पुँजीवादी व्यवस्थामा कानुन र सुविधा मुठ्ठीभरका मानिसको हितका लागि र व्यापक जनता निरन्तर दुःख भोग्न बाध्य हुने
- आश्विन २०, २०८२
माक्र्सवादको मूल मर्म नास्तिक छ । कार्ल माक्र्सले धर्मलाई ‘जनताको अफिम’ भन्नुभएको थियो । माक्र्सका दृष्टिमा धर्म पूरा नभएका भौतिक इच्छा–आकाङ्क्षा मरेपछि पूरा गर्छौँ भनी भ्रामक ढाडस दिने औजार हो र यसले मान्छेलाई परलोकको काल्पनिक रमझममा भुलाउँछ । अर्थात् लोकको चेतना भइकन पनि धर्म ‘उल्टो लोक–चेतना’ हो । धर्मले आफूलाई वास्तविक लोकपरि निरपेक्ष सत्यको रूपमा उभ्याउँछ । यसरी धर्मले वास्तविक लोक र परलोकबिचको सम्बन्ध उल्ट्याइदिन्छ । माक्र्सवादको जोड छ – धर्मले एकातिर मान्छेको पात्रता (सचेत पक्ष वा सब्जेक्टिभिटी) अलग्याइदिन्छ र मान्छेलाई निस्क्रिय वस्तुमा परिणत गर्छ भने अर्कोतिर मान्छेले आफै रचेका देवतालगायत वस्तुलाई वास्तविक सर्वाधिकारीमा चढाउँछ । यस अर्थमा माक्र्सवादी सिद्धान्तअनुसार धर्मले अलग्याउने शक्ति (एलियनेटिङ फोर्स) को रूपमा काम गर्छ । यसकारण, धर्म भौतिकवादी विश्व दृष्टिकोण भन्दा आधारभूत रूपमै भिन्न छ । यसरी बौद्ध थेरवाद र माक्र्सवादलाई पूर्णतः एकाकार गराउने प्रयासमा लाओसले सैद्धान्तिक चुनौती झेल्नुप¥यो ।
यसबाहेक अरू पनि अड्चन आइलागे । राजसंस्थाको पूजा, संरक्षक–आश्रित सम्बन्ध र जातीय अलगावजस्ता अड्चनका जरा बौद्ध परम्परामा थिए । यी कुराले लाओसको समाजवादी विकासको बाटोमा अनौठा चुनौती थपे । साथै, यिनले एउटा समावेशी र एकताबद्ध समाजको निर्माण गर्ने बाटोमा अनेक अल्झो ल्याइरहे ।
आर्थिक रूपमा लाओस खानी उत्खनन र विद्युत् उत्पादनजस्ता ठुलो पुँजी लाग्ने उद्योगमा ज्यादै निर्भर छ । यस्तो अर्थ मोडलका कमजोरी पनि धेरै हुन्छन् । विदेशी लगानी आकर्षित गर्न सरकारले लगानीकर्तालाई भारी करछुट दिएको छ । यसले गर्दा राजश्व सङ्कलन कम हुन्छ । यसले गर्दा पूर्वाधार परियोजनाहरू झन्झन् बाह्य ऋणमा निर्भर हुनुपरेको छ । खासगरी जलविद्युत् क्षेत्र विदेशी ऋणमा निर्भर छ । यो बाह्यनिर्भरताका साथै अन्य समस्या पनि छन् । जस्तो खनिजको मूल्य, विद्युतमाथिको कर र मौसमको अवस्थामा तलमाथि भइरहन्छ । यसले लाओसको विकास मोडललाई कमजोर पार्छ । संरचनामा सुधार गर्न नखोजिएको होइन । तैपनि कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योग घट्दै छ, उद्योगको योग बढ्दै छ र रूपान्तरणको गति सुस्त हुँदै छ । (सन् २०१६ मा कृषिको योगदान १७ प्रतिशत थियो भने सन् २०२० मा १५ प्रतिशत भयो । सोही अवधिमा उद्योगको योगदान २९ बाट बढेर ३२ प्रतिशत पुग्यो ।)
राजसंस्थाको पूजा
लाओ इतिहासभरि राजतन्त्रले राष्ट्रको राजनीतिको मूल मियोको काम गरिरह्यो । बौद्ध थेरवादमा राजालाई सर्वगुणसम्पन्न मानिन्छ, राजाको सद्गुणी चरित्रले उसको शासनको आधार तयार गर्छ । सद्गुणी हुनाले नै राजालाई शासनको लागि वैध पात्र मानिन्छ । लाओसमा सामन्तवादको उदयसँगै राजा राज्यका संरक्षकका साथै बौद्ध धर्मका रक्षक र धर्मका अभ्यासी बने । लासोसको इतिहासमा लामो समयसम्म राजा, राज्य र धर्मलाई अभिन्न तत्व मानियो । राजाप्रतिको बफादारीलाई राज्यप्रतिको बफादारी र बौद्ध धर्मको बन्दना ठानियो ।
लाओसमा शाहीपुजन अन्त्य गर्नका लागि एउटा विशेष रणनीति बनाइयो । त्यो रणनीति थियो – राजतन्त्रलाई बौद्ध धर्मबाट अलग्याउने । सन् १९७५ मा लाओसको जनकाङ्ग्रेसले राजतन्त्र उन्मूलनको घोषणा ग¥यो । राजा सिसावाङ वात्थाना गद्दी छोड्न बाध्य र लाओसमा राजतन्त्रको औपचारिक अन्त्य भयो । ६ सय वर्ष पुरानो राजसंस्था ढल्यो । राजतन्त्र हटाएर परम्परागत सत्ता संरचनाबाट पिण्ड छुटाउने सोचिएको थियो । तर, स्थितिलाई नरम पार्न राजकुमार सुफानुवोङलाई प्रजग लाओसका प्रथम राष्ट्रपति (सन् १९७५–१९९१) तथा सर्वोच्च जनसभाको स्थायी समितिका प्रथम अध्यक्ष (सन् १९७५–१९८९) नियुक्त गरियो ।
लाओ जनताको मनमा राजसंस्था र बौद्ध धर्म घनिष्ट छन् भन्ने धारणाले डेरा जमाएको थियो । धर्मनिरपेक्ष सत्ता संरचनामा धार्मिक आस्थाको छायाँजस्तो परेको थियो । देशमा समाजवादी प्रणाली स्थापित गर्नुअघि धेरै लाओ जनतालाई ‘स्वर्ग’ मा पनि उँचनिच (हाइरार्की) हुन्छ भन्ने लाग्थ्यो । क्रान्तिपछि राजतन्त्र हटाइयो । कुलिनहरूको भारदारी विघटन गरियो । राजातन्त्रले गराउने धेरै बौद्ध अनुष्ठानको क्रम रोकियो । जनताले ‘स्वार्ग’ भन्नु समानता हासिल गर्नु हो भनी विश्वास गर्न थाले । तर, पूर्व राजपरिवारका सदस्यहरूले बिस्तारै सत्तामा पकड बढाउँदै लगे र कुलिन वर्गले आफ्ना विशेषाधिकार जोगाए । साथमा धनी र गरिबबिचको दूरी झन्झन् बढ्न थाल्यो । यसले गर्दा साँचो समानता हासिल भयो कि भएन भनेर जनताले प्रश्न उठाउन थाले ।
२१ औँ शताब्दीमा आइपुग्दा थाइल्यान्डमा बौद्ध सुधारवादीहरूले धम्म समाजवादको विचार अघि सारे । त्यसको प्रभाव लाओसमा पनि प¥यो । यसले गर्दा केही लाओ भिक्षु तथा अनुयायीहरूले राजसंस्थालाई पहिलेझैँ पुज्नुपर्ने धारणा राखे । यी सुधारवादी भिक्षुहरूले समाजवादी आदर्श अँगालेका थिए । तैपनि, तिनले निरङ्कुश राजतन्त्रअन्तर्गत बौद्ध समाजवादलाई अघि बढाउनुपर्ने विचार राखे । राजाले ‘दश राजधम्म’ र धर्म अनुरूप ‘सदाचारी हुकुमी शासन’ गर्नुपर्ने विचारको प्रचार भयो । यी सुधारवादीहरूले परम्परागत राजा र आधुनिक लोकतन्त्रबिच सबैलाई मान्य हुने मध्यमार्ग खोज्न थाले । तर राजतन्त्रात्मक संरचना सधै उनीहरूको बाटोमा अड्चन बनिरह्यो । माक्र्सले भन्नुभएको थियो, “जसरी जमिनदारसँगै पुरोहितहरू आइहाल्छन् त्यसरी नै सामन्ती समाजवादसँगै पुरोहित्या समाजवाद आइहाल्छ ।” बौद्ध भिक्षुको धार्मिक पहिचानले गर्दा उनीहरूलाई राजालाई पुजा गर्न नपाउँदा असाध्यै अप्ठ्यारो भयो । आज पनि लाओससामु यो चुनौती बाँकी छ । राजा पुज्ने मानसिकता पूर्णतः हटिसकेको छैन ।
संरक्षक–आश्रित सम्बन्ध
लाओसको औद्योगिक जग कमजोर हुनाले अधिकतर किसानहरूलाई सर्वहाराकरण प्रक्रियाले छुन सकेन । यसले गर्दा किसानहरूमा रुढीवादी सोच र नुनको सोझो गर्ने संस्कार हावी भइरह्यो । आजको जमानामा पनि संरक्षक–आश्रित सम्बन्ध अझै बलशाली छ । यो प्रणाली लाओसको उँचनिचपूर्ण सामाजिक संरचनामा गहिरोगरी टाँसिएको छ । यसले सुरक्षा र आश्रयको लेनदेन र पुरस्कारका आधारमा अनौपचारिक शक्ति सञ्जाल पैदा गर्छ । कुलिन, धनाढ्य र राजनीतिक नेताजस्ता संरक्षकहरूले (चन्दा र भिक्षा दिनेलगायत) ‘असल कार्य’ गर्दै तथा सुरक्षा, स्रोतसाधन एवम् अवसर दिएर गुन लगाउँछन् । यो गुन आश्रितहरू (संरक्षकको सुरक्षा छहारीमुनि बस्नेहरू) ले आफ्नो राजनीतिक समर्थन, बफादारी र आज्ञाकारिता मालिकलाई चढाएर तिर्छन् ।
लाओ सरकारले पुराना सामन्ती सम्बन्ध तथा परम्परागत सत्ता संरचनालाई चुँडाउन र माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आधारमा समान समाजवादी समाज निर्माण गर्न धेरै प्रयास ग¥यो । तैपनि, समाजमा गहिरा जरा गाडिबसेको संरक्षक–आश्रित सम्बन्धले त्यसमा बाधा उत्पन्न गरिरह्यो । यसले समाजवादी सुधारको खुट्टा तानिरह्यो भने देशलाई आधुनिक बनाउने प्रयास पनि सुस्त भइरह्यो ।
भन्नलाई त समाजवादी व्यवस्थाले सामन्ती राजाको प्रभाव हटाइसकेको छ । तर, सत्ताको केन्द्रीकरण र नातावादका अवशेष अझै पनि बाँकी छन् । केही वरिष्ठ नेताहरूले पुरानो संरक्षक–सञ्जालमार्फत आफ्नो निजी शक्ति कायम गरिरहेको अवस्था छ । यसरी स्थानीय र केन्द्रीय अधिकारीहरूबिच स्वार्थको लेनदेन गर्ने नयाँ प्रणाली जन्मेको छ । ग्रामीण र स्थानीय अधिकारीहरूले यी अनौपचारिक सम्पर्कलाई प्रयोग गरी राज्यस्रोतमा पहुँच राख्छन् । यसरी बफादार समर्थकले राज्यकोषको वितरणमा प्राथमिकता पाउँछन् । यो गठजोडले गर्दा स्थानीय अधिकारीहरूले स्थानीय मामिला मिलाउन पुग्दो स्वतन्त्रता पाउँछन् । यसले गर्दा प्रभावकारी सुपरिवेक्षण गर्ने र भुइँतहमा सरकारी नीति कार्यान्वयन गर्ने केन्द्र सरकारको क्षमता कमजोर हुन्छ । समाजवादी निर्माणका सुरुआती वर्षहरूमा लाओ सरकारले सामूहिक कृषिको नीति अघि बढाएको थियो । जमिनको सामूहिकीकरणमार्फत उत्पादन बढाउने उद्देश्य थियो त्यो नीतिको । यद्यपि, संरक्षक–आश्रित प्रणालीले गर्दा केही ग्रामीण शासकले निजी फाइदाका लागि त्यो नीतिको दुरूपयोग गरे । यसले गर्दा सामूहिक खेतीबाट जनताले जति लाभ लिनुपर्ने हो, त्यो भएन । यसरी केही स्थानमा सामूहिक कृषि कर्मकाण्डमा सीमित भयो ।
लाओसको सामन्ती युगको संरक्षक–आश्रित सम्बन्ध अझै पनि सत्ता संरचना र आश्रित प्रणालीको रूपमा कायम छ । यसरी देशको कर्मचारीतन्त्रले अनौपचारिक र व्यक्तिगत चरित्र लिएको छ । शक्ति बाँडफाँड सार्वजनिक संयन्त्रमा भन्दा निजी चिनापर्चीमा निर्भर छ । यसले गर्दा राजनीतिक वातावरणले अर्कै रूप लिएको छ । जहाँ औपचारिक नियम–कानुन तथा सामूहिक सिद्धान्तको भन्दा निजी बफादारीको पल्ला भारी हुन्छ । यो प्रवृत्तिले सुशासन प्रभावकारी बन्न दिन्न । साथै, विधिको शासन र सामूहिक हितमा आधारित राज्य निर्माण गर्ने प्रयासमा भाँजो हाल्छ । संरक्षक–आश्रित प्रणालीका जरा अर्थ–सामाजिक असमानता तथा उँचनीचपूर्ण संरचनामा गाडिएका छन् । यो प्रणालीले असमान स्रोत बाँडफाँड, सत्ताको दुरूपयोग र राजनीतिक भ्रष्टाचारजस्ता समस्या चर्काएको छ । यसले गर्दा सामाजिक विभाजन अझ गहिरिएको छ । बौद्ध थेरवादले खासगरी ग्रामीण र धार्मिकरूपमा रुढीवादी क्षेत्रहरूमा आफ्ना सामाजिक मान्यता र आदर्शका बलमा उँचनीचपूर्ण व्यवस्था लागु गर्न खोज्छ । परम्परागत संरचना र धार्मिक मान्यताको मिलेमतो अझै पनि लाओसको समाजवादी विकासको लागि चुनौती बनिरहेको छ । यसकारण, समाजवादी राज्य परम्परागत सामाजिक संरचनासँग सम्झौता गर्नुपर्ने र त्यसलाई छुट दिनुपर्ने बाध्य छ । यी समायोजनले गर्दा लाओसमा थप समान र आधुनिक समाज निर्माणको बाटोमा सीमित मात्र प्रगति हुन सकेको हो ।
जातीय अलगाव
प्रजग लाओसको स्थापनापछि ‘लाओ जनताको क्रान्तिकारी पार्टी’ ले अल्पसङ्ख्यक जातिलाई राजनीतिमा सहभागी हुने समान अवसर दियो । अल्पसङ्ख्यकहरूले समथर क्षेत्रमा बस्ने अन्य जाति बराबर अधिकार पाए । ‘एलपिआरपी’ ले अल्पसङ्ख्यकहरूलाई सेनामा भर्ती गरे र तिनलाई क्षेत्रीय स्वायत्तता प्रदान गरे । तिनले शिक्षा र प्रशासनमा आफ्नै मातृभाषा प्रयोग गर्न पाउने भए । यी नीतिका कारण सामाजिक पदानुक्रममा तलमाथि गर्न पाउने गतिशीलता तथा राजनीतिक उन्नयनमा अल्पसङ्ख्यक जातिहरूका लागि अभूतपूर्व अवसरको ढोका खुल्यो ।
सन् १९९० को दशकमा विश्वभरि समाजवादको पतन भयो । त्यो बेला बौद्ध थेरवादले राष्ट्रवादसँग घाँटी जोड्यो । यसले गर्दा बौद्ध धर्म र लाओ परिचानबिचको भेद हराउँदै गयो । सरकारले बौद्ध धर्मलाई राष्ट्रिय एकताको प्रतीकको रूपमा प्रचार ग¥यो । साथै, उसले क्रिश्चियनजस्ता धर्मलाई विभाजन ल्याउने ‘विदेशी’ धर्मको रूपमा निन्दा ग¥यो । प्रायः बौद्ध बन्नु भनेको ‘वास्तविक लाओ’ बन्नु हो भन्ने भाष्य निर्माण भयो । बौद्ध राष्ट्रवादको नारा यही थियो । क्रिश्चियनलगायत अन्य धर्मलाई सम्भावित विखण्डनकारीको रूपमा हेरियो ।
म्होङ र ताइ समूहजस्ता क्रिश्चियन समर्थकलाई विदेशी संस्कृतिका मतियार भनियो । राजनीतिक र सामाजिक रूपमा तिनलाई किनारतिर धकेल्दै लगियो । जातीय अल्पसङ्ख्यकहरू आर्थिकरूपमा पिछडिएकै अवस्थामा रहनुप¥यो । पहाडी र ग्रामीण भेगका यीमध्ये धेरै अल्पसङ्ख्यकहरूका बस्तीहरूमा भौतिक पूर्वाधारको उति विकास भएन । आर्थिक कमजोर भइरह्यो । स्रोतसाधन तथा विकासका अवसरबाट ती लाओ क्षेत्रहरू पछाडि परिरहे । प्राकृतिक स्रोतसाधनमा ती क्षेत्रहरू सम्पन्न थिए । तर, त्यहाँका बासिन्दाका आवश्यकता र हितलाई बेवास्ता गरियो । त्यहाँका स्रोतसाधन उत्खनन गरिएन र त्यहाँको भूमि प्रयोगमा ल्याइएन । बौद्ध राष्ट्रवादले टाउको उठाएसँगै लाओसको समाजवादी आन्दोलनले दुई ठुला तगाराको सामना गर्नुप¥यो । पहिलो, पुराना जातीय मुद्दा । दोस्रो, आधुनिकीकरण र विश्वव्यापीकरण गर्नुपर्ने दबाब ।
निष्कर्ष
प्रजग कोरिया माक्र्सवादी राजनीतिक दलले नेतृत्व गरेका संसारका पाँच देशमध्ये एक हो । ढिलै सत्तासीन भए पनि ‘एलपिआरपी’ ले लाओसको विशेष राष्ट्रिय सन्दर्भ अनुसार समाजवादी मोडल तयार पा¥यो । यो सिलसिलामा उसले नौला तौरतरिका विकासित ग¥यो । बौद्ध थेरवादी देशमा माक्र्सवादजस्तो दर्शन अपनाउँदा लाओसको रुढीवादी सामन्ती संस्कृति र गहिरो गरी जरा गाडेका धार्मिक परम्परासँग बाझाबाझ हुने निश्चित थियो । यसले गर्दा त्यहाँ ऐतिहासिक विकासले अलग्गै बाटो पक्रियो । समयक्रममा माक्र्सवाद र बौद्ध थेरवादले नौलो परिवेशमा आफूलाई आपसी मेलमिलाप र अनुकूलनको लामो प्रक्रियामा लग्यो । समाजमा बौद्ध धर्मको परम्परागत भूमिका बुझेर ‘एलपिआरपी’ धर्म र राजनीतिबिच हुने कठोर द्वन्द्व टार्न सफल भयो । यसरी उसले समाजमा स्थिरता कायम ग¥यो, जनताको तल्लो तहसम्म प्रभाव फिँजायो र राष्ट्रको विकास पथमा जनताको समर्थन जुटायो । धर्म र राजनीतिको यो संश्लेषणले लाओसको अर्थतन्त्र, शिक्षा, वातावरण सुरक्षा नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो प्रभाव पा¥यो । यसरी एउटा संसारमै नौलो समाजवादी विकासको बाटो निर्माण भयो । कतिपय उल्लेख्य अन्तर्विरोध र चुनौतीहरू अद्यापि छन् । बौद्ध थेरवादका मूल आध्यात्मिक शिक्षाहरू माक्र्सवादको नास्तिक र भौतिकवाद जगसँग आधारभूत रूपमा भिन्दै छन् । यसले गर्दा यो सैद्धान्तिक भिन्नताबिच सम्झौता हुन गा¥हो छ । फलतः बौद्ध थेरवाद समाजवादी रूपान्तरणमा गुज्रिँदा प्रायः धेरै वैचारिक अन्योल र अस्पष्टता आइलागेका छन् । व्यवहारको तहमा भने यो मिलाप छ । यसले गर्दा लाओसको समाजवादी विकासले विशिष्ट कलेवर पाएको छ । तैपनि, यो मिलापका कारण केही गहिरा चुनौती पनि देखापरेका छन् । राजसंस्थाको पूजा, संरक्षक–आश्रित सम्बन्ध र जातीय अलगावजस्ता जल्दाबल्दा मुद्दाहरू बौद्ध परम्परासँग घनिष्ट छन् । यी मुद्दा आज पनि लाओसको समाजवादी अभियानका मूल तगारा हुन् ।
(लेखिका चीनको सिङहाउ विश्वविद्यालयमा माक्र्सवाद विभागमा माक्र्सवादी सिद्धान्तकी अध्येता हुन् । उनले माक्र्सवादी सिद्धान्तसम्बन्धी छब्बिस लेख प्रकाशित गरिसकेकी छिन् । उनले धेरै माक्र्सवादी रचनालाई चिनियाँ भाषामा उल्था पनि गरेकी छिन् । हाल उनी ‘दक्षिणपूर्वी एसियामा माक्र्सवादको विकास’ शीर्षकमा केन्द्रित भएर अनुसन्धानरत छिन् । पछिल्लोपल्ट उनको रचना ‘कम्युनिस्ट घोषणापत्रको थाई संस्करणको उल्थाबारे अध्ययन’ प्रकाशित भएको छ ।)
स्रोत : मन्थ्ली रिभ्यू
अनुवाद : सम्यक
Lao Socialism with Buddhist Characteristics – Monthly Review
Leave a Reply