उम्मेदवार खडा गर्न आवश्यक ठान्थे । त्यस्तै गाउँले निर्वाचनमा पनि उनीहरू उम्मेदवार उठाउने मौका गुमाउन चाहँदैनथे । किनभने, चुनावी प्रचारप्रसारले जनतालाई आन्दोलित पार्नमा ठुलै टेवा दिन सक्थ्यो । तर, प्रतिक्रियावादी उम्मेदवारहरूको सम्भावित विजयबाट जोगिन बोल्शेभिकहरूले उदारवादीहरूविरुद्ध बुर्जुवा लोकतान्त्रिकहरू (त्रुदोभिकहरू) सँग, सरकारी दलहरूविरुद्ध उदारवादीहरूसँग तालमेल गर्न अनुमति दिए । सहरिया पकेटमा निर्वाचकहरूको निर्वाचन हुँदा दोस्रो चरणमा यो अनुमति दिइएको थियो । पाँच ठुला सहर (सेन्ट पिटर्सबर्ग, मस्को, रिगा, ओदेस्सा र किभ) मा दोस्रो चरणको मतदानबाट सिधै सांसद निर्वाचित हुन्थे । यी सहरमा सामाजिक जनवादीहरूले उम्मेदवारहरूको स्वतन्त्र सूची अघि सार्थे । कालासय उम्मेदवारहरू निर्वाचित हुने खतरा नहुनाले त्यहाँ उदार बुर्जुवाहरूसँग तालमेल हुँदैनथ्यो । प्रागमा भएको पार्टी सम्मेलनमा यी यावत कार्यनीतिलाई प्रस्तावको रूपमा पारित गरिएको थियो । सम्मेलनले स्पष्ट किटान गरेको थियो – “निर्वाचन तालमेल गर्दा कसैको मञ्चमा जानुहुँदैन । त्यो तालमेलले सामाजिक जनवादी पार्टीका उम्मेदवारहरूलाई कुनै अन्य राजनीतिक लाइनले बाँध्नु हुँदैन । अथवा, त्यसले उदारवादीहरूको प्रतिक्रान्तिकारी प्रवृत्ति र बुर्जुवा लोकतान्त्रिकहरूको विसङ्गतिको कडा आलोचना गर्नबाट सामाजिक जनवादीहरूलाई रोक्नु हुँदैन ।” यसरी दोस्रो चरणको निर्वाचनमा बोल्शेभिकहरूले गर्ने तालमेल राजनीतिक दलहरूसँग गरिने गुटबन्दीजस्ता थिएनन् ।
निर्वाचन अभियानमा सामाजिक जनवादीहरूको खेप्नुपर्ने मूल समस्या के भने हाम्रो पार्टी गैरकानुनी थियो । हाम्रो पार्टी सदैव जारशाही प्रहरीको ठाडो मारमा हुन्थ्यो । पक्राउ पर्ने, मुद्दा खेप्नुपर्ने र निर्वासनमा जानुपर्ने दिनदिनैको जोखिम मोल्दै भूमिगत रूपमा चुनावी प्रचारप्रसार चलाउनुपथ्र्यो ।
मेन्शेभिकहरू अलि सजिलो स्थितिमा थिए । किनभने, एकातिर उनीहरूले आफ्ना मागहरूमा कटौती गरेका थिए र विद्यमान स्थितिमा कानुनी सम्भावनामा आफूलाई सीमित गरेका थिए । अर्कोतिर, उनीहरू बढी साहित्यिक शक्ति थिए । दान, पोत्रेसोभजस्ता मेन्शेभिकहरू वैध रूपमा सेन्ट पिटर्सबर्गमा बस्थे र पत्रपत्रिकामा खुलेआम लेख्थे । त्यति नै बेला बोल्शेभिक नेतृत्व भने निर्वासन, कारागार वा विदेशमा थियो । अझ यहाँनिर भन्नैपर्ने कुरा के भने चौथो संसद्को निर्वाचनको क्रममा बोल्शेभिकहरूसँग अघिल्ला निर्वाचनमा नभएको एउटा सशक्त अस्त्र थियो । यो अस्त्र ‘प्राभ्दा’ (सत्य) पत्रिकाले उपलब्ध गरायो । निर्वाचन सुरु हुनुभन्दा केही महिनाअघि मात्र त्यसको प्रकाशन सुरु भयो ।
निर्वाचनको क्रममा ‘प्राभ्दा’ ले खेलेको भूमिका अथाह छ । यो पत्रिकाले अघि बढेको, क्रान्तिकारी र वर्गसचेत श्रमजीवीहरूको मुखपत्रको काम ग¥यो । साथमा यसले विध्वंसकारीहरू, उदार बुर्जुवाको बहकाउ र श्रमिक आन्दोलनका लागि अत्यन्त हानिकारक अमूर्त ‘गैरपार्टी’ प्रवृत्तिविरुद्ध सङ्घर्ष ग¥यो ।
सन् १९१२ को जून महिनामा सुरु भएको ‘प्राभ्दा’ मा आसन्न निर्वाचनलाई लिएर विभिन्न लेख, टिपोट र पत्राचारहरू छापिन्थ्यो । ‘प्राभ्दा’ ले लोकतन्त्र पक्षधर सहरिया मतदाताहरूको उदासीनताविरुद्ध ठुलो अभियान चलायो । तिनलाई आफ्नो अधिकारको रक्षा गर्न र सबै औपचारिकता पूरा गर्न आह्वान ग¥यो । पत्रिकाका हरेक अङ्कले मतदाताहरूलाई तिनको नाम मतदाता नामावलीमा छुटेको त छैन भनी जाँच्न र छुटेको भए निर्वाचन आयोगमा दर्खास्त हाल्न घच्घच्याइरह्यो । ‘प्राभ्दा’ ले प्रत्येक पाठकलाई आफ्ना साथीसङ्गी वा छरछिमेकीबाट कम्तीमा तीनजना मतदाताको मताधिकार सुनिश्चित गरिदिन आग्रह ग¥यो ।
‘प्राभ्दा’ ले मजदुर पकेटहरूमा निर्वाचनको तयारीका लागि झन् ठुलो भूमिका खेल्यो । सहरिया पकेटमा हुने निर्वाचनका लागि यसले चुनावी बैठकहरूको महत्वमा जोड दियो । निश्चय नै ती बैठकमा प्रहरीको कडा निगरानी हुन्थ्यो । मजदुर पकेटमा हुने निर्वाचनमा कुनै चुनावी अस्त्रले काम गर्थेन । कानुनले मजदुरहरूलाई चुनावी बैठक गर्न मनाही गरेको थियो । यस्तो स्थितिमा खासगरी ‘प्राभ्दा’ ले चलाएको प्रचारप्रसारको ठुलो महत्व थियो ।
पाठ २
सेन्ट पिटर्सबर्गको निर्वाचन
(सेन्ट पिटर्सबर्गमा चुनावी प्रचार । निर्वाचन । चुनावी सभा । सबैभन्दा ठुला कलकारखाना र मिलमा निर्वाचन खारेजी । निर्वाचन खारेजीविरुद्ध हडताल र विरोध प्रदर्शन । दोस्रो चरणको निर्वाचन । बोल्शेभिक निर्देशनको पालना । संसद्को निर्वाचन ।)
कलकारखाना र मिलहरूका प्रतिनिधिको निर्वाचन सन् १९१२ को शरद याममा हुँदै थियो । गर्मी महिनाहरूमा सेन्ट पिटर्सबर्गका मजदुरहरूबिच तयारी र प्रचारप्रसारका गतिविधि सुरु भइसकेका थिए ।
पार्टीको केन्द्रीय समितिले सेन्ट पिटर्सबर्गमा हुने निर्वाचनहरूलाई विशेष महत्व दियो । सेन्ट पिटर्सबर्गका विभिन्न समितिलाई सकेसम्म गतिविधि बढाउन र पार्टीको सम्पूर्ण शक्ति चुनावी अभियानमा परिचालन गर्न निर्देशन पठायो । सेन्ट पिटर्सबर्ग समितिले निर्वाचनको सुपरिवेक्षण गर्न एउटा आयोग बनायो । सहरमा रहेका आफ्ना सदस्यहरूबाट निर्वाचन उपसमितिहरू तोक्यो ।
‘प्राभ्दा’ को सम्पादकीय कार्यालयहरू नै बोल्शेभिकहरूका चुनावी मुख्यालय थिए । ती कार्यालय चुनावी गतिविधिका केन्द्र बने । कामको भ्याइनभ्याइ हुन थाल्यो । त्यहाँ कहिले विभिन्न कलकारखाना र मिलका प्रतिनिधिको बैठक हुन्थ्यो त कहिले विभिन्न जिल्लाका प्रतिनिधिहरूको बैठक हुन्थ्यो । सँगै सहरका विभिन्न जिल्लामा निर्वाचनको तयारी गर्न गैरकानुनी बैठकहरूको आयोजना गरियो ।
प्रहरीले प्रत्येक ‘शङ्कास्पद’ मजदुरमाथि लगातार निगरानी राखिरहेको हुनाले हामीले सानो समूहमा भेला हुन पनि सबैखाले चलाखी अपनाउँथ्यौँ । प्रहरीको आँखा छल्न प्रायः १० देखि २० जनाका ससाना बैठक डाक्थ्यौँ । वनभोजको बहानामा मजदुरहरूका ससाना समूह गाउँतिर जान्थे । धेरै त ओख्ता खोलापारि बाक्लो वनजङ्गल धाउँथे । प्रहरीका सुराकीहरूबाट जोगिन वन सबैभन्दा गतिलो ओत थियो । सुराकीहरू सहरबाहिर आउँदैनथे । बाहिर गए आफूमाथि आक्रमण हुन सक्ने हुँदा उनीहरू तर्सिन्थे । त्यहाँ उनीहरूबाट सजिलै बच्न सकिन्थ्यो ।
बैठकहरूमा विध्वंसकारीहरूसँग चर्काचर्की हुन्थ्यो । हाम्रो पार्टीले मजदुरहरूलाई तोडमोड नगरिएका मूल मागहरू लिएर निर्वाचनमा भाग लिन र बोल्शेभिकहरूलाई नै आफ्ना प्रतिनिधिको रूपमा चुन्न आह्वान गथ्र्यो । विध्वंसकारीहरू ‘एकता’, एकीकृत मोर्चाको खाँचो, गुटगत विवाद परित्याग गर्नुपर्ने आवश्यकताबारे बोलेर थाक्दैनथे तर अन्त्यमा आफ्ना उम्मेदवारहरूलाई मात्र चुन्न भन्थे ।
केही स्थानमा समाजवादी क्रान्तिकारीहरू देखापरे । तिनले जोड दिएर निर्वाचन बहिष्कार गर्नुपर्ने बताए । तर, मजदुरहरूले तिनको प्रस्ताव सुनेको नसुन्यै गरे । सबैजसो बैठकमा मुख्य बहस विध्वंसकारी र बोल्शेभिकहरूबिच नै हुन्थ्यो ।
गर्मी यामको अन्त्यतिर ‘वन’ बैठकहरूमा उम्मेदवारबारे छलफल सुरु भयो । निर्वाचन अभियानलाई सफल पार्न सम्भावित उम्मेदवारको पक्षमा कलकारखाना र मिलहरूमा काम गर्ने सबै मजदुरहरूबिच तत्काल प्रचारप्रसार तीव्र पार्न आवश्यक थियो । तर, यो असम्भव थियो । सम्भावित उम्मेदवारको नाम बाहिर आयो कि प्रहरीले तिनलाई पक्राउ गर्ने निश्चित थियो । निर्वाचनपछि पनि प्रतिनिधिहरू सुरक्षित त थिएनन् । तर, सम्भावित प्रतिनिधिलाई पनि प्रहरीले जालमा पार्ने पक्का थियो । त्यसकारण, सम्भावित उम्मेदवारको नाम गोप्य राखियो । निर्वाचनको मुखमा मात्र ती मजदुरहरूलाई उम्मेदवारहरूको नाम खुलाइयो ।
निर्वाचनमा कुन–कुन दलले उम्मेदवारी दिए त ? कालासयहरू (उग्र–राजावादीहरू) ले विभिन्न सङ्गठन बनाएका थिए । ‘रूसी जनसङ्घ’, ‘आर्केन्जेल मिखाइल सङ्घ’ जस्ता अनेक सङ्गठन थिए तिनका । उनीहरू कारखाना र मिलहरूमा आफ्नो अनुहार देखाउन पनि डराउँथे । उदार पुँजीवादीहरूका दलको पनि मजदुरहरूबिच जाने ह्याउ थिएन । क्याडेटहरू मजदुरहरूको हकहितको रक्षा गर्छौँ भन्थे । तर, सर्वहाराका जन्मजात शत्रु उद्योगपति र व्यापारीहरूको पैरवी गर्ने पुँजीवादी पार्टीहरूले आफ्नो रक्षा कसरी गर्छन् भन्ने कुरा मजदुरहरूलाई राम्ररी थाहा थियो ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *